भर्खरै :

भक्तपुर बुक क्लवलाई धन्यवाद !

भक्तपुर बुक क्लवलाई धन्यवाद !

भक्तपुर बुक क्लवद्वारा आयोजित तीनदिने स्टुडेन्टस् बुक फेयर शनिबार सम्पन्न भयो । यो पुस्तक मेला पुस्तक प्रदर्शनीको ठूलो उत्सव नै हो । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनीको आयोजना गरिएको हो । शिक्षक, प्राध्यापक, लेखकहरूको ज्ञान अभिवृद्धि गर्न, ताजा ज्ञान थप्न पुस्तक मेलाले सहयोग गरेको देखिन्छ । स–साना भाइ बहिनीहरूदेखि देशका राजनीतिज्ञ, समालोचक, लेखक, अन्वेषक, प्राध्यापक, शिक्षक, बुद्धिजीवीहरूको निम्ति पनि उपयुक्त पुस्तकहरू मेलामा पाइन्छ ।
शैक्षिक प्रदर्शनीको व्यवस्थापन व्यवस्थित नै रह्यो । शैक्षिक प्रदर्शनीमा सहभागी ग्राहकहरूको लागि अरु थप ज्ञानबद्र्धक कार्यक्रम पनि भक्तपुर बुक क्लवले गरेको छ । मेलामा भएको साहित्य वाचन कार्यक्रमले साहित्यकार, साहित्यप्रेमी र साहित्य लेख्न भर्खर कलम चलाउने भाइबहिनीहरूको लागि साहित्य लेख्नुपर्छ भन्ने ज्ञान छ¥यो । यसले भाइबहिनीहरूको मनोबल बढायो । डा.अरुणा उप्रेतीको अन्तरसंवाद कार्यक्रममा व्यक्त विचार बच्चादेखि वृद्धासम्मको लागि काम लाग्यो । कतिपय बजारिया खाजा कतै रोगको पोको त होइन भन्ने खबरदारी गराइयो । यसरी पुस्तक प्रदर्शनीबाहेक राखिएको अन्य कार्यक्रमले त्यहाँ पुग्ने जोकोही व्यक्तिहरू उत्साहित र खुसी भएका छन् तीतो मुख लाएर फकुर्नपर्ने स्थिति देखिँदैन ।
शैक्षिक प्रदर्शनी आफै भव्य छ । पुस्तक प्रदर्शनीको स्टलमा विभिन्न विषयका हजारौँ पुस्तकहरू छन् । सबै स्टलमा रहेका पुस्तकहरू महत्वपूर्ण छन् । पुस्तकहरू किन्नौँ किन्नौँ जस्तो लाग्छ । माहेश्वरी बैङ्क्वेटमा भएको सो प्रदर्शनीका पुस्तकहरू जति हेरे पनि पुग्दैन । प्रदर्शनीमा दर्जनभन्दा बढी विभिन्न पुस्तकका स्टलहरू छन् । नेपालभाषाको कुत पिकाक, इन्डिगो इन्क प्रकाशन, भेट्रान क्यारिअर एकेडेमी बागबजार, स्वदेश प्रकाशन प्रालि काठमाडौँ, मञ्जरी प्रकाशन पुतलीसडक, कथालय इन्क, जनप्रकाशन गृह, एकता बुक्स प्रालि, थापाथली पुस्तक प्रदर्शनीमा रहेका स्टलहरू हुन् । कोपिला किताब थापागाउँ, रत्न नेपालय बुक हिल, साझा प्रकाशन पुल्चोक, पाँचपोखरी बुक स्टोर न्युरोड, दो बिल्ला बुक्स इन्टरप्राइजेज ज्याथा, हेल्थ एन्ड एजुकेसन स्पोर्ट ग्रुप, करुणा बौद्ध केन्द्र र श्रीयन्त्र आदि उक्त मेलामा रहेका प्रदर्शनीका स्टलहरू हुन् । हस्तलेखन सूत्र प्रदर्शनी, फेस पेन्टिङ, हस्तकला, कपडाका थैली, नोटबुक, कागजी हस्तकला पनि स्टलमा रहेका छन् ।
एउटै मेला या प्रदर्शनीमा पुस्तकहरू पाउँदा हेर्न, पढ्न र आवश्यकताअनुसार पुस्तक किन्न सजिलो हुन्छ । पठन संस्कृतिमा टेवा पु¥याउने, विभिन्न थरीका पुस्तकहरू आफ्नै घर आँगनमा हेर्न, पढ्न र किन्ने व्यवस्था गर्ने भक्तपुर बुक क्लव, क्लवका सपरिवार पुस्तक प्रदर्शनीमा सहयोग गर्ने र स्टल राख्ने सबै सङ्घसंस्थाहरूमा हार्दिक धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *