भर्खरै :

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष भक्तपुर नपामा

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष भक्तपुर नपामा

भक्तपुर, १३ माघ । भक्तपुर नगरपालिकाका कार्यवाहक प्रमुख रजनी जोशीसँग खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुका अध्यक्ष मिङ्मा छिरीं शेर्पासहित १८ जनाको टोलीले भेट ग¥यो । भेटमा कार्यबाहक प्रमुख जोशीले भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको ८ वटा शैक्षिक संस्थाहरूमार्पmत देशभरिका ७ हजारभन्दा बढी विद्यार्थीहरूले उच्च शिक्षा अध्ययन गरिरहेको जानकारी दिँदै शिशुस्याहारदेखि स्नातकोत्तर तहसम्म अध्ययन गराउने भनपा देशको एकमात्र स्थानीय तह भएको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गरी दैनिक ७०० जनाभन्दा बढी बिरामीहरूलाई सेवा प्रदान गर्दै आएको र नगरका १० वटै वडामा घरदैलोे नर्सिङ सेवासहित नपाद्वारा सञ्चालित ३ वटा नगर स्वास्थ्य केन्द्रहरूबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । उहाँले प्रत्येक वडामा निःशुल्क व्यायामशाला सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
भनपाले सम्पदा संरक्षण र विकास निर्माणसम्बन्धी कार्यहरू उपभोक्ता समितिमार्फत भइरहेको बताउँदै उहाँले जनश्रमदानमार्फत गुणस्तरीय निर्माण भइरहेको र निर्माणपश्चात् अपनत्व बढाउन मद्दत मिलेको बताउनुभयो । भक्तपुर नपाले सञ्चालन गरिरहेको शैक्षिक संस्थानहरूमा वर्षको ३ करोडभन्दा बढीको छात्रवृत्ति तथा इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा र संस्कृति विषय अध्ययन गर्नेलाई जुनसुकै कलेजमा पढे पनि छात्रवृत्ति र नगरवासी विद्यार्थीहरूलाई ५ लाखसम्मको शैक्षिक ऋण प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष शेर्पाले खुम्बु पासाङल्हामु गाउँपालिका पर्यटनमा निर्भर रहेको बताउँदै भक्तपुर नगरपालिका धेरै कुरामा उदाहरणीय रहेको र यहाँबाट सिकेका कुराहरू गाउँपालिकामा लागू गर्न सकिने बताउनुभयो । उहाँले खुम्बु पासाङ गाउँपालिका र भक्तपुर नपाबिच पर्यटन क्षेत्रमा समानता रहेको हुँदा दुई पालिकाबिच सम्बन्ध र समन्वयबाट अनुभव आदानप्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हामु शेर्पा, भनपाका वडाध्यक्षहरू रवीन्द्र ज्याख्व र योगेन्द्रमान बिजुक्छेँ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, खुम्बु पासाङ ल्हामु गापाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईंलगायतको उपस्थिति थियो ।
भेटमा कार्यवाहक प्रमुख जोशीले अध्यक्ष शेर्पालाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र भनपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो भने सोपश्चात् टोलीले भक्तपुर दरबार क्षेत्र र टौमढी क्षेत्रको अवलोकन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *