के जागिर दिएर समाजवाद आउँछ ?
- जेष्ठ ११, २०८३
माक्र्सवाद–लेनिनवाद तथा माओ त्सेतुङ विचारधाराको रातो झन्डालाई अझ माथि उठाउन नेपाल मजदुर किसान पार्टीको २०३१ माघ ३१ गते स्थापना भएको हो । नेपाल कम्युनिस्ट पार्टीभित्र भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवाद नदेख्दा सोभियत संशोधनवादलाई स्वीकार्दा र कम्युनिस्ट पार्टीभित्र राजावादीहरू देखिएपछि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पार्टीभित्र सैद्धान्तिक सङ्घर्ष गरे । नेकपाभित्र संशोधनवादी, अवसरवादी र आत्मसमर्पणवादी प्रवृत्ति देखिन थालेको अवस्थामा नेकपाका तत्कालीन केन्द्रीय सदस्य रोहितले बाग्मती, नारायणी र जनकपुर अञ्चल इन्चार्जको नाताले पार्टी गतिविधि गरेका थिए । त्यस्तै भेरी र कर्णालीजस्ता कठिन भूभागमा पहिलोपल्ट नेमकिपाले कम्युनिस्ट आन्दोलनको बीउ रोपेको थियो ।
दुर्गम र अति विकट जिल्लामा नेमकिपाले जनतासमक्ष राजनीतिक चेतना फैलाउन सङ्घर्ष अघि बढायो । नेमकिपाले काठमाडौँ उपत्यका, चितवन, बारा, पर्सा, रौतहट, सिराहा, सप्तरी, सर्लाहीलगायतका जिल्ला तथा स्थानहरूमा किसान सङ्घर्ष अगाडि बढायो । यसरी कम्युनिस्ट आन्दोलन जनताको तल्लो वर्गसम्म पुग्यो । कम्युनिस्ट आन्दोलनलाई जनताको घर आँगनसम्म पु¥याउने काममा नेमकिपाको महत्र्वपूर्ण योगदान थियो । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याउने काम नेमकिपाले नै गरेको थियो ।
कम्युनिस्ट भनिने अन्य पार्टी कम्युनिस्ट पार्टीले देशको कम्युनिस्ट पार्टीलाई बलियो बनाउने, कम्युनिस्ट आन्दोलन अघि बढाउनुको सट्टा कम्युनिस्ट पार्टी फुटाउने, खुट्टा तान्ने, सङ्गठन भाँड्ने, झूटको खेती गर्ने, आश्वासन र लोभलालच बाँड्ने, पार्टीभित्र जोकोही आए पनि भित्र्याउने काम गर्न थाल्यो । यसरी रातो झन्डाको विरोधमा रातो झन्डा उठाउने गैरकम्युनिस्ट चरित्रको विरोध गर्ने र त्यो कुरा जनतामाझ पु¥याउने काम नेमकिपाले ग¥यो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको उत्ताउलोपन, बडाराष्ट्र अहङ्कारवादको विरोधमा नेमकिपाले सङ्घर्ष जारी गरिरह्यो ।
विसं २०२५ सालमा भारतीय विस्तारवादबाट नवलपरासीको सुस्तामा भएको भूमि अतिक्रमणविरूद्ध सबभन्दा पहिले विरोध गर्ने दल नेमकिपा हो । नेमकिपाले भियतनाममाथि साम्राज्यवादी देश अमेरिकाले हमला गर्दा नेमकिपाले पहिलो विरोध जुलुस र प्रदर्शन गरेको थियो । भारतीय एकाधिकार पुँजीका कुकृत्य एवं मिचाहा प्रवृत्तिको निरन्तर विरोध गरिरहने दल नेमकिपा नै हो । भारतीय एकाधिकार पुँजीबाट नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप हुँदा नेमकिपा कहिल्यै मौन रहेन । यस्ता कुनै पनि हस्तक्षेप, दबाब, अतिक्रमण आदिको विरोध गर्न नेमकिपा कहिल्यै पछि परेन । भारतीय एकाधिकार पुँजीबाट नेपालको आन्तरिक राजनीतिमा भइरहेको हस्तक्षेपको विरोधमा नेमकिपा कहिल्यै चुकेन । दिल्लीमा भएको १२ बुँदे सम्झौता, एक मधेस एक प्रदेशको धारणाको विरोध गर्ने र जनताबारे ससूचित पार्ने दल नेमकिपा हो । यसले थाहा हुन्छ, नेमकिपाले देश र जनताको हितमा, देश र जनतालाई दूरगामी असर पार्ने काममा नेमकिपा सचेत छ । यस अर्थमा देश र जनताको लागि नेमकिपा आवश्यक छ ।
Leave a Reply