साम्राज्यवादका प्रमुख हतियारहरू
- कार्तिक १६, २०८३
यो संसारमा अझै पनि बिनाराजनीतिको सर्वतोमुखी विकास गर्न सकिन्छ भन्ने दर्शनमा विश्वास गर्छन् । तर, संसारको सृष्टि भएदेखि नै बिनाराजनीतिक स्पष्टता विकासको एकथोपा पनि भएको छैन । विकास भनेको के ? यो नै पहिले स्पष्ट हुनु जरूरी । साधारणतः मान्छे श्रृष्टिदेखि नै केही गरौँ भन्ने प्राणी हो । पूर्व ढुङ्गेयुग, ढुङ्गेयुग, आगो थाहा पाउनुभन्दा अघिल्लो युग, आगो थाहा पाएपछिको, ढुङ्गाले जनावर मारेर काँचै मासुले पेट भरेर बाँचेको युग, काँचोभन्दा पोलेको मासु मीठो भएको युग । फलाम पगाल्न जानेको युग, फलामबाट हतियार बनाई शिकार खेल्न जानेको युग कति सुख कति ? हामी कल्पना गरौँ त, एकपल्ट ढुङ्गो उठाएर जनावर मार्दा, छाला र मासु छुट्याउँदा सबै ढुङ्गाले गर्नुपर्दा कति कष्ट हुँदो हो । मान्छे यस्तो प्राणी हो यो विश्वमा जस्तै दुःख, कष्ट गरेर पनि बाँच्यो र सृष्टिलाई आज यहाँ पु¥यायो । अणु, परमाणु पत्ता लगायो । कति ग¥यो कति ? अझै गर्दै छ । तर जति गरे पनि राजनीति नसुध्रिएसम्म देशले निकास पाउँदैन । यो वस्तुतथ्य धेरैले बुझ्दैन र राजनीतिलाई जथाभावी प्रयोग गर्छन् । पुँजीवादी अर्थ र राजनीतिक प्रभावकै कारण अहिले धेरै अभिभावक सही बाटो ठम्याउन सकिरहेका छैनन् जनतालाई सही बाटो थाहा पाउने त्यही बाटोमा हिँड्न सक्ने बनाउने कहिले र कस्तो आजको सवाल !
देशभक्त नागरिक तयार गरौँ
आजको अभिभावक आफ्नो सन्तानले यति धेरै पढोस् सजिलै विदेश जान सकोस् भन्ने मानसिकतामा पो पुग्यो । अब ऊ आफूसँगै पढेको हुर्केको साथीको छोरो वा छोरी विदेश गएको त्यही नाताले अहिले ऊ पनि अहिले विदेशतिर हानिएर उतै रमाइरहेको हेरी आफू पनि उता कहिले हानिने भनी घोत्लिएर सन्तानको ट्रङ्कलको प्रतिक्षामा छ । मेरो केही साथी यस्ता छन् जो यहाँ भएका आफ्नो जग्गा जमिन बेची अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्डमा घर बनाउँदै छन् वा किनेर काल पर्खँदै छन् । ती वास्तवमा वृद्ध टुहुरा भएका छन् । आफ्ना सन्तान धेरै पढून्, विदेश जान, उतै काम पाउन सकून् ‘आफ्ना बुढाबुढीलाई पनि विदेशमै बोलाउन भनी नयाँ चिन्तन रोगग्रस्त छ । राजनीति राम्रो नभएसम्म शिक्षा, स्वास्थ्य, पानी, बत्ती, बाटो, खाद्यपदार्थ, पेयपदार्थ केही पनि पर्याप्त पाइँदैन वा पाइए पनि सक्कली पाइँदैन । तसर्थ, आफ्ना सन्तानलाई स्वदेशमै बसी देशको सेवा गर्ने गरी गराउने भन्ने दिशातिर कसरी आकर्षण गर्ने भन्ने ध्यान दिने होइन ? विद्यालय धेरै छन् अहिले पहिलेको तुलनामा । तर, कुन विद्यालय राम्रो, कुन ठीक्क, कुन नराम्रो भन्ने छुट्याउन त्यो विद्यालयबाट उत्पादित जनशक्ति कहाँ छ र के के गर्दै छ भन्ने कुरामा भर पर्छ । विद्यालयहरूले यसतर्फ पनि ध्यान दिनु उचित हुन्छ । देशभक्त विद्यार्थी उत्पादन गर्नु जरूरी छ । विद्यार्थी देशभक्त भएन भने पछिल्लो पुस्ता कस्तो होला ? यसर्थ, देशभक्त, अघिल्लो पुस्ताको कामलाई निरन्तरता दिने तर इमानदार नयाँ पुस्ता उत्पादन गर्नुप¥यो ।
जाँगरिलो भक्तपुरे आजको खाँचो
हाम्रो पुस्ताले आफ्ना सन्तानलाई व्यक्तिगतभन्दामाथि उठी समाज समग्र देशको स्वार्थ हेर्ने भावना सिकाउन पर्ने, यसो गर्न सकेमात्र देशले आफ्नो स्वाभिमान, स्वतन्त्रता, स्वायत्तता एवं सार्वभौमिकता जोगाउन सकिन्छ । यस तथ्यतर्फ सजग एवं सक्रिय नागरिक तयार गर्ने काम अभिभावकको हो । आज राम्रो स्कूलले अङ्ग्रेजी जान्ने विद्यार्थी तयार गर्नुपर्छ । नेपालमा जे जे जुन भए पनि राम्रा मान्छे ढुकेर बसेका विभिन्न नाम र पदका विदेशीले पनि राम्रा मान्छे आफैतिर तान्ने गर्दा रहेछन् । एक त राम्रो मान्छे तयार गर्नै मुश्किल । तयार भएकालाई टिकाउन अर्को मुश्किल । वास्तवमा अघिल्लो पुस्ताको परिश्रम, इमानदारी, क्रियाशीलता एवं अनवरत खटेको कारण आजको भक्तपुर भएको हो । आजको हाम्रो पुस्ता खटेन भने आजको भक्तपुर पनि टिक्दैन । तर, भोलिलाई भोलिको भक्तपुर चाहिन्छ आजकोले पर्याप्त हुँदैन । बुद्धिकुमार गोसाई अघिपछि पार्टीको काममा घोटिने तर खेतीको बेला खेतीकै काममा घोटिने गर्नुहुन्थ्यो । त्यसैले खेती र पार्टी दुवै काम पनि धाउनुहुन्थ्यो । सबै कार्यकर्ता बुद्धिकुमार, आशाकाजी, ज्ञानबहादुर न्याइच्याई हुँदैनन् । त्यसैले पो त प¥यो फसाद ! निःशुल्क एवं भरपर्दो शिक्षा र स्वास्थ्य जनताको प्रारम्भिक अधिकार हो । सरकारहरू जसको भए पनि जनता त्यो अधिकार लिन खोज्ने तर पाउँदैन । अनि निराश हुन्छ । निराश जनतासँग राज्यले के के पो अपेक्षा गर्ने । वास्तवमा देशभक्त नागरिकले इमानदार भक्तपुरे तयार गर्नु अबको चुनौती भएको छ ।
यो कुरा उहाँहरूबाटै लेखाउन सकिँदैन ?
देश बनाउने काम ठट्टा होइन । बिनात्याग र समर्पण देश बन्दैन । चीन अझ आजको चीन त्यसै बनेको हो र ? यसो भनेर निराश पार्न खोजिएको पनि होइन । खोइ त हुँदो रहेछ, बनाउन खोज्यो भने बन्दो रहेछ । आजको चिनियाँ नागरिक पेटभर खान पाउँछ, लुगा लगाउन पाउँछ । उत्पादन गर्छ, बेच्छ । कमाउँछ, खर्च गर्छ, परिवार पाल्छ । यो लेख्न जति सजिलो छ गर्न त्यति सजिलो कहाँ छ र ! आजको भक्तपुर एकैदिन कहाँ बनेको हो र ? भक्तपुरका किसान, मजदुर बिहान सबेरै उठ्छन्, नित्यकर्म गर्छन् र काममा जान्छन् । तर खेतबारी, इँटाभट्टा कहाँ जाने हो कलेज स्कूल पढ्न पढाउन त्यसअघि नै खानेकुरा पाइने पसलमा जान्छ र चमेना गर्छ । कोही नखाइ काममा जाँदैन । त्यसैले त्यस्ता कामदार वर्गको स्वास्थ्य उत्तम हुन्छ । अहिले त थाहा छैन । यो मैले लेखेको कुरा २०४८ तिरको हो । मैले आफ्नै आँखाले देखेको साक्षात्कार गरेको । २०४८ साल र आज २०७९ साल ३१/३२ वर्ष भइसक्यो । त्यतिबेलाको केटाकेटी आज बाबु भइसक्यो । जरूरै परिवर्तन भइसक्यो होला । अब घरमा बस्ने आमा–बाबुमात्र होइन घरमा बिहान बिताउनेहरूका लागि पनि मुख बिटुल्ने–केही खाने व्यवस्था ग¥यो होला । थाहा छैन । पछि केही गरेको रहेनछ भने भोलिदेखि नै केही गर्नुप¥यो । आजको भक्तपुर सामान्यतः खुला ठाउँमा दिशापिसाब गर्दैन शौचालयमा दिशापिसाब गर्छ । डा. जितसिंह मल्ल, इन्जिनियर पद्मसुन्दर मल्ल केटाकेटी छँदा गुह्यपोखरीमा दिशा गर्थे, धुन्थे होला तर आज उनीहरूको खेतबारी या काम गर्ने किसान र मजदुर शौचालयमा नभई दिशापिसाब नै गर्दैन । यो अवस्था भक्तपुरलाई उचाल्न नेमकिपाको अद्वितीय स्थान छ । नेमकिपाले यस्ता कुरा भनेर मात्र छोडेन गरेर गराएरै छोड्यो । यो कुरा उहाँहरूबाटै भनाउन, लेखाउन सकिँदैन ?
Leave a Reply