भर्खरै :

भेनेजुयलामा अमेरिकी हस्तक्षेप ‘मानव अधिकारको उल्लंघन’ हो

निर्जला
संसारका सबै पीडित र गरिब देशहरूका जनतालाई थाहा छ – संयुक्त राष्ट्र संघ आज पनि संरा अमेरिकाको खटनपटनमा छ ।
यसकारण इराक, इरान, लिविया आदि देशका नेताहरूले संरा अमेरिकाको मातहतमा चलेको संस्थाको रुपमा अनुभव गर्थे । सन् १९६०–६१ मै कंगोका पहिलो निर्वाचित प्रधानमन्त्री लुमुम्बाको हत्या संयुक्त राष्ट्र संघकै विलम्बको कारणले भएको हो । संरा अमेरिकाकै कारण जनवादी गणतन्त्र चीनको न्यायोचित संयुक्त राष्ट्र संघको स्थानमा ताइवानलाई चीनको सदस्यता दिइएको थियो । यस्तै र यस्ता अनेकौं निरंकुश र तानाशाही प्रवृत्ति अमेरिकी साम्राज्यवादले देखाएको कारण लिवियाका राष्ट्रपति गद्दाफीले संयुक्त राष्ट्र संघको मुख्यालय उत्तर अमेरिकाबाट अन्य महादेशमा सार्नुपर्ने विचार प्रकट गरेका थिए ।
क्युवाका नेता तथा राष्ट्रपति फिडेल क्याष्ट्रोलाई न्युयोर्कको पूर्वनिर्धारित होटलमा कोठा दिन अस्वीकार गरी अपमानित गरिएको थियो । यो काम साधारण होटलवालाको नभई अमेरिकी साम्राज्यवादले नै गर्न लगाएको थियो । एकपटक फेरि संयुक्तराष्ट्र संघको महासभामा फिडेल क्याष्ट्रोले भाग लिने सिलसिलामा न्युयोर्कको मेयरले क्याष्ट्रोलाई मात्रै स्वागत समारोहमा निमन्त्रणा गर्न अस्वीकार गरेको थियो । त्यो काम पनि साम्राज्यवादकै योजना वा अमेरिकी गुप्तचर विभाग (सीआईए) को काम थियो ।
संयुक्त राष्ट्र संघको मुख्यालय भएको देशले अन्य स्वतन्त्र र सार्वभौम देशहरूका राष्ट्रपति वा प्रतिष्ठित नेताहरूलाई अपमान गर्ने अशिष्ट र असभ्यता प्रदर्शन न्युयोर्कमा हुँदै आएको छ । भेनेजुयला अचेल एक दशकदेखि दक्षिण अमेरिकी संसारका शिक्षा, स्वास्थ्य, लोक कल्याणका विषयमा अत्यन्त चर्चित देशको रुपमा संसारका सबै स्वतन्त्र र तटस्थ देशको जनता र प्रगतिशील जनमानसमा स्थापित देश हो । त्यस देशको हिजोको राष्ट्रपति र नेता ह्युगो चाभेज हुनुहुन्थ्यो । उहाँले आफ्नो देश र जनतालाई एक सबल र अमेरिकी साम्राज्यवादको प्रभावबाट मुक्त देश बनाउन संघर्ष गर्नुभयो र त्यहाँको पेट्रोल खानी अमेरिकी कम्पनीहरूलाई होइन, आफ्नै देशको हितमा प्रयोग गर्नुभयो । उहाँले दक्षिण अमेरिकी मुक्तिदाता सिमोन बोलेभार र विचारक जोसे मार्टीको भावनालाई व्यवहारमा कार्यान्वयन गर्नुभयो । ह्युगो चाभेजको असामयिक निधनपछि जनताले निकोलस माडुरोलाई राष्ट्रपतिमा निर्वाचित ग¥यो । उहाँले ह्युगो चाभेजकै बाटो पहिल्याउनुभयो र पुनः ठूलो मतले विजयी हुनुभयो ।
दक्षिण अमेरिकामा र क्यारेबियाली देशहरूको मित्रतालाई अगाडि बढाउनुभयो र अमेरिकी एकाधिकार पूँजीलाई आफ्नो देशमा हैकम चलाउन दिनुभएन । यसकारण अमेरिकी एकाधिकार पूँजीका दलालहरू र भेनेजुयाली प्रतिक्रियावादीहरूले अमेरिकी गुप्तचर विभाग (सीआईए) को निर्देशनमा सरकारी भवन र गाडीमा आगजनी गर्न लगाए तथा सुरक्षाकर्मीहरूलाई बम र बन्दुकले आक्रमण र हत्या गरेपछि देश र जनताको शान्ति सुरक्षाको कारबाही सुरु ग¥यो, त्यसमा आक्रमणकारी र उपद्रवीहरू केही हताहत भए । त्यसै विषयलाई लिएर अमेरिकी साम्राज्यवादको निर्देशनमा संयुक्त राष्ट्र संघको मानव अधिकार समितिको प्रमुखले ‘मानवताविरोधी अपराध’ को नाम दिएर चेतावनीको नाममा धम्की दियो ।
खाद्यान्नमा जनतालाई नाकाबन्दी गर्ने प्रतिक्रियावादीहरूलाई कारबाहीको विरोध राष्ट्र संघको समितिले गर्नु दुर्भाग्यपूर्ण विषय हो । संरा संघको मानव अधिकार समितिले अमेरिकी प्रशासनलाई भेनेजुयलामा उपद्रव गरी खाद्यान्न नरोक्ने काम ‘मानव अधिकारविरोधी अपराध’ बन्द गर्नु भनी चेतावनी दिनुपर्ने थियो । यसैलाई भनिन्छ – चोरले चोर आयो भनी अरुलाई लखेट्नुु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *