भर्खरै :

बत्तीमुनि अँध्यारो !

  • माघ २६, २०७९
  • जनचासो राख्ने एक नागरिक
  • विचार
बत्तीमुनि अँध्यारो !

‘बत्तीमुनि अँध्यारो’ भन्ने उखान नेपाली भाषामा प्रचलित छ । देशविदेशको मात्रै कुरा गरेर आफ्नै गाउँका विद्यालय, कलेज र अस्पतालमा भइरहेको अनियमितता नदेख्नु बुद्धिमानी होइन । आफ्नै नाता वा आफ्नै मानिस भए हरेक अनियमिततालाई माफ दिनु राम्रो कार्यकुशलता होइन । ‘चिल आयो चिल आयो’ भनेर सबै ध्यान आकाशतिर पठाइ आँगनको कुखुरा चोर्ने स्यालको चलाकी जनताले बुझ्दै छन् ।
विषयवस्तु राम्रो थाहै नभई कसैलाई उठाउनु र पछार्नु पूर्णरूपले हानिकारक हुनेछ । कसैको निजी औषधि पसलमा बसी एक जना बिरामी हेर्दा उठेको शुल्कको ५० प्रतिशत लिने र सरकारी वा सार्वजनिक अस्पतालमा १५ जनामात्रै बिरामी हेरेर महिनाको ५० हजारभन्दा बढी रकम हसुर्ने व्यक्ति के ‘जनताका डाक्टर’ हुनसक्लान् ? अस्थायी र ज्यालादारी हाकिमले अरूलाई स्थायी पद दिनु के कानुनसम्मत होला ? २०६३ सालदेखि ७८ सालसम्म घण्टाको हिसाबले पारिश्रमिक लिई तलबभन्दा बढी पारिश्रमिक दिनु र खानु कुन नियमले मिल्छ ?
दिनको चार जना रोगीको निम्ति ३ जना कर्मचारी र एक–एक मिनेटको हिसाब गरी ज्यालादारीभन्दा तलब बढी लिने कसरी ‘जनताका डाक्टर’ होलान् !?
त्यो कस्तो स्वास्थ्य केन्द्र वा अस्पताल हो, जहाँ सोडियम परीक्षण गर्ने मेसिन बिगँ्रदा हप्तौँसम्म मर्मत गरिँदैन । मेसिन बिग्रेको हो भने त्यसको तुरुन्तै ‘ब्याकअप’ अर्थात् उपाय निकाल्नु आवश्यक हुन्छ । सोडियमको कमी भयो भने रोगीको मृत्यु हुनसक्छ ।
ख्वप अस्पताल स्वास्थ्य केन्द्रकै सिलसिला हो । जुन, पुरानो प्रशासन, हेल्थ असिस्टेन्ट र कम्पाउन्डरबाट सुरु भएको थियो । अस्पताललाई आधुनिक सामान र चिकित्सकहरूले अगुवाइ गर्ने हुन् । यसकारण, पुरानो प्रशासन र काम नलाग्ने व्यक्तिहरू तत्काल फेर्नुपर्छ । पुरानो र खिइसकेको सामान फेरेन भने गाडी होस् वा कुनै मेसिनरी सामान राम्ररी चल्न सक्दैन । यसबारे जनप्रतिनिधिहरू गम्भीर हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *