भर्खरै :

नेमकिपा स्थापना दिवसको अवसरमा प्रवचन कार्यक्रम

नेमकिपा स्थापना दिवसको अवसरमा प्रवचन कार्यक्रम

भक्तपुर, २५ माघ । नेमकिपाको ४९ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भनपा ४ बोलाछेँ एकाइ समितिको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले पार्टीको तत्कालीन र दीर्घकालीन उद्देश्यबारे बताउँदै भ्रष्टाचारविरोधी आन्दोलन, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, साँढे धपाउने आन्दोलन, मोहीयानी हक सुरक्षित गर्ने सङ्घर्ष गर्दै आएको बताउनुभयो । मजदुर, किसान तथा सम्पूर्ण कामदार वर्गको न्यायको लागि सङ्घर्षरत नेमकिपाले देशका ठूलठूला कल कारखानाहरू राष्ट्रियकरण गर्न सशस्त्र क्रान्तिको आवश्यकता रहेको चर्चा गर्नुभयो ।
किसानलाई मलको बन्दोबस्त गर्नुपर्ने, उन्नत बीउबिजन उपलब्ध गराउनुपर्ने खाँचो आँैल्याउँदै उहाँले भागबन्डाको राजनीतिले समाजमा आमूल परिवर्तन ल्याउन नसकिने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष विष्णुराम दुमरुले पार्टी स्थापनाका आधारहरूबारे प्रस्ट पार्दै जलविद्युत् परियोजना भारतलाई दिने काम देशको हित विपरीत भएको तर्क गर्दै कम्युनिस्टको खोल ओढेर जनतालाई झुक्याउने शासक दलहरूले देशघाती सन्धि सम्झौता गर्दा नेमकिपाले सडक र सदनमा सङ्घर्ष गरेको बताउनुभयो । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद नेपाली जनताको शत्रु भएको पुष्टि गर्दै उहाँले वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादको कारण क्रान्ति अगाडि नबढेको उल्लेख गर्नुभयो ।
हरि सुवालले स्वदेशमै काम मामको ग्यारेन्टी गर्नुपर्ने, शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने, देशलाई आत्मनिर्भर बनाउन स्थानीय उत्पादनलाई प्रोत्साहन दिनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष पुरुषोत्तम जाकिबन्जारको सभापतित्वमा भएको उक्त कार्यक्रममा पञ्चरत्न सैंजूलगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *