मुद्रास्फीति पुँजीवादी अर्थतन्त्रको महारोग
- श्रावण ५, २०८३
भक्तपुर, २० माघ । नेपाल क्रान्तिकारी किसान सङ्घको आठौँ भक्तपुर जिल्ला सम्मेलनको शुक्रबार नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मध्यपुर थिमिको बोडेमा आयोजित एक समारोहबिच उद्घाटन गर्नुभयो ।
सचिव सुवालले जोत्ने किसानलाई जमिन वितरण हुनुपर्ने नेपालको क्रान्तिकारी किसान आन्दोलनको माग रहँदै आएको चर्चा गर्दै बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, धनुषाको किसान आन्दोलनको माग नयाँ संविधानले पनि पूरा नगरेको र यसतर्फ शासक दलका नेताहरूको ध्यान नगएको उल्लेख गर्नुभयो ।
देशको सन्तुलित विकास गर्नुपर्ने र काठमाडौँ उपत्यकामा पनि खेतीयोग्य जग्गा आवश्यक भएको उल्लेख गर्दै उहाँले जिल्ला जिल्लाबाट काठमाडौँमा घर बनाई यहीँ केन्द्रित हुने शासक दलका नेताहरूको प्रवृत्तिले काठमाडौँ उपत्यका कङ्क्रिटको जङ्गलमा परिणत भइरहेको हुँदा सांसद र मन्त्रीलाई आफ्नै निर्वाचन क्षेत्रमा बसोबास गराउने कानुन जरुरी भएको उल्लेख गर्नुभयो ।
पुँजीवादी प्रजातन्त्रमा केही व्यक्तिको मात्र हित हुने चर्चा गर्दै सांसद सुवालले अहिले बैङ्कहरूबाट प्रवाह भएको खर्बौँ रकम कर्जा एकसय परिवारको वरिपरि भएको र उनीहरूलाई घाटामा गएको बहानामा अर्बौँ रुपैयाँ सावाँब्याज मिनाहासमेत गरिएको बताउनुभयो ।
नेपाललाई भारतीय सुरक्षा छाताभित्र राख्ने सन् १९५० के सन्धिले भारतीय एकाधिकार पुँजीको सेवा गरेको स्पष्ट पार्दै उहाँले सो सन्धि र नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्तीकेन्द्र खारेज गराउनु जरुरी भएको उल्लेख गर्नुभयो ।
उहाँले युवाहरूलाई स्वदेशमै रोजगार दिनुपर्ने र देशको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
एमसीसी सम्झौताले नेपालमा अमेरिकी कानुन लागू हुने तथा नेपाल–भारत र अमेरिकाको नवउपनिवेश नेपाल हुने र एसपीपी साझेदारीअनुसार अमेरिकी सेनाले नेपालको सैनिक व्यारेक कब्जा गर्ने हुँदा यी दुवै खारेज गराउनु जरुरी भएको तर्फ सांसद सुवालले जोड दिनुभयो ।
उहाँले जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने, एनआरएनलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने र विदेशी पुँजी ल्याउने नाममा नेपालको राष्ट्रिय पुँजी समाप्त हुने नागरिकता विधेयक स्वीकार गर्न नहुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले प्रतिनिधिसभाजस्तै बाग्मती प्रदेशसभामा पनि प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताउँदै अरू सबै दलहरू सरकारको समर्थनमा गएको अवस्थामा नेमकिपा नै प्रमुख प्रतिपक्ष भएको स्पष्ट पार्नुभयो ।
प्रजातन्त्रको अर्थ बहुसङ्ख्यक कामदार वर्गका जनताको हकहित सुनिश्चित हुनुपर्ने हो भन्दै उहाँले अहिलेको प्रजातन्त्र पुँजीपति र प्रतिक्रियावादी वर्गको प्रजातन्त्र साबित भइरहेको छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेपालमा कृषि क्षेत्रको विकासको निम्ति आवश्यक पूर्वाधारको विकासमा र भएका कृषि विश्वविद्यालय तथा कृषि प्रयोगशालाहरूको समुचित उपयोगमा सरकारले ध्यान नदिइरहेको बताउनुभयो ।
उहाँले खेतमा उत्पादनको कार्य गर्ने किसानहरूसित जग्गाको स्वामित्व नहुनु, कृषि सामग्री उद्योगहरू नहुनु, रासायनिक मल कारखाना सञ्चालन नहुनु र स्वदेशी उत्पादनले प्राथमिकता नपाउनु उत्पादकत्व वृद्धिमा बाधा रहेको प्रस्ट पार्दै बिचौलियाका कारण कमिसन र उपभोक्ता दुवै मारमा परिरहेका छन् भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले कृषि उत्पादनमा आत्मनिर्भर नभइकन कुनै पनि देश आत्मनिर्भर बन्न नसक्ने चर्चा गर्दै कृषिप्रधान देश नेपालमा किसानहरूले रक्तआँसु बगाउन बाध्य भइरहेको बताउनुभयो ।
उहाँले चीन र भारतका किसानहरूको अवस्थाको तुलना गर्दै चिनियाँ किसानहरू समृद्धितिर अगाडि बढ्नु र भारतीय किसानहरू कर्जामा डुब्दै आत्महत्या गर्न बाध्य हुनुमा समाजवादी र पुँजीवादी व्यवस्थाबिचको भिन्नता नै मुख्य कारक रहेको बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले वास्तविक किसानहरूको अवस्थामा सुधार ल्याउनका लागि क्रान्तिकारी भूमिसुधार लागू गर्नुका साथै सरकारले धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष तथा आठौँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका संयोजक गोविन्द दुवालले पुराना पुस्ताका किसान कार्यकर्ताहरूको सङ्घर्ष र उपलब्धिबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्ने र किसान आन्दोलनलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घ काठमाडौँ जिल्ला समितिका अध्यक्ष हरिशरण श्रेष्ठ र नेक्राकिसङ्घ ललितपुर जिल्ला समितिका अध्यक्ष कवीन्द्र डंगोलले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो भने सम्मेलन तयारी समितिका सहसंयोजक केशवप्रसाद तिमिल्सेना, सचिव सूर्यबहादुर फोँजू र सदस्य रमेश वैद्यले पनि बोल्नुभएको थियो ।
उद्घाटन समारोहपूर्व मध्यपुरको नयाँ थिमि चोकबाट विभिन्न क्रान्तिकारी नाराका साथ सुरु भएको उद्घाटन ¥याली नगर परिक्रमा गरी सम्मेलनस्थल पुगेको थियो ।
Leave a Reply