नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
नेपालमा पीत पत्रकारिता चरमचुलीमा पुगिसकेको अवस्थामा पत्रकारिताभित्र विद्यमान कालो कर्तुत सतहमा आउनैपर्ने थियो, आयो, राम्रै भयो, चाहे जेसुकै कारण होस् । छ्यापछ्यापती रूपमा छरिएर रहेका नेपाली बुद्धिजीवी नामका पीत पत्रकारको भण्डाफोर कसै न कसैले गर्नैपथ्र्यो । अहिले आएर सर्पको खुट्टा सर्पले नै देख्छ भनेझैँ यिनीहरूबाटै एक आपसको भण्डाफोर भइरहेको छ । यो समयमा दलाल पत्रकार र तिनका मालिकलाई खरानी पानीमा बेस्सरी पकाएर मुङ्ग्रोले पिटीपिटी धोएको जस्तो भएको छ । स्वास्नी र नागरिकता फेरिरहने तर आफूलाई बुद्धसँग तुलना गर्ने कथित पत्रकार र अर्को पत्रकारको नाममा भारतीय एजेन्टको भूमिकामा रहेको दुई पक्षबिचको एकले अर्कोलाई पछार्ने गाईजात्राको भालु नाचले नेपाली जनतालाई पीत पत्रकारिताको वास्तविकतासँग साक्षात्कार हुने अवसर दिएको छ । अमेरिकाको इसारामा नाच्ने एक पत्रकारले अर्को पत्रकारलाई भारतीय एजेन्टको आरोप लगाउनु गालीगलौजमात्र होइन, पत्रकारिता जगतभित्रको ठूलो वास्तविकतालाई उजागर गरेको छ । त्यसको वास्तविकता नेपाल नाटोको सदस्य राष्ट्र भएपछि झनै नेपालीहरूले बुझ्नेछन् । देशको हितविपरित दूतावास धाउँदै केही रकम प्राप्त गर्ने पीत पत्रकारहरू धेरै छन् । रवि लामिछानेले आरोप लगाएका ऋषि धमलामाथि पनि छानबिन हुनुपर्छ । ऋषि धमलाले आफ्नो स्वास्नीलाई नागरिक उन्मुक्ति पार्टीमा पठाउनुको पछाडि ठूलै चलखेल हुनसक्छ ।
बाह्र भाइको पीत पत्रकारिताबाट जनताले मुक्तिको सास फेर्नुपर्छ । पत्रकारिताको आवरणभित्र लुट मच्चाएर देशलाई खोक्रो बनाउने बाह्र भाइले समय समयमा उठाउने भ्रष्टाचारको मुद्दा भनेको पैसाको मोलमोलाइ नमिलेसम्म हो । मिलेपछि कोही भ्रष्टाचारको पछि लाग्दैनन् । पत्रकारमात्र सुध्रिएका भए नेताले भ्रष्टाचार गर्नसक्ने सम्भावना धेरै कम हुने थियो तर श्रीखण्डलाई खुर्पाको बिँड बनाउने पीत पत्रकारिताले त राज्यको चौथो अङ्गलाई अङ्गभङ्ग नै बनाइसकेको छ । यस्ता पत्रकारहरूले देशको पत्रकारिताको केन्द्रमै राज गर्दा जनताले कुन समाचार सही वा गलत भनेर थाहा पाउन गाह्रो भएको छ ।
यो पछिल्लो विवादले दशकाँैदेखि राज्यको स्रोत दोहन गरेर देशका हरेक क्षेत्रहरू तहसनहस पार्ने हजारौँ पीत पत्रकारहरू नाङ्गेझार भएका छन् । अर्को कुरा गैरआवासीय नेपाली नागरिकलाई दिने सुविधाबाट उत्पन्न हुनसक्ने समस्याबारे नेपाल मजदुर किसान पार्टीले पटकपटक ध्यान आकर्षित गराउँदै आएको सर्वविदित्तै छ । अहिले सतहमा आएपछि चेत खुलेको हुनुपर्छ । रवि लामिछाने घटनाबाट पाठ सिकेर महेश आचार्य, सुजाता कोइराला, मिनेन्द्र रिजाल र सीपी गजुरेलजस्ता नेपाली राजनीतिमा कुनै न कुनै भूमिकामा रहेका थुप्रै विदेशी नेपालीमाथि छानबिन गर्नुपर्छ । नेपालमा दोहोरो नागरिकता र पासपोर्ट लिने धेरै नेता र कर्मचारी पनि छन् । सबैको छानबिन गर्नुपर्ने यो पछिल्लो घटनाले पुष्टि गरेको छ ।
यहाँ पत्रकारहरूमात्र होइन नेताहरू पनि यसरी नै एकआपसमा हिलो छ्यापाछ्याप गर्छन् । बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्दा “यो देशको साँचो त विदेशीहरूको हातमा हुँदोरहेछ” भने । केपी ओलीले पनि प्रधानमन्त्री पद त्याग्नुपर्दा “मलाई भारतले प्रधानमन्त्री पदबाट हटायो” भने । प्रचण्डले पनि प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्दा विदेशी मालिकसँग वार्ता गर्ने कुरा गरेका थिए । अर्को एउटा प्रसङ्गमा पनि भारतलाई ‘कम्फरटेबल’ (सहज) हुने सरकारको बारेमा कुरा गरेका थिए । रवि लामिछानेले गृहमन्त्रीबाट हात धुनु पर्दा हिन्दी भाषामा नै मोदीजी भन्दै बर्बराउन थालेपछि यी सबै विदेशी दलाल हुन् भन्नेमा नेपाली जनताले फेरि शङ्का गर्नुपर्ला र ?
के हो पीत पत्रकारिता ?
पीत पत्रकारिताले सनसनीपूर्ण, बढाइचढाइ, अतिरञ्जित र भ्रामक शीर्षकहरूद्वारा चित्रण गरिने पत्रकारिताको प्रकारलाई बुझाउँछ । पत्रकारिताको यो शैली १९ औँ शताब्दीको उत्तराद्र्धमा चर्चित थियो । यसलाई ‘पहेँलो बच्चा’ को नाममा राखिएको थियो । प्रायः पहेँलो मसीले अतिरञ्जित तरिकाले लेखिएको हास्य सचित्र ९ऋयmष्अक० त्यस समय साह्रै लोकप्रिय थियो । यहीँबाट पीत पत्रकारिता शब्दको उत्पति भएको थियो । अखबारका मालिकहरूले ग्राहक सङ्ख्या बढाउन र पाठकहरूलाई आकर्षित गर्न पीत पत्रकारिता गर्ने गर्दछ । तर, यो प्रायः गलत वा भ्रामक जानकारी हुने गर्छ । पीत पत्रकारहरूद्वारा उत्पादित सनसनीपूर्ण हेडलाइनहरू र कथाहरूले प्रायः अपराध, घोटाला र द्वन्द्वलाई सनसनीपूर्ण बनाउँछन् । अखबारहरूले ताजा घटना रिपोर्ट गर्ने पहिलो बन्ने हतारमा पीत पत्रकारिताको अभ्यास स्पेन–अमेरिका युद्धको समयमा चरम सीमामा पुगेको थियो । सटीकत र सत्त्न्दा सनसनीलाई प्राथमिकता दिने पत्रकारितालाई आलोचना गर्न यो शब्द प्रयोग गर्ने गरिन्छ ।
यस्ता पीत पत्रकारितालाई निर्मूल गर्ने प्रमुख माध्यम भनेको जनताको चेतनास्तर नै हो । नाटकीय र भ्रामक समाचार एवं लेखलाई बहिष्कार गरेर जनताले पीत पत्रकारिताको प्रभावलाई धेरै हदसम्म कम गर्न सकिन्छ । समाचार संस्थाहरूको वित्तीय स्रोतहरू र सम्पादन प्रक्रियाहरूको बारेमा पारदर्शी बनाउन बाध्य पार्ने कानुन हुनुपर्छ । यसले जवाफदेहितालाई बढावा दिन्छ र सार्वजनिक विश्वासलाई बलियो बनाउन मद्दत गर्दछ । सरकारले समाचार संस्थाहरूलाई अनुदान र अन्य प्रकारका आर्थिक सहयोग उपलब्ध गराउँदा यस कुरालाई ध्यान दिनुपर्छ ।
हाम्रोजस्तो गरिब राष्ट्रमा विभिन्न कारणले पीत पत्रकारिता मौलाएको छ । पत्रकारितामा भ्रष्टाचारको सबैभन्दा ठूलो कारण सरकारी नियमन खुकुलो हुनु हो । अर्को कारण आर्थिक हो । कम पारिश्रमिक र प्रतिकूल कार्य परिस्थितिका कारण पत्रकारहरू घूस लिन वा अन्य प्रकारका भ्रष्टाचारमा संलग्न हुन्छन् । पत्रकारितामा हुने भ्रष्टाचार पनि राजनीतिक प्रभावको परिणाम हो । कमजोर लोकतान्त्रिक संस्था भएका देशमा पत्रकारहरू शक्तिशाली नेताहरूको अनुकूल सामग्री प्रकाशित गर्न दबाबमा पर्छन् । कतिपय अवस्थामा पत्रकारहरूले उचित तालिम नपाएका वा व्यावसायिक नैतिकताका नियमहरू पालना नगरेका हुन्छन् । कतिसम्म भने पत्रिका बेच्ने एकजना ‘हकर’ कालान्तरमा आफै पत्रिकाको सम्पादक भएको उदाहरण हाम्रो देशमा पाइन्छ ।
यदि पत्रकार इमानदार हुने हो भने पत्रकारिताबाट समाजमा हुने लाभ धेरै छन् । गलत काम, भ्रष्टाचार र अन्य प्रकारका शक्तिको दुरूपयोगलाई उजागर गर्न सकिन्छ । पत्रकारिताले महत्वपूर्ण मुद्दाहरूमा सार्वजनिक बहस गराउन सकिन्छ । पत्रकारिताले मुख्यधाराको मिडियाबाट बारम्बार सीमान्तकृत विचारलाई सतहमा ल्याएर विविधता र समावेशिता प्रवद्र्धन गर्न मद्दत गर्न सक्छ । पत्रकारिताले सामाजिक चुनौतीतिर ध्यानाकर्षण गराई सामाजिक परिवर्तन र उन्नतिको लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर, विदेशीको जुठो खान पल्केका पीत पत्रकारहरूबाट सत्य बोल्छन् भनेर आशा गर्नु बालुवा निचोरेर पानी निकाल्नुजस्तै हो । अर्कोतिर जनतालाई साथ दिने पत्रकारलाई जनताले पनि जस्तोसुकै सङ्कटमा पनि छोड्नु हुँदैन । जनताको सपना बोकेर हिँडेका पत्रकारहरू चट्टानजस्तो भएर अगाडि बढ्न सक्छन् । हाम्रो देशमा औँलामा गन्न मिल्ने देशभक्त पत्रकारहरूमध्ये ‘मजदुर’ दैनिकजस्ता पत्रिकाका पत्रकारहरू पनि छन्, जनता त्यस्ता पत्रकारको पक्षमा सधैँ उभिनुपर्छ ।
Leave a Reply