भर्खरै :

काभ्रेमा नेमकिपा परिषद्को सन्देश कार्यक्रम

काभ्रेमा नेमकिपा परिषद्को सन्देश कार्यक्रम

काभ्रे, १६ पुस । नेपाल मजदुर किसान पार्टीको ३४ औँ केन्द्रीय परिषद्को सन्देश कार्यक्रम नेमकिपा काभ्रे जिल्ला समितिको आयोजनामा शनिबार बनेपामा सम्पन्न भयो ।
पुस ८, ९ र १० गते तीन दिनसम्म भक्तपुरमा भएको केन्द्रीय परिषद्बारे प्रकाश पार्दै केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले पार्टी कार्यकर्ता आ–आफ्नो कार्यक्षेत्रमा क्रियाशील हुनुपर्ने बताउनुभयो । पुँजीवादी व्यवस्थामा निर्वाचन शुद्ध र निष्पक्ष नहुने भएकोले निर्वाचन परिणाम वास्तविक मापदण्ड हुन नसक्ने उहाँले प्रस्ट पार्नुभयो । पुँजीवादी शासक दलहरूले भोज भतेर गर्दा, पैसा बाँड्दा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा उजुरी पर्दासमेत निर्वाचन आयोगले कारबाही गर्न नसकेकोले आयोग कागजी बाघ साबित भएको उहाँले चर्चा गर्नुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले नेपालमा औषधि नीति बनाउने जिम्मा अमेरिकी संस्थालाई दिनु देशघाती कदम हुने बताउनुभयो ।
कोरोना सङ्क्रमण कालमा अक्सिजनको अभावका कारण मृत्युवरण गर्नुपरेको हुँदा भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा अक्सिजन प्लान्टको बन्दोबस्त गरी निःशुल्क सेवा दिइरहेकोे चर्चा गर्नुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका कोषाध्यक्ष शर्मिला प्रजापतिले पुँजीवादी सरकारको लुछाचुँडीको लागि सिद्धान्तहीन गठबन्धन र चुनावी तालमेल आचारसंहिता उल्लङ्घन, शासक दलहरूको दुईदलीय तानाशाही नीतिको विरोध एवम् भत्र्सना कार्यक्रम चालु राख्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा नेमकिपा काभ्रेका सदस्य ओमप्रसाद मानन्धर, राजु तामाङ र लक्ष्मी डोटेललगायतले बोल्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *