भक्तपुर नगरपालिकाको क्षयरोग वार्षिक समीक्षा
- कार्तिक १३, २०८३
भक्तपुर, २७ पुस । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को ऋण उपसमितिको आयोजनामा शनिबार संस्थाका ऋणी तथा सदस्यहरूबिच अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सिद्धि गणेशले ऐन, नियम तथा नीतिसँगै सदस्यको सुरक्षालाई प्राथमिकतामा राखेर क्रियाकलापहरू गर्दै आइरहेको हुनाले वित्तीय बजारमा देखापरेको तरलता सङ्कुचनको प्रभाव सिद्धि गणेशमा नरहेको र संस्थाले सदैव सदस्य र समाजको प्रगतिको लागि कार्य गर्दै आइरहेको बताउनुभयो ।
उहाँले पुस २९ गते संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा उपसमितिहरूबाट आयोजित विभिन्न गतिविधिहरूमा सक्रिय सहभागिताका लागि सदस्यहरूलाई अनुरोध गर्दै समुदायमा आधारित सहकारीहरूमा मात्र कारोबार गर्न उपस्थित सदस्यहरूमा आग्रह गर्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले वर्तमान समयमा विभिन्न सञ्चारमाध्यमहरूमा सहकारी क्षेत्रको नकारात्मक सूचनाहरूमात्रै सम्प्रेषण भइरहेको तर सिद्धि गणेशजस्तो असल अभ्यासका सहकारीहरूबारे मौन रहेको विषयमा असन्तुष्टि जनाउँदै सिद्धि गणेश सदस्यको वित्तीय सुरक्षाको लागि एक उत्कृष्ट संस्था रहेको जानकारी दिनुभयो ।
उहाँले संस्थाबाट प्रदान गर्दै आइरहेको सेवा सुविधासँगै सदस्यहरूलाई सदस्य पहिचान फारम (प्थ्ः) अद्यावधिक गर्न अनुरोध गर्दै संस्थाको वित्तीय विवरण सदस्यहरूमा प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक रामचन्द्र दुमरुले सदस्यहरूबाट प्राप्त सुझावउपर छलफल गर्दै संस्थाको ऋण नीति तथा ऋणी सदस्यका समस्याहरूबारे जानकारी लिन तथा दिन संस्थामा विद्यमान कमीकमजोरी हटाउने उद्देश्यका साथ अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरिएको हो भन्नुभयो ।
आयोजक उपसमितिका सदस्य कृष्णराम गोर्खाली र उपसमितिका सदस्य प्रकाश खाइजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply