ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
२००७ साल, २०४६ साल र विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन तथा सङ्घर्ष प्रजातन्त्रका निम्ति भएका थिए । प्रजातन्त्र हात्तीको देखाउने दाँत होइन, बरु जीवनपद्धति तथा व्यवहार हो । आज हामी प्रजातान्त्रिक अभ्यास गर्न खोज्दै छौँ । यदि हामी मन, वचन र कर्मले प्रजातन्त्रका पक्षधर हौँ भने हामीमध्ये कसैले पनि प्रतिगमनको पक्ष लिने छैनौँ† प्रजातन्त्रका निम्ति जीवन उत्सर्ग गर्ने सहिदहरूको अपमान गर्ने छैनौँैँ† प्रजातन्त्रका निम्ति जेल, नेल, यातना भोग्ने योद्धाहरूको अवमूल्यन गर्ने छैनौँैँ† प्रजातन्त्रको मन्दिर गएर प्रतिगमनको मूर्ति पूजा गर्ने छैनौँैँ† निर्वाचनमा जनताले दिएको अमूल्य मतको दुरुपयोग गर्ने छैनौँ ।
शत्रु र मित्रसमेत चिन्न नसक्ने हामी त्यति कमजोर जरुर होइनौँ । शत्रुलाई तरबार सुम्पने त्यति अविवेकी पनि होइनौँ । आफ्नै खुट्टामा आफैले बन्चरो हान्ने त्यति मूर्ख पनि जरुर छैनौँ । खान पाइयो भन्दैमा जेपनि खाने, बस्न पाइयो भन्दैमा जहाँ पनि बस्ने र हिँड्न पाइयो भन्दैमा जोसँग पनि सँगसँगै हिँड्ने हामी ‘अघोरी बाबा’ त अवश्य होइनौँ !
हामीसँग राजनीतिक विचार, सिद्धान्त तथा आदर्श छ । हामीसँग राजनीतिक नैतिकता तथा संस्कार छ । तसर्थ, अपवित्र गठबन्धनलाई अपवित्र नै भन्छौँ । असैद्धान्तिक गठजोडलाई असैद्धान्तिक नै भन्छौँ । प्रजातन्त्रको उपहास र विचारको चीरहरणविरुद्ध सङ्घर्ष चालु राख्ने यो समाजमा थोरै बाँकी छ । नेपाल मजदुर किसान पार्टीले त्यो जिम्मेवारी वहन गर्दै छ । पेरिस कम्युनमा एकजना कम्युनार्ड बाँकी भएसम्म लडाइँ चालु रहेजस्तै एउटामात्र बन्दुक र गोली बाँकी रहेसम्म शत्रुविरुद्ध र क्रान्तिको पक्षमा पड्केभैmँ हाम्रो सङ्घर्ष चालु रहनेछ । रातो झन्डा एउटै मात्र बाँकी भएपनि त्यो फरफर फहरिरहनेछ । एक दिन त्यो दिन अवश्य आउनेछ जुन दिन हजारौँ–लाखौँले आमूल परिवर्तनको रातो झन्डा फेरि बोक्नेछन् । तसर्थ, दुई या तीन भनी अङ्कमा नापतौल सधैँ कायम रहनेछैन ।
प्रजातान्त्रिक अभ्यासकै क्रममा नेमकिपाले सभामुख पदमा उम्मेदवारी दिएको हो । हामी प्रतिगमनविरोधी र प्रजातन्त्रका पक्षधर हौँ भने† हामी महिलाप्रति सम्मान तथा महिला हक–अधिकारप्रति वचनबद्ध छौँ भने† हामी उमेर र विचार दुवै हिसाबले युवा नेतृृत्व चाहन्छौँ भने† हामी साँचो अर्थमा परिवर्तन खोजिरहेका छौँ भने† यो प्रदेशसभालाई मर्यादित, निष्पक्ष र जवाफदेही, व्यवस्थित तथा जनताको प्रजातान्त्रिक प्रदेशसभा बनाउने पक्षमा छौँ भने नेमकिपाले अघि सारेको कामदार वर्गका प्रतिनिधि, महिला तथा युवाहरूका प्रतिनिधि सभामुख पदका उम्मेदवार सृजना सैँजुलाई एकमतले समर्थन गरौँ भन्ने प्रस्ताव यो गरिमामय सदनसमक्ष पेश गर्दछु ।
(बाग्मती प्रदेशसभाको सभामुख पदका निम्ति भएको निर्वाचनको क्रममा पुस २९ गते भएको तेस्रो बैठकमा नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले दिनुभएको मन्तव्य– सं)
Leave a Reply