भर्खरै :

वागीश्वरीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शनी

वागीश्वरीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शनी

भक्तपुर, २० माघ । वागीश्वरी माध्यमिक विद्यालयको वार्षिक शैक्षिक अतिरिक्त कार्यतालिकाअनुसार शुक्रबार तुमचो ब्लकमा वेस्ट टु बेस्ट थिम
(Waste to Best Theme) मा आधारित आधारभूत तह विद्यालयस्तरीय आन्तरिक विज्ञान शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न भयो ।
भोल्क्यानो ज्वालामुखीमा केमिकल हालेर रियाक्ट गरी उद्घाटन गरिएको प्रदर्शनी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थी भाइबहिनीहरूले किताबबाट सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्छ भन्नुभयो ।
उहाँले विज्ञान प्रदर्शनीले विद्यार्थी भाइबहिनीहरूलाई आफूले पाएको विज्ञानसम्बन्धी ज्ञानलाई प्रयोगमा ल्याएर परीक्षण गर्ने र प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ भन्नुभयो । विज्ञान प्रदर्शनीको तयारीमा जुट्नुभएका विज्ञान शिक्षक टीम र विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद दिन्छु, उहाँले भन्नुभयो ।
विज्ञान शैक्षिक सामग्री प्रदर्शनी व्यवस्थापन संयोजक एवं शिक्षक बालगोपाल श्रेष्ठले स्वागत गर्नुभएको सो कार्यक्रममा शिक्षक अमरदली श्रेष्ठले पनि बोल्नुभएको थियो । उक्त प्रदर्शनीमा सोलार सिस्टम, भोल्क्यानो, हाइड्रोलिक प्रेसर डोजर, अक्सिजन, ग्यास, भ्याकुम क्लिनर सिस्टम, वाटर पम्प, इको सिस्टम, पोलुसन कन्ट्रोल सिस्टम, स्वाइल प्रोफाइल, लाइफाइ सिस्टमलगायत ३७ वटा स्टलहरू प्रदर्शनीमा राखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *