यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, १५ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ पार्टी स्थापना दिवसको अवसरमा नेमकिपा कीर्तिपुर नगर समितिको आयोजनामा आइतबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले संसारका कम्युनिस्ट र मजदुर वर्गको आन्दोलन र सङ्घर्षलाई समर्थन र ऐक्यबद्धता जनाउने नेमकिपा सर्वहारा अन्तर्राष्ट्रयवादी पार्टी भएको बताउनुभयो ।
कार्यकर्ताहरू अनुशासित हुनुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले पार्टी प्रकाशनलगायत ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक नियमितरूपमा अध्ययन गरी छलफल चलाउनुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टी स्थापना दिवस पार्टीको नीति तथा कार्यक्रमबारे जनतालाई जानकारी दिने उद्देश्यले मनाइरहेको बताउनुभयो ।
नेपाल इन्जिनियरिङ समाजका अध्यक्ष रवीन्द्र फोजूले नेपालको कम्युनिस्ट आन्दोलनलाई नेमकिपाले सही दिशा निर्देश गरिरहेको बताउनुभयो ।
निर्वाचनमा जित्नुभन्दा जनतालाई राजनीतिकरूपमा सचेत पार्ने अभियानका साथ नेमकिपाले निर्वाचनलाई उपयोग गर्दै आइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा हरिकुमार महर्जन, मुनषा रञ्जितकार, कान्छाबाबु महर्जनलगायतले बोल्नुभएको थियो ।
कानुनी प्रशिक्षण तथा अन्तरक्रिया
त्यस्तै नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा चाँगुनारायण नगरपालिका वडा नं. ५ मा कानुनी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले नेमकिपा कामदार वर्गको पार्टी भएको स्पष्ट पार्दै संसारका कम्युनिस्ट र मजदुर वर्गको आन्दोलन र सङ्घर्षलाई समर्थन र ऐक्यबद्धता जनाउने नेमकिपा सर्वहारा अन्तर्राष्ट्रयवादी पार्टी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिस्टहरू देशभक्त हुन्छन् । विस्तारवाद र साम्राज्यवादको विरोध नगर्नेहरू कम्युनिस्ट हुनेछैनन् । भारतले बङ्गलादेशमा सेना पठाएको, सिक्किमको अस्तित्व समाप्त पारी भारतमा गाभेको, गोर्खा भर्तीमार्फत नेपाली युवालाई भाडाको सिपाही बनाएको, सन् १९५० को सन्धिमार्फत नेपाललाई भारतको सुरक्षा छातामा राखेको, नेपाली भूमि कालापानीमा भारतीय सेना राखेको, नेपालको ७१ भन्दा बढी ठाउँमा नेपाली भूमि अतिक्रमण गरेको आदि विस्तारवादको उदाहरण हो ।”
संरा अमेरिकाले सन् १९७८ यता संसारका ५०० भन्दा बढी ठाउँमा सैनिक विद्रोह, हस्तक्षेप र आक्रमण गरेको साम्राज्यवादको उदाहरण हो । साम्राज्यवाद रहेसम्म संसारमा अशान्ति, हिंसा र युद्ध भइरहनेछ, उहाँले भन्नुभयो ।
सचिव सुवालले पार्टीका कार्यकर्ताहरू सम्पूर्ण मजदुर, किसान र युवा–विद्यार्थीहरूलाई नेमकिपाको सिद्धान्त बताएर सङ्गठनमा आबद्ध गर्नु जरूरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुरका जिल्ला उपाध्यक्ष न्हुछेभक्त फोँजूले पार्टीको सिद्धान्त परिपालना गरी देश र जनताको हितमा लाग्ने सच्चा कार्यकर्ता देशभक्त हुने बताउनुभयो ।
इन्जिनियरिङ समाजका अध्यक्ष रवीन्द्र फोँजूले पार्टी स्थापनाका आधारहरूबारे चर्चा गर्दै नेमकिपाले देश र जनताको लागि पु¥याएको योगदानबारे प्रस्ट पार्नुभयो ।
पार्टीको सातौँ महाधिवेशबाट पारित दस्तावेजबारेको अन्तरक्रिया कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतू, गणेशलाल फोँजू, सूर्यबहादुर फोँजू, श्रीकृष्ण थापा र युवराज बयलकोटीले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व आयोजक समितिका अध्यक्ष रत्नबहादुर ह्यौँमिखाले गर्नुभएको थियो ।
Leave a Reply