भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विशाल प्रदर्शन
- कार्तिक १६, २०८३
बुद्ध, महावीर बर्दमान र जैन धर्म । उनीहरूले देखाएका ती फरक दृष्टिकोण र दर्शन नै फेरि अर्को धर्मको रूपमा प्रादुर्भाव भयो । त्यसरी नै शिक्षक एवं सुधारक जीजस् क्राइष्टले यहुदी धर्म (व्गमबष्कm) मा निहित कमजोरीहरूलाई केलाउँदै नयाँ बाटो देखाए । त्यही नयाँ बाटो पछि गएर इसाई धर्म बन्यो । त्यस्तै जीजस् क्राइष्टको जन्म भएको पाँचसय सत्तरी वर्षपछि जन्मेका सुधारक सन्त मोहम्मदले मूर्तिपूजा र बहु ईश्वरवादप्रति विमति जनाउँदै देखाएको नयाँ मार्ग र जीव–जगतप्रतिको उनको अवधारणाले इस्लाम धर्मको रूप लियो ।
(संसारभरका सम्पूर्ण इसाइ धर्मावलम्बीहरूले गत हप्ता क्रिसमस पर्व मनाए । यस हप्ता नयाँ वर्ष सन् २०२३ मनाउँदै छन् । नेपालमा पनि इसाई धर्मको इतिहास लामो छ । धर्मजस्तो मानवीय आस्था र विश्वासलाई चतुर पश्चिमाहरूले आफ्नो स्वार्थ सिद्ध गर्न यसको दुरूपयोग गरी धेरै सोझासाझा मानिसहरूलाई मात्र ठगेका होइनन् सिङ्गो राज्यशक्ति नै लागेर आफ्नो साम्राज्य फैलाउन धर्मलाई ज्यावलको रूपमा प्रयोग गर्दै आएको तीतो इतिहास छ । नेपालमा हुने राजनैतिक आन्दोलनका बिचमा विभिन्न स्वार्थ समूहलाई प्रलोभनमा पारी धर्म परिवर्तन गराउन उद्यत इसाई समूहहरू पनि नेपालमा सक्रिय रही आएको अब कुनै रहस्य रहेन । उनीहरू व्यक्तिगत, साङ्गठनिक र विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैससमार्फत धर्म परिवर्तन गराउन सक्रिय छन् । कतिले बुझेर वा कतिले प्रलोभनमा परेर, कतिले त परिबन्दमा परेर धर्म परिवर्तन गरे । यही सेरोफेरोमा सामान्य नेपालीदेखि पढेलेखेका समेत इसाई धर्मको बारेमा नबुझिकन पछि लागेको परिवेसमा इसाई धर्मको बारे केही सत्य जान्ने मौका पाऊन् भन्ने उद्देश्यले यो आलेख छापिएको छ । आज र भोलि गरी यो आलेख दुई भागमा प्रकाशन गरिने छ । – सम्पादक)
धर्म, आदिम दर्शन
भौतिक संसार (Physical World) र मानवीय संसारमा (Human World) विभिन्न घटना र परिघटना नियमितरूपमा घटिरहन्छन् । वर्षा, आँधिबेहरी, बाढीपहिरो, ज्वालामुखी विस्फोटन, डढेलो, भूकम्प, सूर्योदय, सूर्यास्त, आकाशबाट उल्कापिण्ड खस्नु, चन्द्र र सूर्य ग्रहण भौतिक संसारमा घटिरहने घटनाहरू हुन् । त्यस्तै, जन्म, मृत्यु, शोक, उल्लास, जीत, हार, युद्ध, महामारी, प्रकोप मानवीय जीवन र संसारमा घटिरहने घटनाहरू हुन् । यी दुबैखाले घटनाहरू किन र कसरी हुन्छन् ? यसका कारणहरू के होलान् भन्ने आदिम युग (Primitive Age) का मानिसहरूका जिज्ञासाहरू थिए, संवेगात्मक भावहरू थिए, तर जवाफ थिएनन् । आजसम्मका मानवशास्त्रीहरूले गरेका अनुसन्धानको आधारमा उनीहरू भन्छन् – तर्क गर्ने र कारण खोज्ने तहको बौद्धिक विकास आदिम युगका मानिसहरूमा भइसकेको थिएन । तर अनुमान, अड्कल र कल्पना उनीहरू गर्नसक्थे । ती घटनाहरूको कारण आफ्नो जीवन कष्टकर हुने भएकोले यसबाट त्राण पाउन उनीहरू यसको निराकरण गर्ने प्रयासमा लाग्थे । पहिला उनीहरूले कल्पना गरे – मानिसभन्दा सर्वशक्तिमान कुनै महाशक्ति (Super-natural power) यो संसारमा अदृश्य रूपमा विद्यमान छ । जब त्यो शक्ति मानिसहरूसँग रिसाउँछन् अनि ती घटनाहरू घटाइ मानिसलाई दुःख दिन्छन् । त्यसैले, त्यो शक्तिलाई खुसी पार्न आदिम मानिसहरूले विभिन्न उपायहरू सोचे – पूजापाठ, आराधना, पशुबलि । त्यही अदृश्य महाशक्ति कालान्तरमा ईश्वरको रूपमा पुजिन थाल्यो । यसरी ईश्वरको जन्म मानवले ग¥यो । यही महाशक्तिको अवधारणा र उसलाई खुसी पार्न गर्ने विभिन्न मानवीय क्रियाकलापहरूको समग्ररूपले अन्तत्वगत्वा धर्मको रूप लियो । यही धर्मको माध्यमले जीवन र जगतप्रतिको उनीहरूको जिज्ञासा र प्रश्नको उत्तर उनीहरूले प्राप्त गरे । त्यसैले धर्मलाई आदिम दर्शन (Primitive Philosophy) समेत मानियो ।

मार्टिन लुथर
गिर्जाघर र धर्माधिपतिहरूको रजगज
मानव धर्मको यो उद्विकासलाई मनन गर्दा आज हामीले भन्ने गरेको सनातन धर्मको अवधारणसँग धेरै मेल खान आउँछ । यो सबभन्दा पुरानो धर्मको परम्पराजस्तो पनि देखिन आउँछ । तर, यी धर्म र रीतिथिति र चालचलनहरूले केही हदसम्म जीवन र जगतप्रतिको उनीहरूको जिज्ञासालाई मेटाउन त सफल भए होलान्, तर समय कालान्तरमा यी धर्म र संस्कारहरू आफै पनि पूर्ण थिएनन् भन्ने कुरा बिस्तारै महसुस गरिए । यसमा निहित कमीकमजोरीलाई समाजको माथिलो तहमा बसेका तर सचेत र गहिरो चिन्तन गर्ने एकाध व्यक्तिहरूले औँल्याउन थाले । जस्तै बुद्ध, महावीर बर्दमान र जैन धर्म । उनीहरूले देखाएका ती फरक दृष्टिकोण र दर्शन नै फेरि अर्को धर्मको रूपमा प्रादुर्भाव भयो । त्यसरी नै शिक्षक एवं सुधारक जीजस् क्राइष्टले यहुदी धर्म (Judaism) मा निहित कमजोरीहरूलाई केलाउँदै नयाँ बाटो देखाए । त्यही नयाँ बाटो पछि गएर इसाई धर्म बन्यो । त्यस्तै जीजस् क्राइष्टको जन्म भएको पाँचसय सत्तरी वर्षपछि जन्मेका सुधारक सन्त मोहम्मदले मूर्तिपूजा र बहु ईश्वरवादप्रति विमति जनाउँदै देखाएको नयाँ मार्ग र जीव–जगतप्रतिको उनको अवधारणाले इस्लाम धर्मको रूप लियो । यी धर्महरू मानव जीवनको अभिन्न अङ्ग र समुदायको एकल पहिचान पनि भयो । आर्थिक र सामाजिकदेखि लिएर मानव जीवनको हरेक पक्षमा धर्मको भूमिका प्रबल हुँदै गयो । आधुनिक राज्यको प्रादुर्भाव हुनु पहिलेका समाज जहाँ कानुनकै अवधारणा नआइसकेको अवस्थामा हजारौँ वर्षसम्म धर्मले नै नैतिकता, राम्रो, नराम्रो, सामूहिक भावनाको बारेमा मार्गदर्शन ग¥यो । धर्मले निर्दिष्ट गरेका यी सामाजिक र नीति नियमहरूले धेरै हदसम्म त्यतिबेलाको समाजलाई व्यवस्थित गर्न मद्दत ग¥यो ।
तर यी नीति नियमका बारेमा ईश्वर आफै आएर व्याख्या र विवेचना वा प्रवचन नगर्ने भएकोले समाजका टाठाबाठाहरूले आफैलाई ईश्वरको दूत भन्दै बिस्तारै धर्मप्रतिको मानिसको अगाढ आस्था र विश्वासलाई आफ्नो स्वार्थमा उपयोग गर्न थाले । हुँदाहुँदै राज्य शक्तिलाई समेत उनीहरूले आफ्नो अधीनमा राखे । मध्ययुगतिर सम्पूर्ण युरोप महादेशमा रोमन क्याथोलिक चर्च र आफूलाई ईश्वरका दूत भन्ने पादरीहरूले मानिसको जीवनपद्धति, उनीहरूको विचार र राज्य संयन्त्रलाई नै आफ्नो नियन्त्रण र अधीनमा राखे । गिर्जाघरहरू (चर्च) आर्थिक र राजनैतिकरूपले यति शक्तिशाली हुँदै गए कि युरोपको एकतिहाइ जमिन उसैको अधीनमा पुग्यो । गरिबलाई भिक्षा बाँड्ने, अनाथालय सञ्चालन गर्ने, जनतालाई शिक्षा प्रदान गर्ने, बिरामीलाई उपचार गर्ने, जन्म र मृत्यु संस्कार गर्नेदेखि अन्य सामाजिक सेवा सबै कार्य गिर्जाघर र पादरीहरूले गर्थे ।
एघारौं र बा¥हौँ शताब्दीमै युरोपमा विश्वविद्यालयहरूको स्थापना भइसकेको भए तापनि यहाँ धर्मशास्त्र, चर्चका जीवनशैलीका बारेमा पढाइन्थे र तिनीहरू चर्चकै अधीनमा हुन्थे । धर्मले निर्दिष्ट गरेका नीति–नियम र जीव तथा जगतका बारेमा त्यसले तय गरेका अवधारणामा फरक पारी कसैले नयाँ विचार र सोचलाई सार्वजनिकीकरण गरे । त्यो व्यक्ति चर्चको कोपभाजनको शिकार हुनुपथ्र्याे । त्यो सजाय देश निकालादेखि मृत्युदण्डसम्म हुन्थ्यो । मध्ययुगका महान खगोलशास्त्री कपरनिकोसदेखि ग्यालिलियोेसम्म, आइज्यक न्यूटनदेखि रेने डेशकेरेटसम्म र जेम्स हटनदेखि चाल्र्स डार्विनसम्मले यही नियति भोग्नुपरेको थियो ।

जोन क्यालभिन
प्रोटेस्टेनको उदय र धर्मनिरपेक्षता
तर, युरोपमा पुनर्जागरणको काल (करिब चौधौंदेखि सत्रौँ शताब्दीसम्म) सँगसँगै विज्ञान र वैज्ञानिक सोच विचारहरूमा भएको क्रमागत विकासले अन्ततोगत्वा अठारौँ शताब्दीको आधाआधिको दशकसम्ममा पुग्दा विज्ञानको विकासले औद्योगिक क्रान्तिको जग नै राख्यो । यही विज्ञान र विज्ञानसम्मत विचारहरूको विकासले धर्मप्रति मानिसहरूले आलोचनात्मक दृष्टिकोण राख्न थाले । पुनर्जागरणको युगसँगसँगै सो¥हौँ शताब्दीको पूर्वाद्धमा एउटा उथलपुथलकारी सुधारउन्मुख (Age of Reformation) को श्रीगणेश भयो । इसाई धर्म जन्मको पन्ध्रसय वर्षपछि कट्टरपन्थी रोमन क्याथोलिकको एकछत्र आधिपत्यलाई जर्मनीका धर्मगुरू र धर्मशास्त्रका विद्वान प्रोफेसर मार्टिन लुथरले हाँक दिए । क्याथोलिक चर्चले गर्दै आएको परम्परागत अभ्यासहरू र पाप मोचनको नाउमा पाप–मोचन प्रमाणपत्रको बिक्री गरी (Indulgence) गरिब र निमुखा जनतालाई गिर्जाघरका अधिकारीहरूले ठग्ने कामको सशक्त विरोध गर्दै पञ्चानब्बे शोध–प्रबन्ध (Ninety Five Theses) नामक अभिलेख सन् १५१७ मा प्रकाशित गरे । सो अभिलेख बाइबलको पुनव्र्याख्या पनि थियो र रोमन क्याथोलिक पादरीहरूले गर्ने बाइबलको गलत व्याख्याको खण्डन पनि थियो । सारमा, सामान्य मानिस र ईश्वरबिचको संवादमा पुलको काम गरिरहेका रोमन क्याथोलिक पादरीहरूको उपस्थितिलाई उनले नकारे, मानव जीवनका हरेक पक्षमा चर्च र उनका अधिकारीहरूको हस्तक्षेपलाई अनावश्यक ठान्दै मानिसलाई स्वतन्त्ररूपमा छाड्नुपर्ने तथ्यमा जोड दिए ।

रोमन क्याथोलिक र प्रोटेस्टेन्टबिचमा भएको तीस वर्षे लडाइँको झलक
मार्टिन लुथरको त्यस दस्तावेज लेखनको बेलासम्म यूरोपमा छाप्ने मेसिनको (प्रिन्टिङ प्रेस) आविष्कार भइसकेकोले उनले धर्मको सुधारमा लगाएको झिल्कोले युरोपभरी दुई–तीन महिना भित्रै आगो सल्किन थाल्यो । मार्टिन लुथरको विद्रोहले क्रुर भएका रोमन क्याथोलिक पादरीहरूले सन् १५२१ सम्ममा उनलाई गिर्जाघर प्रवेश गर्न प्रतिबन्ध गर्दै उनी अवैध भएको घोषणा गरे । लुथर भूमिगत हुन बाध्य भए र भूमिगत हुँदा पनि उनी चुप लागेनन् बरु ल्याटिन मूल भाषामा लेखिएको बाइबलको जर्मन भाषामा उल्था गरी यसलाई सर्वसाधारणले पढ्न सक्ने बनाई अझ व्यापक बनाए । ल्याटिन भाषामा लेखिएको बाइबल पादरीहरूले मात्र पढ्न सक्थे तर सर्वसाधारणले पढ्न सक्दैनथे । लुथरलाई पछ्याउँदै यता फ्रान्समा अर्का सुधारक जोन क्याल्भिन निस्किए । उनले बाइबलको फ्रान्सिसी भाषामा अनुवाद गरी फ्रान्स र स्वीट्जरलैन्डमा यस नयाँ सुधारका आन्दोलनलाई फैलाए । अनुवाद गर्दा क्याल्भिनले घोषणा गरेका थिए, “म हलो जोत्ने केटोलाई पादरीले भन्दा धर्मग्रन्थको व्याख्या गर्न सक्षम बनाउँछु ।” त्यस्तै विलियम तान्डालेले बाइबलको अङ्ग्रेजीमा अनुवाद गर्दै भनेका थिए, “ईश्वरको सत्यतामाथि कसैले आक्रमण गर्छ र म चुप लागेर बसेमा म कायर साबित हुनेछु ।”
इसाई धर्ममा सुधारका लागि भएको त्यो आन्दोलनले धेरै गरिब किसान र निमुखाहरूलाई आकर्षण ग¥यो । बिस्तारै यो सुधार आन्दोलनले राजनैतिक, आर्थिक र अन्य सामाजिक जीवनमा पनि प्रभाव पा¥यो । गिर्जाघरको स्वामित्वमा रहेको जमीन जनतालाई फर्काउनुपर्ने आन्दोलनसमेत भए । तर, किसानहरूलाई निर्मतापूर्वक दबाइयो । रोमन क्याथोलिक गिर्जाघरले केही सुधारका सङ्केत बिस्तारै देखाउँदै गए । सन् १५६८ मा चर्चले पाप मोचन प्रमाणपत्र बेच्न बन्द ग¥यो । तर, सुधारका आन्दोलनको विरूद्धमा युद्ध नै घोषणा ग¥यो सन् १६१८ मा । त्यो तीस वर्षसम्म चल्यो । जसमा करिब असी लाख युरोपेलीले ज्यान गुमाए । तर, लुथरले सुरू गरेको धर्म सुधारको आन्दोलनले इसाई धर्मको नयाँ सम्प्रदाय स्थापना गरिछाड्यो – त्यो थियो प्रोटेस्टेन्ट धर्म (Protestantism) । यस प्रोटेस्टेन्ट धर्मको उदयले इसाई धर्ममा तीन प्रमुख धार वा सम्प्रदाय स्थापित भयो । पहिलो, रोमन क्याथोलिक, दोस्रो पूर्वीय अर्थोडक्स र तेस्रो प्रोटेस्टेन्ट । आज संसारमा रोमन क्याथोलिकपछि धेरैले मान्ने धर्म प्रोटेस्टेन्ट रहेको छ । यस प्रोटेस्टेन्ट सम्प्रदायको उदयले पश्चिमा सभ्यतामा ठूलो प्रभाव परेको मानिन्छ । अमेरिका र सिङ्गो युरोपमा पछि भएका राजनैतिक र आर्थिक आन्दोलनहरूमा यसको गहिरो सम्बन्ध भएको पाइन्छ ।
१६ पुस २०७९
Leave a Reply