भर्खरै :

सम्भाव्यतालाई वास्तविकतामा बदलौँ

सम्भाव्यतालाई वास्तविकतामा बदलौँ

हरेक पटक नयाँ सरकार गठन हुनेबित्तिकै देशको अर्थतन्त्रलाई समृद्ध बनाउनेबारे बहस हुन्छ । देशमा विद्यमान आर्थिक सम्भाव्यताका क्षेत्रहरूको गर्वका साथ बखान गरिन्छ तर वास्तविकतामा बदल्ने समय आउँदा सबै उदास हुन्छन् । त्यसरी नै समय घर्किदै जान्छ फेरि सरकार जोगाउने हतारमा अर्थतन्त्र बिर्सिदै जान्छ । खासमा नेपालको अर्थतन्त्र यसको पिँधमा पुगिसकेकोले यसलाई थोरै माथि उठाउन धेरै कसरत गर्नु पर्दैन । उदाहरणको लागि परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले थोरै मेहनत र कलेज नियमित आउनेबित्तिकै उत्तीर्ण हुन्छ । तर, ८० प्रतिशत प्राप्ताङ्क हासिल गर्ने विद्यार्थीले केही प्रतिशतमात्र बढाउन पनि धेरै मेहनत गर्नुपर्ने हुन्छ । त्यसरी नै अनुत्तीर्ण हुने विद्यार्थीजस्तै भएको हाम्रो देशको अर्थतन्त्र सा¥है तल्लो स्तरमा रहेको अवस्थामा शासकहरूले थोरैमात्र इमानदारी देखाउने हो भने अहिलेको अमेरिकी डलर ११ सय प्रतिव्यक्ति आयलाई दुईगुणा सजिलै बनाउन सकिन्छ । यो रकेटसाइन्सजस्तै बुझ्न गाह्रो छैन । यसको लागि अर्थतन्त्रका केही आधारभूत नियमलाई पछ्याउनुपर्छ ।
राष्ट्रको अर्थतन्त्र बलियो बनाउनमा विभिन्न कारकहरूले प्रभावकारी भूमिका खेलेको हुन्छ । आर्थिक अवस्था सुदृढ बनाउन सबैले बुझेका सम्भावित स्रोत तथा साधनको भरपुर उपयोग र अल्पकालीन र दीर्घकालीन नीतिहरूलाई इमानदारीपूर्वक कार्यान्वयनमा लाने हो भने देशका जनताले कमसेकम आधारभूत आवश्यकता पूरा गर्न सक्ने देशको अर्थतन्त्र बन्ने छ ।
राष्ट्रको स्रोत साधनको अधिकतम उपयोग नै राष्ट्रको आर्थिक आधार रहेको सबैलाई विदितै छ । पर्याप्त व्यावसायीकरणको अभावको कारण राष्ट्रिय अर्थतन्त्रको प्रयोगमा नआएको प्राथमिक उत्पादनमध्ये एउटा श्रम हो । स्वदेशमै खपत हुनुपर्ने श्रम विदेशमा बेचिएको छ । श्रम बेचेर पैसा देश भित्रियो तर त्यही पैसा फेरि सामान र सेवाहरूको आयातको निम्ति विदेशियोे । श्रमको प्रयोग वा बिक्रीले राज्यलाई सहयोग गर्न सकेको छैन । मानव जीवन र नेपालको अर्थतन्त्र दुवैको आधार रहेको उत्पादनको अर्को महत्वपूर्ण साधन भूमिको अधिकतम प्रयोग हुन पाएको छैन ।

नेपालको अर्थतन्त्र बलियो बनाउने अर्को मुख्य कारक तत्व वन हो । ग्रामीण इलाकामा धेरै वन छन् । काठको आपूर्तिको अधिकतम उपयोग गरेर प्रचुर मात्रामा फाइदा लिन सकिन्थ्यो तर नेपालले वातावरण संरक्षण गर्ने नाममा यसलाई भरपुर दोहन गर्न सकिरहेको छैन । ‘हरियो वन नेपालको धन’ को नारा लाउँदै क्यानाडाबाट काठ आयात भइरहेको छ । हालको राज्यको नीति भनेको रूख बचाउनु, कुहिन दिनु र त्यसपछि फ्याँक्नु हो । पुराना रुखलाई बदलेर नयाँ रुख लगाउनुपर्ने कुनै नीति छैन । वन नेपालको वनस्पतिको स्रोत हो । तर, त्यसको पर्याप्त सदुपयोग हुन नसकेकोले नेपाल यसबाट प्राप्त हुने फाइदाहरूबाट वञ्चित भएको छ । ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुपार्को बिँड’ भइरहेको छ, नेपालको वन ।

मानव जीवनको प्राथमिक आवश्यकता कृषि उत्पादन हुँदाहुँदै यसको पूर्ण सदुपयोग हुन नसकेको कारण सबैलाई थाहा छ । खेतीका लागि प्रशस्त उर्वर जमिन भए पनि उचित कृषि मूल्याङ्कन र व्यवसायीकरणको अभावले गर्दा कृषिले अर्थतन्त्रलाई टेवा पु¥याउन सकिरहेको छैन । यस समस्यालाई सम्बोधन गर्न सिँचाइको निम्ति नहरसँगै सडक बनाउने नीतिलाई दह्रो कार्यान्वयनमा लानुपर्छ ।
नेपालको अर्थतन्त्र बलियो बनाउने अर्को मुख्य कारक तत्व वन हो । ग्रामीण इलाकामा धेरै वन छन् । काठको आपूर्तिको अधिकतम उपयोग गरेर प्रचुर मात्रामा फाइदा लिन सकिन्थ्यो तर नेपालले वातावरण संरक्षण गर्ने नाममा यसलाई भरपुर दोहन गर्न सकिरहेको छैन । ‘हरियो वन नेपालको धन’ को नारा लाउँदै क्यानाडाबाट काठ आयात भइरहेको छ । हालको राज्यको नीति भनेको रूख बचाउनु, कुहिन दिनु र त्यसपछि फ्याँक्नु हो । पुराना रुखलाई बदलेर नयाँ रुख लगाउनुपर्ने कुनै नीति छैन । वन नेपालको वनस्पतिको स्रोत हो । तर, त्यसको पर्याप्त सदुपयोग हुन नसकेकोले नेपाल यसबाट प्राप्त हुने फाइदाहरूबाट वञ्चित भएको छ । ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुपार्को बिँड’ भइरहेको छ, नेपालको वन ।
अवसर भए पनि राज्यले प्राकृतिक सौन्दर्यलाई सदुपयोग गर्न सकेको छैन । नेपाल आफैमा प्राकृतिकरूपमै सुन्दर राष्ट्र भएको हुँदा पर्यटकलाई आकर्षित गर्ने नेपालमा धेरै स्थानहरू छन् । राम्रा होटल र यातायातको राम्रो व्यवस्था भएमा पर्यटक नेपालको प्राकृतिक सौन्दर्य हेर्न आउनेछन् । धार्मिक यात्रीहरूको लागि धेरै सम्भावना भएको राष्ट्र नेपाल हो । बुद्धको जन्मस्थल र हिन्दूहरूको पवित्र भूमि पाशुपत क्षेत्र यी दुई धर्म क्षेत्रको प्रवद्र्धन गरेर सरकारले नेपाललाई तीर्थ यात्राको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने राम्रो अवसर छ । नेपालमा भौतिक निर्माणको लागि आवश्यक पर्ने प्राकृतिक सामग्रीको अभाव छैन । प्रकृतिले बालुवा, माटो र ढुङ्गालाई निर्माणका स्रोतको रूपमा उपलब्ध गराए पनि राज्यले प्रयोग गर्न सकेको छैन । यसले उपलब्ध स्रोत र उपकरणहरूको उचित प्रयोग गर्न नसकेको व्यवस्थापनकै कमजोरी हो ।

