भर्खरै :

रुस–युक्रेन युद्धको आगोमा पेट्रियोअ्तले घ्यू थप्न सक्ने !

रुस–युक्रेन युद्धको आगोमा पेट्रियोअ्तले घ्यू थप्न सक्ने !

एउटा गाउँमा आफूलाई सबैभन्दा जान्ने बुझ्ने टाठाबाठा ठान्ने एकजना कथित भलाद्मी मान्छे बस्थे । कोही पनि छिमेकीबिच झगडा हुँदा उनी मेलमिलाप गराइदिन सक्छु भनेर गर्व गर्थे । तर वास्तविकता ठ्याक्कै फरक थियो । दुई छिमेकी भनाभन भइरहँदा ती भलाद्मी गएर सम्झाएपछि भनाभन कुटाकुटमा परिवर्तन हुन्थ्यो । तिनी तमासा हेरेर बस्थे । खासमा छिमेकीबिच झगडा गराउनमा नै उनीलाई आनन्द आउने रहेछ । यस्तै भइरहेको छ रुस र युक्रेनबिचको युद्ध । सन् २०१४ तिर रुस र युक्रेनबिच भनाभनमात्र भइरहेको थियो तर अमेरिकाले युक्रेनलाई सम्झाएपछि अहिले रुस र युक्रेनबिच कुटाकुट भइरहेको छ । कुटाकुट साम्य हुने छाँटकाँट देख्दै गर्दा फेरि निभ्न लागेको ओगोमा घ्यू थपेझैँ बिचबिचमा अमेरिका युक्रेनलाई हतियारको खेप पठाइदिन्छ । यही प्रक्रियालाई जोड्दै हालैमात्र अमेरिकाले युक्रेनलाई हवाई सुरक्षा उपकरण पेट्रियोअ्त मिसाइल पठाउने निर्णय गरेदेखि यो मिसाइलको चर्चा चलेको छ ।
पेट्रियोअ्त मिसाइल पाउने भएपछि युक्रेनी राष्ट्रपति जेलेन्सकीको आवाज फेरि चर्को भएको छ, “हाम्रो जीत निश्चित छ ।” अमेरिकाले युक्रेनलाई दिएको यो सबैभन्दा नयाँ हवाई प्रतिरक्षा हतियार भनिए पनि रुसले आफ्नो अभियानमा कुनै छेकबार नहुने जनाएको छ । अमेरिकाले पहिले नै राष्ट्रिय उन्नत सतहदेखि–एयर मिसाइल प्रणाली, हक एयर–डिफेन्स प्रणाली र एभेन्जर एयर–डिफेन्स प्रणाली दिइसकेको छ । पेट्रियोअ्त मिसाइललाई युक्रेन पठाउने निर्णयले युद्धमा नयाँ मोड लिने पर्यवेक्षकहरूको अनुमान छ । यसको घोषणासँगै रुसले हाइपरसोनिक मिसाइल प्रयोग गर्ने जनाइसकेको छ ।

के हो पेट्रियोअ्त ?
पेट्रियोअ्तलाई सबैभन्दा सक्षम लामो दूरीको हवाई–रक्षा प्रणालीहरूमध्ये एक मानिन्छ । प्ेट्रियोअ्त मिसाइल लामो दूरीको, सबै–उचाइ, सबै मौसममा वायु रक्षा प्रणाली हो जुन विमान, ड्रोन र क्रुज मिसाइलहरूविरुद्ध रक्षा गर्न डिजाइन गरिएको हो । अमेरिकाद्वारा विकसित गरिएको यो मिसाइल १९८० को दशकदेखि अमेरिकी सेना र धेरै अन्य देशहरूद्वारा प्रयोग गरिएको छ ।
वास्तवमा पेट्रियोअ्त मिसाइल प्रणाली अमेरिकाले विकास गरेको रणनैतिक रक्षात्मक पहल (स्ट्राटेजिक डिफेन्स इनिसियटिभ –एसडीआई) प्रणालीको एउटा भाग हो । एसडीआई प्रणालीलाई सरल भाषामा ‘स्टार वार’ भनिन्छ । अमेरिका र रुसबिच चलेको ‘शीतयुद्ध’ को क्रममा विकास गरिएको यो प्रणालीको मुख्य उद्देश्य यदि रुसले परमाणु हतियारसहितको अन्तरमहादेशीय क्षेप्यास्त्र (आईसीबीएम) ले आक्रमण ग¥यो भने त्यस क्षेप्यास्त्रलाई जमिनमा पुग्नु पहिले आकाशमै नस्ट गर्ने सुरक्षा प्रणाली हो । स्टार वार प्रणाली तीन चरणमा अन्तरमहादेशीय क्षेप्यास्त्रलाई नस्ट गर्ने प्रणाली हो । पहिलो र दोस्रो चरणमा भूउपग्रहमा जडित लेजर प्रयोग गरी नस्ट गरिन्छ र यी दुवै चरणमा क्षेप्यास्त्रलाई नस्ट गर्न सकिएन भने तेस्रो चरणमा पेट्रियोअ्त मिसाइल प्रणाली गरिन्छ । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले मार्च २३, १९८३ मा यो प्रणाली विकास गर्ने घोषणा गरेका थिए । सन् १९८० को दशकमा यो प्रणालीलाई अत्याधुनिक प्रणाली मानिन्थ्यो । हालसम्म अमेरिकाले इजरायललगायत विभिन्न नाटो देशमा यो प्रणाली तैनाथ गर्दै आएको छ ।
अमेरिकी सेनाले इराकी स्कड मिसाइलहरूबाट रक्षा गर्न पेट्रियोअ्त मिसाइल पहिलो पटक १९९१ खाडी युद्धको समयमा प्रयोग भएको थियो । त्यसबेलादेखि यो २००३ इराक युद्ध र २०११ लिबिया गृहयुद्धलगायत धेरै द्वन्द्वहरूमा प्रयोग भएको थियो । पेट्रियोअ्त प्रणाली सैन्य आधार र अन्य महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न प्रयोग गरिएको छ ।
पेट्रियोअ्त लन्च–सिस्टम अपरेटरको लागि १३ हप्ता र प्रणाली मर्मतकर्ताको लागि ५३ हप्तासम्म प्रशिक्षण चाहिन्छ । यसैलाई लक्षित गर्दै रुसले व्यङ्ग गरेको छ, “युक्रेनलाई पेट्रियोअ्त चलाउन आउँदैन, यसको लागि अमेरिकी सेनाको आवश्यक हुन्छ । के अमेरिका युक्रेनमा सेना पठाउँछ ?” एक पेट्रियोअ्त ब्याट्रीमा सामान्यतया आठ लन्चरहरू हुन्छन् । प्रत्येकले ४ देखि १६ इन्टरसेप्टर मिसाइल हान्न सक्षम हुन्छ । प्रत्येक ब्याट्रीमा सहयोगी उपकरणहरू हुन्छन् । राडार प्रणाली र एक पावर सप्लाई र लगभग ९० सेनाहरू आवश्यक हुन्छ । यद्यपि, यसलाई एक पटक तैनाथ गरिसकेपछि सञ्चालन गर्न केवल तीनजना सेनाको आवश्यक पर्दछ ।
यसले ब्यालिस्टिक मिसाइल, क्रुजमिसाइल र विमानसहित मिसाइल र विमानको विस्तृत श्रृङ्खलालाई रोक्न सक्छ । यसको लक्ष्य अचुक मानिन्छ । यसलाई अन्य प्रकारका क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र वायु रक्षा उपायहरूको साथमा स्तरित रक्षा प्रणालीको अङ्गको रूपमा प्रयोग गर्न सकिन्छ । पेट्रियोअ्त इन्टरसेप्टरले १२ माइलदेखि लगभग १०० माइलसम्म हान्न सक्छ र लगभग ८० हजार फिटको उचाइमा पुग्न सक्छ । क्रुज मिसाइल, विमान र ड्रोनविरुद्ध यो मिसाइल प्रयोग गर्न सकिन्छ तर हरेक पटकको मिसाइलको लागत ४० लाख डलर खर्च हुन्छ । युक्रेनलगायत विश्वभरका युद्ध क्षेत्रहरूमा फैलिएका अपेक्षाकृत सस्तो ड्रोनहरूविरुद्ध यति महँगो पेट्रियोअ्त प्रयोग गर्नेबारे अमेरिकालाई दुविधा रहेको देखिन्छ ।
२ लाख ५० हजार डलर पर्ने रूसी क्रुज मिसाइल र १० हजार डलर पर्ने इरानी ड्रोन खसाल्न ४० लाख डलर पर्ने अमेरिकी मिसाइलहरू प्रहार गर्नु लागत लाभको हिसाबले खर्च व्यहोर्न गा¥हो हुनेछ । उत्पादन र मर्मत गर्न महँगो पेट्रियोअ्त गरिब देशको लागि बोझ हुनसक्छ । यसलाई प्रभावकारीरूपमा सञ्चालन गर्न उच्चस्तरको प्रशिक्षण र विशेषज्ञताको आवश्यकता हुन्छ । यसको प्रयोगले तनाव बढाउन सक्छ र थप द्वन्द्व निम्त्याउन सक्छ ।
अमेरिकालाई युक्रेनले प्रयोग गर्न नजान्दा रुसी सेनाले ध्वस्त गर्ला कि भन्ने अर्को चिन्ता छ । त्यसो त रुसीहरूले पेट्रियोअ्त प्रविधि पुरानो भइसकेको र पेट्रियोअ्त मिसाइल प्रतिरक्षा प्रणाली रुसी आक्रमणको लागि वैध लक्ष्य हुने बताएको छ ।

युक्रेनमा पछिल्लो अवस्था
कुनै पनि सैन्य कारबाहीका सम्भावित नतिजाहरू विचार गर्न र सम्भव भएसम्म द्वन्द्वको शान्तिपूर्ण र कूटनीतिक समाधान खोज्ने प्रयास गर्नु महत्वपूर्ण छ । सामान्यतया द्वन्द्वमा कुनै पनि सैन्य हतियारको प्रयोगले युद्धको मैदानमा व्यापक राजनीतिक र कूटनीतिक प्रभावले महत्वपूर्ण परिणामहरू निम्त्याएको छ । पेट्रियोअ्त मिसाइलको तैनाथीले अल्पकालीन सम्भावित लाभ होला तर यसले दीर्घकालीन तनाव बढाउँदै थप द्वन्द्व निम्त्याउन सक्छ ।
अहिले युक्रेन संसारभरको विभिन्नखाले हतियारको प्रयोग गर्ने प्रयोगशाला बनेको छ । स–साना देशले पनि आफ्नो हतियारको क्षमता थाहा पाउन युक्रेनलाई सहयोगको नाममा हतियार परीक्षण गरिरहेका छन् । ‘खानलाई थाल छैन सुनको कोप्रा’ भनेझैँ बेरोजगारले ग्रस्त एक अफ्रिकी मुलुकसमेतले केही थान हतियार युक्रेनलाई दिने भइसकेको छ । ‘डुब्न लागेकोलाई परालको त्यान्द्रोको सहारा’ भनेझैँ यस्ता स–साना हतियार पनि युक्रेनले लिइरहेको छ ।
आफ्ना मतभेदहरूको समाधानतर्फ काम गर्न युद्धमा संलग्न पक्षहरू शान्तिपूर्ण समाधानमा सहमत भए वार्ता र कूटनीतिको माध्यमबाट विवाद समाधान गर्न सकिन्छ । तर, पश्चिमा राष्ट्रहरू थप सक्रियरूपमा द्वन्द्वमा संलग्न भइरहेका छन् । बढ्दो आर्थिक प्रतिबन्ध वा युक्रेनबाट सैन्य बल फिर्ता गर्न रुसमाथि विभिन्न प्रकारका दबाबजस्ता उपायहरूमार्फत रुसलाई कमजोर पारेर नै यो द्वन्द्वको अन्त्य हुनसक्ने पश्चिमाहरूको अनुमान छ । शान्तिपूर्ण समाधानलाई प्रोत्साहित गर्न मद्दत गर्नुको सट्टा यसले द्वन्द्वलाई झनै चर्को बनाउँदै लगेको छ । साँच्चै द्वन्द्वको समाधान खोज्ने हो भने द्वन्द्वरत देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूसहित अन्तर्राष्ट्रिय समुदाय सबै पक्षहरूको सहमति र शान्तिपूर्ण समाधानको दिशामा काम गर्ने इच्छा चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *