तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
बाँके, १७ माघ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपा बाँकेको दोस्रो जिल्ला परिषद् र प्रशिक्षण कार्यक्रमको मङ्गलबार उद्घाटन गर्नुभयो ।
नेमकिपाको ४९ औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त प्रशिक्षण कार्यक्रममा उहाँले समाजवादी क्रान्तिको लागि उपयुक्त वातावरण तयारी गर्न नेमकिपाले निर्वाचनलाई उपयोग गर्दै आएको बताउँदै साम्यवादी समाज स्थापना गर्नु पार्टीको मुख्य उद्देश्य भएको बताउनुभयो ।
समाजवादी व्यवस्थाका विशेषताबारे प्रस्ट पार्दै उहाँले समाजवादी व्यवस्था कामदार जनताको प्रजातन्त्र हो भन्नुभयो ।
सबै कुरामा भारतनिर्भर भएको नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न हुन नसक्ने बताउँदै उहाँले भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवादी नीति नेपाली जनताको मुख्य शत्रु भएको बताउनुभयो ।
वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादको विरुद्ध नेमकिपाले निरन्तर सङ्घर्ष गर्दै आएको बताउँदै उहाँले हामीले क्षणिक फाइदाको निम्ति विदेशी शक्तिसामु झुक्ने काम गर्न नहुने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका संयोजक नवराज कोइरालाले पुँजीवादी पार्टीको विकल्पको रूपमा नेमकिपाले सशक्त ढङ्गले राजनीतिक गतिविधि गर्दै आएको प्रस्ट पार्दै कामदार जनतालाई सचेत र सङ्गठित गर्दै देशमा समाजवादी व्यवस्था स्थापना गर्ने पार्टीको महत्वपूर्ण उद्देश्य भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा बाँके जिल्ला समितिका अध्यक्ष बखत थापाले सङ्गठन विस्तारका लागि योजनाबद्ध ढङ्गले पार्टीको कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउँदै नेमकिपाले निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्दै आएको बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले विद्यार्थीहरूलाई साङ्गठिक गतिविधिमा क्रियाशील बनाउन अभिभावकहरूको भूमिका महत्वपूर्ण भएको बताउँदै समाजवादी शिक्षाबाट उनीहरूलाई प्रशिक्षित गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा नेमकिपा बाँके जिल्ला समितिका सदस्य मोहनलाल थापा, नेमकिपा बाँके सचिव नविनकुमार शाही, नेक्रामहिला सङ्घ बाँकेका अध्यक्ष कोकिला शाहीले पनि बोल्नुभएको थियो ।
Leave a Reply