आर्थिक विकासका लागि पूर्वाधारमा लगानी गर्नु निकै प्रभावकारी देखिएको छ । चौडा सडक, सुरुङ र विद्युतीकरणलगायत अन्य प्रकारका भौतिक पूर्वाधार निर्माण गर्नु यसका उदाहरण हुन् । विश्वव्यापी व्यापारलाई बढावा दिनुले विदेशी मुद्राको वृद्धिमा मद्दत गर्नेछ । यसमा अन्य राष्ट्रहरूसँग आर्थिक सम्झौताहरू र निर्यातलाई बढावा दिने समावेश हुनसक्छ । उद्यमशीलता र साना व्यवसायहरूको विकासलाई प्रोत्साहन गर्नु महत्वपूर्ण हुन्छ । हाम्रोजस्तो गरिब मुलुकको लागि साना उद्यमहरू प्रायः राष्ट्रको आर्थिक विस्तार र रोजगारी विकासको लागि जिम्मेवार हुन्छन् ।

त्यसैगरी दीर्घकालीन नीतिअन्तर्गत शिक्षामा लगानी दीर्घकालीन सफलताको लागि आवश्यक छ । शिक्षामा भएको लगानीले आर्थिक विकासमा ठूलो मात्रामा प्रभावित गरेको बताइएको छ । शिक्षा एक प्रकारको मानव पुँजी लगानी हो जसले बलियो आर्थिक वृद्धि, उत्पादकता र आय वृद्धि गर्न सक्छ । यसरी नै शिक्षाले दक्ष श्रमशक्तिको विकासमा योगदान पु¥याउँछ जुन छिट्टै परिवर्तन हुँदै गइरहेको अर्थतन्त्रका मागहरू पूरा गर्न सक्षम हुन्छ । सिर्जनशीलता र उद्यमशीलताको प्रवद्र्धन गर्न शिक्षा आवश्यक छ । दक्ष जनशक्तिले आर्थिक प्रगतिलाई उत्प्रेरित गर्न सक्ने नयाँअवधारणा र प्रविधिहरूको निर्माणमा योगदान पु¥याउन सक्छ । उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता दुवै राम्रो शिक्षित कार्यबलसँग बढ्न सक्छ । यसको लागि शिक्षामा रहेको विद्यमान विकृतिको सफाया देशको प्रमुख शैक्षिक केन्द्र त्रिभुवन विश्वविद्यालयबाट सुरु गर्नुपर्छ ।
आर्थिक विकासका लागि पूर्वाधारमा लगानी गर्नु निकै प्रभावकारी देखिएको छ । चौडा सडक, सुरुङ र विद्युतीकरणलगायत अन्य प्रकारका भौतिक पूर्वाधार निर्माण गर्नु यसका उदाहरण हुन् । विश्वव्यापी व्यापारलाई बढावा दिनुले विदेशी मुद्राको वृद्धिमा मद्दत गर्नेछ । यसमा अन्य राष्ट्रहरूसँग आर्थिक सम्झौताहरू र निर्यातलाई बढावा दिने समावेश हुनसक्छ । उद्यमशीलता र साना व्यवसायहरूको विकासलाई प्रोत्साहन गर्नु महत्वपूर्ण हुन्छ । हाम्रोजस्तो गरिब मुलुकको लागि साना उद्यमहरू प्रायः राष्ट्रको आर्थिक विस्तार र रोजगारी विकासको लागि जिम्मेवार हुन्छन् । कल्याणकारी दृष्टिकोणबाट आर्थिक वृद्धिको लागि आय असमानतालाई सम्बोधन गर्न आवश्यक छ । गरिबी घटाउन र आर्थिक स्थायित्वलाई थप समानुपातिक आय वितरणबाट सुधार गर्न सकिन्छ । नीति निर्माताहरूले लगानी र बचतलाई बढावा दिनुपर्छ । धेरै बचत र लगानी गरेर आर्थिक विकास र विस्तार गर्न सकिन्छ । वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्न आवश्यक छ । सबै जनताको वित्तीय सेवामा पहुँचले आर्थिक वृद्धि र समावेशितालाई टेवा पु¥याउनेछ ।
सारमा, देशमा विद्यमान आर्थिक सम्भाव्यताको भरपुर सदुपयोग गर्ने सन्दर्भमा नेपाल सरकार कस्तुरी हुनुहुँदैन जसले आफ्नै नाभीको गन्ध सुँघ्न सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *