भर्खरै :

गुण्डुमा माओ र स्तालिन जयन्ती

गुण्डुमा माओ र स्तालिन जयन्ती

भक्तपुर, १९ पुस । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगरपालिका वडा नं. ७ को आयोजनामा १२९ औँ माओ जयन्ती तथा १४४ औँ स्तालिन जयन्तीको अवसरमा गुण्डुमा कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले वर्गसङ्घर्षको जगमा मात्र समाजवाद आउनेछ र राजनैतिक दृष्टिकोणले निर्देशित व्यक्तिले शोषित वर्गको पक्षमा वकालत गर्ने विचार व्यक्त गर्नुभयो ।
साँच्चै कम्युनिस्टहरूको बदनाम गर्न छिमेकी भारतले नेपालमा नक्कली कम्युनिस्टहरू माओवादीको रूपमा विकास गर्न सहयोग गरेको विचार उहाँले व्यक्त गर्नुभयो ।
जनतालाई सेवा गर्ने नेमकिपाको सिद्धान्तअनुसार स्वास्थ्य, शिक्षा आदि क्षेत्रमा लगानी गरी भक्तपुर नगरपालिका देशको नमुना नगरपालिका बन्न सफल भएको उहाँले औँल्याउनुभयो ।
उहाँले देशमा मेडिकल माफियाहरूको रजगजका कारण भक्तपुर नपाले १५ लाखमा चिकित्सा शिक्षा (डाक्टर) अध्ययन गर्न अनुमति माग्दा सरकार कानमा तेल हालेर बसेको उल्लेख गर्नुभयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश संयोजक हरिसुन्दर बासीले मजदुर वर्गको हितको लागि स्तालिनले तत्कालीन सोभियत सङ्घमा गर्नुभएको सङ्घर्ष र ती सङ्घर्षबाट अहिलेको राजनैतिक नेतृत्वले पाठ सिक्नुपर्ने कुरामा जोड दिनुभयो ।
भेलामा नेमकिपा सूनपाका अध्यक्ष सूर्यभक्त त्वाती, राजेन्द्र बखुन्छे र सूर्यबहादुर पञ्चले माओ र स्तालिनका योगदानहरूको चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *