विवाहको सही उमेर कति !?
- बैशाख ८, २०८२
मुगु, २९ भदौ । नेपालीको महान् चाडपर्व दशैं मनाउन सबैले खर्च जोहो गरिरहेका बेला लोपोन्मुख नेपाली जाति राउटे पनि दशैं खर्चको जोहोमा जुटेको छ
दशैंका बेला एकसरो लुगा, चामल, तेल, दाल, एक खसीका लागि आवश्यक पर्ने रकम जुटाउन राउटे समुदायका केही सदस्य प्रदेश नं ६ का विभिन्न जिल्लामा रकम उठाउँदै हिमाली जिल्ला मुगु आइपुगेका छन् ।
राउटे मुखिया नारायण शाहीको नेतृत्वमा आएको सात सदस्यीय टोली हिजोआज सदरमुकाम गमगढीमा रहेका सरकारी तथा गैरसरकारी संघसस्था, व्यवसायी र स्थानीय सर्वसाधारणसँग दशैं खर्च भनेर रकम उठाइरहेका छन् ।
आफ्नो समुदायमा रहेका ५० घरधुरीका २०० जहान परिवारलाई दशैं मनाउन खर्च नभएपछि जिल्ला जिल्लामा पुगेर खर्च उठाइरहेको मुखिया शाहीले बताउनुभयो । आफ्नो इच्छानुसार जति दिए पनि रकम सहयोगस्वरुप लिइएको शाहीले जानकारी दिनुभयो । दशैं मनाउन राउटे समुदायलाई रु एक लाख लाग्ने बताइएको छ ।
मुगु जिल्लामा मात्र आजसम्म रु ४० हजार सहयोग राउटेले जुटाएका छन् । छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले सबैभन्दा बढी रु १२ हजार सहयोग गर्नुभएको छ ।
टोलीका सदस्य प्रकाश शाहीले भन्नुभयो, “सहयोगबाट उठेको रकमले सबै घरधुरीलाई पुग्ने गरी लुगा कपडा, तेल, चिनी, मासु खान खसी र घर छाउन प्लास्टिक किन्ने योजना छ तर रकम धेरै उठ्दैन, कसरी दशैँ मनाउने चिन्ता लागेको छ ।”
“मागेर कति बाँच्ने, दशैँ मनाउन सरकारले तलबको व्यवस्था गरिदिएको भए हामीहरुलाई सहज हुने थियो”, अर्का सदस्य दीपक शाहीले भन्नुभयो ।
आफ्ना ५० घरधुरीलाई सुखीखुशी राख्न उनीहरु नाङ्गो खुट्टा हिँडेरै टाढा टाढासम्म रकम जुटाउन भौँतारिने गरेका छन् । रासस
Leave a Reply