विश्वभरका लाखौँ मानिससँगै म पनि स्पेनी बनेँ !
- श्रावण ५, २०८३
मध्यपुर, २० माघ । संस्थागत विद्यालय सङ्घ (इसान) को भक्तपुर जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भयो ।
शुक्रबार आयोजित उद्घाटन सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले संस्थागत विद्यालयहरू सामुदायिक विद्यालयसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने भनाइ राख्नुभयो । उहाँले संस्थागत विद्यालयहरूले आफ्नो समुदायका कुनै पनि विद्यालयमा पढ्ने विद्यार्थीलाई लेखपढ तथा खेलकुद गतिविधिमा सहयोग पु¥याउन सक्ने भन्दै विद्यार्थीलाई सामाजिक गतिविधिमा आबद्ध गर्नुपर्ने विचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले विद्यालयहरूले विद्यार्थीमा अतिरिक्त पुस्तक पढ्ने संस्कृतिको विकास गर्न सहयोग गर्नुपर्ने भन्दै अभिभावक शिक्षा कार्यक्रमले शिक्षाको विकासमा सकारात्मक भूमिका रहने तर्क राख्नुभयो । शिक्षकलाई बालबालिकाको मानसिक स्वास्थ्यको निम्ति मनोपरामर्शको तालिम आवश्यक भइसकेको उहाँको भनाइ थियो । विद्यार्थीलाई विदेशमुखी हुन रोक्नु हतार भइसकेको भन्दै केन्द्रीय सदस्य गोसाईले भारतीयले नेपाली श्रमबजार कब्जा गरेको भनाइ राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले देशको शिक्षाको स्तर कमजोर हुनुमा असफल शिक्षा नीति भएको विचार राख्नुभयो । उहाँले शिक्षकको अध्ययन तथा सक्रियताले पनि शिक्षाको विकासमा सहयोग गर्ने भन्दै पुस्तक पढेर कक्षा लिने तरिका कमजोर शिक्षण विधि भएको चर्चा गर्नुभयो ।
इसानकाकेन्द्रीय अध्यक्ष प्रेमजन थापाश्रेष्ठले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिमा विभेद गरिएको भन्दै संस्थागत विद्यालयलाई पनि विद्यार्थी अनुपातको आधारमा राज्यले अनुदान दिनुपर्ने तर्क राख्नुभयो ।
इसानका सल्लाहकार आशाकुमार चिकबञ्जारले इसानले ससाना तथा सामान्य नागरिकका सन्तान पढ्ने विद्यालयलाई सङ्गठित गरेको भन्दै इसानले शैक्षिक उन्नतिको निम्ति काम गरेको भनाइ राख्नुभयो ।
सभापतिको आसनबाट इसान, भक्तपुर जिल्ला अध्यक्ष पुरुषोत्तम ग्वाछाले संस्थागत विद्यालयहरूले सरकारको शिक्षाको जिम्मेवारी पूरा गर्न सहयोग पु¥याएको भनाइ राख्नुभयो ।
कार्यक्रममा इसानका केन्द्रीय सदस्य कर्णबहादुर प्रजापतिले पनि आफ्नो विचार राख्नुभएको थियो ।
अधिवेशनबाट कृष्णराम त्वानावासुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
Leave a Reply