भर्खरै :

बङ्गलादेशको राजनीतिक परिस्थितिको सङ्क्षिप्त प्रतिवेदन

बङ्गलादेशको राजनीतिक परिस्थितिको सङ्क्षिप्त प्रतिवेदन

(दक्षिण एसियामा एक देश नेपालका हामी नेपालीहरूले भारतबाहेक सार्क देशका अन्य मुलुकहरू पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स, भुटान र अफगानिस्तानबारे सा¥है कम जानकारी थाहा पाउँछन् । आवतजावत व्यापार, सञ्चारमाध्यम एवम् पत्रपत्रिकामार्फत जानकारी राख्ने समाचार पनि सा¥है कम प्राप्त हुन्छ । हाम्रा छिमेकी देशहरूबारे हाम्रा समाचार पत्रहरू एवम् अन्य प्रकाशनहरूले कम जानकारी दिन्छन् ।
केही दिन अगाडि श्रीलङ्काको राजधानी कोलोम्बोमा नेपाल, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्काका विदेश मन्त्रीहरूसँग भेटेर ‘दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कलाई सक्रिय बनाउने र सार्क मुलुकहरूमाझ आपसी छलफल, सहकार्य र सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेबारे कुराकानी हुँदै थियो ।
त्यसैबेला काठमाडौँमा सेन्टर फर डिप्लोम्यासी एन्ड डेभलप्मेन्ट (सीडीडी) ले शनिबारको दिन आयोजना गरेको प्रवचन कार्यक्रममा भारतीय कूटनीतिज्ञ प्रदिपकुमार कपुरले सार्क औचित्यहीन भएको बताए । उनले पाकिस्तानलाई इङ्गित गर्दै सार्कका सदस्य राष्ट्रले नै असहयोग गरिरहेको अवस्थामा सार्क अब अघि बढ्न नसक्ने भन्दै त्यसलाई रद्दीको टोकरीमा फ्याँक्नुपर्ने टिप्पणी गरे । (नेपाल समाचारपत्र– २३ माघ २०७९)–सं. ।)
शेख हसिना (Sheikh Hasina) को नेतृत्वमा बितेको तेह्र वर्षदेखि (२००९–२०२१) सम्म बङ्गलादेशमा ‘बङ्गलादेश अवामी लीग’ (The Bangladesh Awami League) ले शासन गर्दै छ । शेख हसिनाको शासनको अवधि उनको ‘रगताम्य निरङ्कुश नीति’ को शासन रह्यो । ‘तत्काल सङ्घर्षमा जाने बटालिन’ नामको प्रहरी (The Police- RAB, Rapid Action Battalion) सरकारी गृप्तचर विभागहरूले त्यस अवधिमा हजारौँ मानिसलाई ‘गोली हानाहान’ का नाममा मारे तथा सयौँ अहिलेसम्म बेपत्ता पारिएका छन् । दसौँ हजार राजनैतिक विरोधीहरूलाई अभियोग लगाएर मुद्दा चलाउँदै छन् र पक्राउ गरिएका छन् ।
अवामी लीग (The Awami League) सन् २००९ मा २९ डिसेम्बर २००८ मा भएको निर्वाचनमार्फत सत्तामा पुगेको हो । अमेरिकी साम्राज्यवाद र भारत सरकारको समर्थनमा सुरुदेखि नै तिनीहरूले योजनाबद्ध तरिकाले जनताको मतदानको अधिकारलाई वञ्चित गरे । ३० जून २०११ को संविधानको १५ औँ संशोधनअनुसार तिनीहरूले संसदीय निर्वाचनहरूको निम्ति बनाउने अन्तरिम सरकारबाट निर्वाचनको प्रावधानलाई रद्द गरे । सरकारविरोधी समाचार र वक्तव्यहरूलाई सञ्चार माध्यममा व्यवस्थितरूपले निषेध गरिएको थियो । बहुपक्षीय टी.भी. च्यानल, समाचार र पत्रिकाहरू सबै निषेध गरिए । जनताको, निजी व्यवसायी र कानुन व्यवसायीहरूको विज्ञापनलाई नियन्त्रण गर्दै पत्रकार र सम्पादकले विभिन्न सङ्घसंस्थाहरूबाट धम्की दिने र तर्साउने काम गरे । अवानी लीगको सरकारले प्रचार माध्यमलाई पूर्णरूपले नियन्त्रण गरेको छ । विशेष अधिकार ऐन, आतङ्कवादविरोधी ऐन, शीघ्र जाँचबुझ ऐन, अपराधी कार्यविधि संहिताको ५४ दफा (Section) र डिजिटल सुरक्षा ऐनलाई व्यापकरूपमा प्रयोग गरी सरकारको विरोध गर्नेहरू र कुनै पनि नागरिकहरूलाई माथिका ऐन, संहिता र दफाहरू लगाउँदै छन् ।
पहिलो, बङ्गलादेशमा अवामी लीगको सत्तामा आउनुभन्दा पहिलेको मुख्य सरकार विरोधी शासक वर्गको राजनैतिक पार्टी–बङ्गलादेश राष्ट्रवादी पार्टी (The Bangladesh Nationalist- BNP) का सङ्गठनहरूलाई समाप्त पार्न गरिएको थियो । बङ्गलादेश राष्ट्रवादी पार्टी (BNP) सरकारमा छँदा व्यापकरूपमा चोरी, भ्रष्टाचार, लुटपाट र बदमासीको कारण तथा सङ्गठनात्मक शक्तिलाई सशक्त राख्न ध्यान नदिएको हुँदा त्यो पार्टी ध्वस्त भयो । दोस्रो, कमजोर राजनैतिक र सङ्गठनात्मक स्थितिको कारण प्रजातान्त्रिक र क्रान्तिकारी शक्तिहरू साँच्चै प्रतिकार गर्न सक्ने शक्ति निर्माण गर्न नसक्नु हो । तेस्रो, शेख हसिनालाई शक्तिमा कायम राख्न खास गरेर भारत र अन्य साम्राज्यवादी देशहरूले अनेकौँ उपायहरू (कार्यनीति) अपनाए तथा तिनीहरूले विभिन्न किसिमका षड्यन्त्रमूलक गतिविधि चालु राखे ।
५ जनवरी २०१४ मा अवामी लीगले मतदाताहरू नै नभएको निर्वाचनमा ‘निर्वाचित’ भएर पुनः आफ्नो सरकार बनायो । (सङ्घीय संसद्को निर्वाचन क्षेत्रहरूबाट ३०० स्थान हुन्छन् । त्यसपछि महिलाहरूको आरक्षित ५० स्थानको व्यवस्था छ, त्यसको प्रत्यक्ष निर्वाचन हुने गर्दैन । २०१४ को निर्वाचनमा १८३ स्थानमा निर्वाचन नै भएन किनभने ती निर्वाचन क्षेत्रहरूमा एक–एक जनामात्रै उम्मेदवारहरू थिए । प्रधानमन्त्रीको कार्यालयबाटै सरकारका विभिन्न सरकारी विभाग र संस्थाहरूमार्फत हरेक निर्वाचन क्षेत्रमा एक जनामात्रै उम्मेदवार हुने गरी मनोनयन पत्र दाखिल गर्नेहरूलाई मनोनयन फिर्ता गर्न प्रत्यक्ष निर्देशन दिइएको थियो । केही ठाउँहरूमा निर्वाचन आयोगले कुनै कानुनी झन्झट नगरी विजयी हुनेहरूको नाम सजिलैसित घोषणा ग¥यो । अन्य बाँकी निर्वाचन क्षेत्रहरूमा धेरैजसो मतदाताहरू मत नै खसाल्न गएनन् । यसकारण, भन्नुपर्छ– त्यो चुनाव थिएन र २०१४ मा निर्वाचनको प्रक्रियाको नियममै प्रवेश नगरी अवामी लीग शासनलाई निरन्तरता दियो । यस अर्थमा त्यहाँ निर्वाचन भएन । मतदान गर्न जनता आनाकानी गरिरहेको बेला तुलनात्मकरूपले सजिलो अनुभव गरियो । तर, ३० डिसेम्बर २०१८ को राष्ट्रिय निर्वाचन २०१४ को निर्वाचन भन्दा सा¥है डरलाग्दो थियो । त्यसको निम्ति पूरै योजना र लामो तयारीपछि गरिएको निर्वाचन थियो ।
सन् २०१३ देखि नै सयौँ विरोधी कार्यकर्ताहरू जबरजस्ती पक्राउमा परेका थिए, कारबासमै कति मारिए, खुट्टामा गोली हानेर यातना दिए, जीवनभर अपाङ्ग बनाइए, हजारौँ प्रतिपक्षी नेताहरू कारागारमा बन्दी नै छन् । हजारौँ मुद्दाहरू निर्वाचनको पहिलेदेखि नै प्रहरीको सहयोगमा अवामी लीगद्वारा निर्वाचन क्षेत्रहरू नियन्त्रणमा लिएका छन् । (अर्को शब्दमा भन्नु पर्दा सत्ता पक्षले मतदान केन्द्र कब्जा गर्न निर्वाचन क्षेत्रका हजारौँ प्रतिपक्षी नेताहरू र कार्यकर्ता पक्राउ गरिसकेका हुन्थे ।)
निर्वाचनको बेला, सरकारले निर्वाचनको निम्ति निर्वाचन अधिकृतहरू जिल्ला डेपुटी कमिसनरहरू (नेपालीमा भन्नुपर्दा सहायक जिल्ला अधिकृतहरू) नियुक्ति ग¥यो । राजधानी ढाकाको प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले बैठक बोलाएर निर्वाचन कसरी सम्पन्न गराउने भनी निर्देशन दिए । त्यो बैठकमा भद्रगोल थियो, निर्वाचन आयोगका प्रमुखले आफूलाई बैठकको सूचना थाहा नभएको बताए । जब उम्मेदवारहरूले आ–आफ्ना मनोनयन पत्र दाखिला गर्दा, निर्वाचन अधिकृतहरूले देशभरमा ३०८५ उम्मेदवारमध्ये ७८६ लाई रद्द गरे । रद्द भएका उम्मेदवारमध्ये धेरैजसो बङ्गलादेश राष्ट्रवादी पार्टी नेतृत्वका (BNP) गठबन्धनका उम्मेदवारहरूकोे सङ्ख्या बढी थियो । यस्तो कार्य प्रधानमन्त्रीको कार्यालयमा भएको बैठकमा दिइएको निर्देशनअनुसार भएकोमा कुनै शङ्का छैन ।
३० डिसेम्बरको निर्वाचनमा बङ्गलादेशी जनताले अवामी लीगको फासीवादी क्रूर शासनलाई समाप्त गर्न तिनीहरूले भइरहेको अपराधलाई नियन्त्रण गर्ने न्याय चाहन्थे र आतङ्कवाद र भ्रष्टाचारलाई अन्त गर्न चाहन्थे । तिनीहरूले निर्वाचनमार्फत माथिका उद्देश्यहरू प्राप्त गर्न चाहन्थे । केही मागहरू २०१८ जुलाई महिनामा विद्यार्थीहरूको ठूलठूला सहरहरूको प्रदर्शनहरूको ‘सुरक्षित सडकहरू’ को माग पूरा हुने केही आशा समाजमा देखिएको थियो । ठूलो सङ्ख्यामा कामदार जनता ढाका महानगरबाट घुमेर औद्योगिक क्षेत्रहरू पार गरी आ–आफ्ना क्षेत्रमा मतदान गर्न पुगेका थिए । केही दशकदेखि आफ्नो इच्छा पूरा गर्न जनताले मतदान गर्ने गरेको बारे सरकारले ध्यानमा राखेन । निर्वाचनलाई केन्द्रित गरेर जनताको एक विद्रोह हुने सम्भावना छ ।
परिवर्तनको निम्ति जनताको सशक्त इच्छालाई सामना गर्न अवामी लीगको शासक वर्गको मुख्य पत्र निर्वाचनले एक दिनमा मात्र गर्ने उपद्रव (मतदान केन्द्र कब्जा गर्नाले मात्र) मा भर गर्न सकेन । यसकारण, २०१४ को असफल निर्वाचन व्यवस्थालाई स्थापित गर्ने प्रयत्न गरेन । निर्वाचनभन्दा पहिलो रातमा, निर्वाचन आयोगको कर्मचारीतन्त्र, प्रहरी र सेना, अवामी लीगका गुण्डाहरूमार्फत ३० देखि ५० प्रतिशत मतपत्रहरू मत पेटिकामा राख्न लगाइएको थियो । डरलाग्दो वातावरण बनाइदिएको हुँदा मतदाताहरू मतदान स्थलहरूमा मतदान गर्न गएनन् । मतदान गर्न जानेहरूमा पनि अवामी लीगका सदस्य नभएमा तिनीहरूलाई पनि तानेर बाहिर धपाइन्थ्यो । मतदानमा पनि जानाजानै ढिलो गर्ने र जम्मा गर्ने तथा खाना खान पनि मतदान स्थगित गर्ने तथा मतदाताहरू दिउँसो मतदान गर्न पाउँदैनन् । ती सबै प्रक्रियालाई प्रहरीले नियन्त्रण गर्छ । अवामी लीगका नेताहरू र कार्यकर्ताहरूले प्रहरीको रेखदेखमा मतदान केन्द्र नियन्त्रणमा लिन्छन् र नक्कली वा अरुको मतपत्रमा खसाल्न लगाउँछन् । सेनाले वाहनमार्फत त्यो क्षेत्रलाई नै निगरानी गर्छ र अबगाल आउन दिन सेना मतदान स्थलमा भित्र पस्दैन । तिनीहरूको उपस्थितिले मतदाताहरूमा डरको भावना फैलिन्छ । अनि मतपत्र चोर्नेहरूको निम्ति बाटो सफा हुन्छ । निर्वाचन आयोगले खालि सुगा कराएजस्तै निर्वाचन राम्रो हुँदै छ र कहीँ पनि कुनै समस्या नभएको बताउँछ ।
हुन त गएको २०१८ को निर्वाचनमा बदनाम भयो । जनता र राज्यका संयन्त्रहरू आपसमा मुखामुख गर्थे । राज्य संयन्त्रले जनतालाई मतदान गर्न रोक्ने निर्णय गर्छ । त्यस कार्यले चुनावी बन्दोबस्त नै पूर्णरूपले असफल भयो । चुनावी प्रणाली अप्रभावी हुन्छ र त्यो सशक्तरूपले असफल हुन्छ, अवामी लीग सत्तामा पुनः पुग्यो । त्यसबाट बङ्गलादेशको सबभन्दा प्रतिक्रियावादी, अप्रजातन्त्रवादी, लुटाहा, आतङ्कवादी बङ्गलादेश शासक वर्ग पुनः शासनमा बस्न योग्य भयो !
२९ डिसेम्बर २०१८, चुनावभन्दा अघिल्लो रात, बङ्गलादेशको जनताको विरोधमा एक सैनिक विद्रोह भएको भए के हुन्थ्यो ? त्यो सैन्य विद्रोह उच्चस्तरका सैनिक अफिसहरूबाट सङ्गठित भएको थियो, त्यसमा प्रहरी शक्ति, सैन्य र नागरिक गुप्तचर सेवाका सङ्गठनहरू, निर्वाचन आयोग र कर्मचारी संयन्त्र थिए । अर्को शब्दमा राज्य संयन्त्रले सैन्य विद्रोह गर्दै थिए । प्रचार मन्त्रले हरेक किसिमको समर्थन गर्दै थियो । स्वाभाविकरूपले सैनिक विद्रोह एक सरकारलाई फालेर अर्को सरकार स्थापना गर्छ, अन्य सबै अस्तित्वमा रहेको सबै राज्यको बनावट जस्ताको तस्तै रहने गर्छ । त्यसबाट शासक वर्गको एक पक्षले अर्को शासक पक्षलाई फाल्छ । तर, त्यस सैन्य विद्रोहले सम्पूर्ण चुनावी प्रक्रियाले जनता पूरै बाहिरिनेछन् । अब आउने निर्वाचन पनि बङ्गलादेशमा अर्को सैन्य विद्रोह हुनेछ । परिणाम, निर्वाचनबाट जनताले परिवर्तन ल्याउने उपाय पूर्णरूपले अप्रभावी हुनेछ ।
यसरी, वर्तमान अवामी लीगको सरकारले निर्वाचन प्रणालीलाई पुरै फालेर सरकारमा पुग्यो । बिनाशक्ति, बिनाफासीवादी दमन र बिना कुनै साम्राज्यवादी शक्तिमा रहन सक्तैन । यसबाट आजको बङ्गलादेशको राजनैतिक परिस्थिति स्पष्ट पार्छ ।
२.
पुँजीपति वर्गले सैनिक शासनमार्फत आफ्नो वर्गीय शासन चलाउन वा पुँजीवादी प्रजातान्त्रिक निर्वाचनहरूको माध्यमबाट खास गरेर आफ्नो सरकार बनाउँछ । धेरै घटनाहरूमा शासक पक्षले व्यापक चुनावीका नाटकहरू रचेर आफ्नो शासनलाई चालु राख्छ । शासकवर्गको आर्थिक आधार खास गरेर चोरी, भ्रष्टाचार र लुटपाटमा आधारित यस्ता खास देशहरूमा हुने गर्छ । खास गरेर शासक गुटको सम्पत्ति बढाउन शोषणभन्दा लुटपाट र भ्रष्टाचार गर्न राज्य शक्तिलाई प्रयोग गरिएको हुन्छ । अफ्रिकाका धेरै देशहरूमा यस्तो देख्न सकिन्छ । यो राज्यको स्थापनापछि मात्रै बङ्गलादेशमा यस्ता दृश्य देखिएका छन् ।
सन् १९७३ को पहिलो संसदीय निर्वाचनमा शासक दल अवामी लीगको १०० प्रतिशत नै बिना कुनै धाँधलीपूर्ण बहुमत हुने थियो, तैपनि त्यहाँ धाँधली गरियो । सन् १९७३ को निर्वाचनको विजयपछि वर्तमान प्रधानमन्त्री शेख हसिनाका बुबा शेख मुजिवर रहमान (Shaikh Mujibur Rahaman) संसद्मा उठे र घोषणा गरे– ‘बङ्गलादेशमा कुनै प्रतिपक्षी दल छैन ।’ त्यस घोषणाले बङ्गलादेशको नयाँ शासक वर्गको राजनैतिक चरित्रलाई प्रतिबिम्बित गरेको थियो ।
पुँजीवादी चुनावी व्यवस्थामा शोषणको व्यवस्थालाई शासकवर्गले झन् कसिलो बनाउँछ । पुँजीपति वर्गले शोषणको भाग शासक दलले कति पाउँछ भन्ने होइन बरु पुँजीको तुलनामा भर पर्छ । शासक वर्गको बारेमा भने लुटपाट र भ्रष्टाचारमा भर पर्छ । राज्य शक्तिलाई कति प्रयोग ग¥यो भन्नेमा भर पर्छ । शासक वर्गहरूमा शक्तिको हिस्सामा निर्भर गर्छ । कसले कति लुट्यो भन्ने निर्णय गर्छ । यसकारण, शासक वर्गहरूको विभिन्न गुटहरूले राज्य सत्तामा प्रत्यक्ष प्रभाव पार्न कोसिस गर्छन् । जुन देशमा लुटपाट र भ्रष्टाचारको अवसर जति धेरै हुन्छ, निर्वाचनमा धाँधलीको सम्भावना पछि त्यति नै बढी हुन्छ ।
बङ्गलादेशको व्यापारिक पुँजीपतिवर्गले बैङ्क, बीमा आदि सबै वित्तीय संस्थाहरूमाथि नियन्त्रण स्थापित गरेको छ र औद्योगिक र कृषि क्षेत्रहरूमा समेत नियन्त्रण स्थापित समूहहरूको प्रधानमन्त्रीसँग घनिष्ठ सम्बन्ध भएको हुँदा धेरै निजी बैङ्कहरू र राज्यको गुप्तचर संस्थाहरूको सहयोगले बीमा कम्पनीहरूसँग पनि सम्बन्ध भएको हुँदा मनलाग्दी लुटपाट गर्छन् ।
बङ्गलादेशको पुँजीवादी शासकवर्ग उत्पादनको पुँजीवादी प्रोसेसको शोषण गर्छ  । तर, तिनीहरूको मुख्य वितरणको चोरी, भ्रष्टाचार, सम्पत्ति हडप र लुटको भागबन्डाको रूपमा निर्भर गर्छ ।
चुनावको व्यवस्था गर्न बन्ने आन्तरिक सरकारले धाँधली र अनियमितताबाट स्वतन्त्र हुन्थ्यो । सन् १९९० को दशकमा शासक वर्गको विभिन्न गुटहरू सहमत थिए । त्यो धेरै लामो चलेन, त्यसले शासकवर्गका खास चरित्रमा परिवर्तन देखिएन । चोरी, भ्रष्टाचार, सम्पत्ति कब्जा र लुटपाटमा शासक दलहरूको विश्वास किञ्चित पनि घट्ने विश्वास गरेनन् ।

अवामी लीगको दमनकारी शासनविरुद्ध आन्दोलनमा उत्रेका विपक्षीहरू

३.
पछिल्लो राष्ट्रिय ‘चुनाव’ पछि शासक दल अवामी लीगले आफ्नो सत्ता त्यसरी नै कायम गर्दै छ । तर, यो विषय त्यो वा यो पार्टीको शासनको निरन्तरताको होइन । त्यसको मुख्य निर्धारित गर्ने शक्ति समाजको वर्ग हो, कुनै पार्टी होइन । अवामी लीग त वर्गको प्रतिनिधिको रूपमा सत्तामा पुगेको हो । प्रधानमन्त्री शेख हसिनाले नेतृत्व गरेको अवामी लीगको शासनको निरन्तरतालाई संविधान निर्वाचन व्यवस्थालाई व्यवस्थितरूपले फालेको विषयमा मध्यम वर्गको ठूलो भाग, ठूलठूला व्यापारी घराना, बैङ्क र बीमा कम्पनीका मालिकहरू, ठूलठूला उद्योगका मालिकहरू, सेना, प्रहरी, कर्मचारीतन्त्र, न्यायपालिका, लेखक, कलाकार, पत्रकारहरू आदि स्वागत गर्छन् । सारमा, शेख हसिनाले अवामी लीगको स्थापित नेता र व्यापारी पुँजीपतिवर्गको सबभन्दा विश्वस्त राजनैतिक प्रतिनिधिको रूपमा लिन्छन् । राष्ट्रिय संसद्मा सदस्यहरूको वर्ग चरित्रले यो कुरो प्रस्ट उदाहरणको रूपमा देखिन्छ । यस संसद्को हरेक व्यक्ति एक व्यापारी हुन्छ वा कुनै व्यवसाय र व्यापारसँग सम्बन्धित हुन्छन् । सेनाका अफिसरहरू, प्रहरीका अफिसरहरू र सरकारी कर्मचारीहरू पनि विभिन्न प्रकारका कानुनी र गैरकानुनी व्यापारहरूमा संलग्न भएका हुन्छन् ।
सेना र प्रहरीका माथिल्ला पदका अफिसरहरू, सेना एवम् निजामती गुप्तचर विभाग, निर्वाचन आयोग र कर्मचारीहरू सबै मिलेर अवामी लीगलाई निरन्तरता दिन मिलेर काम गर्छन्, त्यसले अवामी लीग राज्यका सबै अङ्गहरूलाई मिलाएर राख्न सक्षम देखिएको छ । अर्को शब्दमा अवामी लीग आफै राज्यको एक भएको छ ।
पछिल्लो निर्वाचनमा अवामी लीग आफ्नै सङ्गठनको बलको आधारमा शक्तिमा आएको होइन, बरु सेना स्वीकृति र प्रहरीको गतिविधिमा सत्तामा पुगेको हो । उम्मेदवारहरूको मनोनयन दाखिला गर्नमा गुप्तचर कार्यालयहरूको भूमिका महत्वपूर्ण हुन्छ । बागी (विरोधी) उम्मेदवारहरूलाई सिधा प्रधानमन्त्री कार्यालयबाटै जिल्ला प्रहरी र सैनिक गुप्तचर संस्थाहरूबाट रद्द गराइदिन्थ्यो । यसको राजनैतिक दलको भूमिका अत्यन्त न्यून हुन्छ । सहायक प्रमुख जिल्ला अधिकारी कागजमा मात्रै निर्वाचन अधिकारी हुन्छ, व्यवहारमा मतदान केन्द्रहरू प्रहरीको नियन्त्रणमा हुन्छ । अवामी लीगका कार्यकर्ताहरूलाई समेत प्रहरीले पैसा बाँड्छन् । जिल्ला प्रहरीको सुपरिटेन्डेटले अवामी लीगका उम्मेदवारहरूलाई बोलाउँछन् र आवश्यक निर्देशन दिन्छन् । तिनीहरूको गतिविधिसँग सहकार्य गर्छन् ।
अर्कोतिर, प्रहरीको आफ्नो बन्दोबस्त र नियन्त्रण व्यवस्था छताछुल्ल भएको हुन्छ । गृहमन्त्रालयको शक्ति र अधिकार पनि सीमित भयो । गएको निर्वाचनभन्दा पहिले जिल्लाका प्रहरी अधिकारीहरू र प्रहरी चौकीको स्तरमा प्रहरीहरूले प्रहरी प्रधान कार्यालयको आदेश र बन्दोबस्तमा प्रधानमन्त्री कार्यालयको आदेश पन्छाइन्थ्यो । प्रधानमन्त्री कार्यालयको तल्लो स्तरको प्रहरी चौकीहरूमा समेत सिधा सम्पर्क हुँदा तल्लो स्तरका प्रहरी अफिसरहरू राजनैतिकरूपले शक्तिशाली भएर अवामी लीगका स्थानीय समितिहरूमा समेत नियन्त्रण राख्न सक्ने भए । अवामी लीगका स्थानीय तहका समितिहरूलाई प्रहरीको आदेश मान्न बाध्य गरियो । स्थानीय पार्टीहरूको झगडा मिलाउने भूमिकासमेत प्रहरीलाई दिइयो । परिणाम, अवामी लीगको पार्टी बनावट कमजोर भयो । राष्ट्रिय भ्रमणपछि अवामी लीग पूर्णरूपले प्रहरीमा भरपर्ने दल बन्यो । अवामी लीग राजनैतिकरूपले प्रहरीको आपराधिक गतिविधिको सहयोगी रूपमा देखियो । जनतालाई पुलिससँगको त्यो सम्बन्ध अहिले प्रस्ट भयो ।
बङ्गलादेशका सेनाप्रति जनताले पहिले पनि भोगेको हुनाले विश्वास छ, किनभने सन् १९७१ मा स्वतन्त्रता लडाइँमा सेनाको भूमिकालाई हे¥र्यो । सन् १९७५शेख मुजिवरको ‘एक पार्टी’ फासीवादलाई फाल्यो र गएको राष्ट्रिय चुनावपछि केही भएको छैन । जनताले सेनालाई लुटाहा शासक वर्गको एक भागको रूपमा चिन्न सुरु गरेका छन् ।
बनावटको हिसाबले सेना, प्रहरी र कर्मचारीतन्त्र राज्यकै अङ्गहरू हुन् । तिनीहरूका सदस्यहरू शासक वर्गकै भाग हुन् । तर, तिनीहरूले तुलनात्मकरूपले तटस्थ रूपलाई चालु राखेका छन् । यद्यपि, राजनैतिक शक्तिमा तिनीहरूको हिस्सेदारीअनुसार शोषण, चोरी, भ्रष्टाचार, लुटपाट र सम्पत्ति हत्याउनमा वृद्धि पनि भइरहेकै छन् ।
बङ्गलादेशको व्यापारी पुँजीपति वर्ग, यसको मुख्य राजनैतिक पार्टी अवामी लीग, सेना, प्रहरी, कर्मचारी संयन्त्र, निर्वाचन आयोग, न्यायपालिका सबै एकै वर्ग, पार्टी र राज्य संस्थाहरू हुन् जो गएको संसदीय निर्वाचनमा सबै एकै ठाउँमा थिए र जनताले तिनीहरूलाई जनताको शत्रुको रूपमा चिन्न थालेका छन् ।
४.
शासक वर्गको विरोधमा स्वाभाविकरूपले तिनीहरूको विरोधमा जनताको आक्रोश र प्रतिरोधपछि पनि खास गरेर अवामी लीगको विरोधमा जनताले त्यस निर्वाचनमा कुनै प्रतिकारलाई केन्द्रित गर्ने काम गर्न सकेनन् । हालको स्थितिको सबभन्दा डरलाग्दो पक्ष नै प्रतिकारको अभाव हो । बङ्गलादेशको शासक दलको फासीवाद अहिले उत्तराद्र्धमा छ । त्यसको विरोध गर्न सङ्गठनहरूको निर्माण आवश्यक छ । सङ्गठनबिना स्वयम्मार्फत प्रतिकारसमेत गर्न सक्ने स्थितिमा हुनेछैन । स्वयम्स्फूर्त प्रतिकारले कुनै ऐतिहासिक परिणाम आउने सम्भावना छैन । वास्तवमा सङ्गठनबिना जनताको विरोध प्रदर्शन निकम्मा हुन्छ । बारम्बार के प्रमाणित भइसकेको छ भने सङ्गठनबिना जनता शक्तिहीन हुन्छन् ।
बङ्गलादेशका फासीवादी शासक वर्ग र यसको सरकार साम्राज्यवादसँग छुट्याउन नसक्ने गरी मिलेका छन् । गएको निर्वाचनमा भारतजस्तै चीन र रुसले पनि अवामी लीगलाई समर्थन र सहयोग पु¥याएका थिए । बङ्गलादेशका जनता भारतको ‘आक्रमण र देशको आन्तरिक मामलामा हस्तक्षेपको विरोधमा छन् । हालका समयमा संरा अमेरिकी साम्राज्यवादविरोधी जनताको मनोभावना पहिलेभन्दा कमजोर छ । बङ्गलादेश लामो समयदेखि अमेरिकी साम्राज्यवादको नियन्त्रणमा रहँदै आएको र यसको सेना, प्रहरी, कर्मचारी संयन्त्र, व्यापारी समुदाय, वित्तीय क्षेत्र र प्रचार माध्यममा अझ बढी नियन्त्रणमा छ । संरा अमेरिकाको दुईटा मुख्य शासक दल अवामी लीग र बङ्गलादेशी राष्ट्रिय पार्टीसँग घनिष्ठ सम्बन्ध छ । त्यस्तै अन्य राजनैतिक दलहरू र व्यक्तिहरूसँग पनि घनिष्ठ सम्बन्ध छ । गाना फोरम (Gana Forum) नागरिक एकता (Citizen’s Unity) जेएसडी रोप (JSD-Rop) आदि संरा अमेरिकासँग जानिएकै सम्बन्ध भएकाहरू हुन्, तर तिनीहरूले मुख्यविरोधी दल बङ्गलादेश राष्ट्रिय पार्टीभित्र निर्वाचन गठबन्धन गरेका थिए, त्यस गठबन्धनलाई भित्रभित्र जनताले समर्थन गरेका थिए । बङ्गलादेशको शासकवर्ग साम्राज्यवादसँगको घनिष्ठ एवम् छुट्याउनै नसकिने सम्बन्धको बारेमा अहिलेसम्म जनता स्पस्ट हुनसकेका छैनन् । तिनीहरूले साम्राज्यवादलाई शत्रुको रूपमा लिएका छैनन् र आफ्नो सङ्घर्षको छुट्याउनै नहुने तारोे लिएकै छैनन् । यस देशको प्रजातान्त्रिक सङ्घर्षको निम्ति खतरा हो ।
पुँजीवादी प्रतिपक्ष, बङ्गलादेश राष्ट्रिय पार्टी र तिनीहरूको गठबन्धन राष्ट्रिय संयुक्त मोर्चाले गएको राष्ट्रिय निर्वाचनमा प्रभावशाली प्रतिरोध गर्न सकेन । यातना, जबरजस्ती बेपत्ता पार्ने कैदमै मारिने, बन्दी बनाउने र प्रहरी शक्तिबाट प्रतिपक्षलाई दमन गर्ने र त्यस्तो ज्यादती गर्न बितेका दशकहरूमा प्रहरी र अन्य अङ्गहरूको पनि महत्वपूर्ण भूमिका छ । पुँजीवादी प्रतिपक्षको असफलताको मुख्यकारण ती दलहरू पनि शासक वर्ग हुनु नै हो । तिनीहरू आफ्नै खुट्टामा जनताको माझमा द¥होसित उभिएका छैनन् । तिनीहरू आफ्नै वर्गको फासीवादी शासनको विरोधमा सङ्गठन र प्रतिरोध गर्न सक्दैनन् । शासकवर्ग आफै फासीवादी हुँदा तिनीहरूबाटै नियन्त्रित कुनै पनि पार्टी प्रजातान्त्रिक सङ्घर्ष धेरै टाढासम्म जान आवश्यक शक्ति र योग्य हुँदैन ।
५
बङ्गलादेशको राजनीतिमा अझ पनि शासकवर्गको विभिन्न गुटहरूको बिचको भित्री सङ्घर्ष र फाटो प्रबल छ । शोषित र दलितपीडित जनताको शासक दलहरूसँग विरोध छ । तिनीहरूको कहिलेकाहीँ हुने ससाना भिडन्तहरू भइरहन्छ । तर, ती विरोधहरू मुख्य राजनैतिक रूपका हुँदैनन् । तैपनि, त्यस राजनैतिक स्थितिलाई त्यस छिटफुट भिडन्तले खास महत्वपूर्ण प्रभाव पार्दैन ।
तैपनि, राज्य र शासकवर्ग र जनताको सङ्घर्ष र प्रतिरोधभन्दा बढी बलियो देखिन्छ । सारमा तिनीहरू त्यति बलिया छैनन् । खाली तुलनात्मकरूपले बलियो छैन । तिनीहरूसँग आफ्नै बलियो मेरुदण्ड अर्थात् भित्री शक्ति छैन । कुनै पनि शासकवर्ग लुट, चोरी, भ्रष्टाचार, आतङ्कवाद धेरै बलिया देखे पनि तिनीहरू टिक्न सक्दैनन् । जनताको सङ्गठित प्रतिरोधको कमी र साम्राज्यवादी शक्तिहरू वा बाहिरी शक्तिहरूको सहयोगमा तिनीहरू बाँचेका छन् ।
बङ्गलादेशका जनता अन्याय र दमनको विरोधमा विरोध गर्ने अधिकार, न्यायोचित मागहरूलाई अनुभव गराउन जनसभाहरू आयोजना गर्ने अधिकार, आलोचनाको अधिकार तथा आफ्नो मत अभिव्यक्त गर्ने अधिकारजस्ता प्रजातान्त्रिक अधिकारहरू चाहन्छन् ।
जनता विदेशी हस्तक्षेपको विरोध गर्न र प्रतिरोधको निर्माण चाहन्छन् । जनताबिना कुनै शोषण र अपहरण एवम् दुःख दिने सम्भावना नभएको मतदान गर्ने अधिकार चाहन्छन् । जनता अवामी लीगको फासीवादी शासनको अन्त चाहन्छन् । तिनीहरूका आपरााधिक गिरोहहरूबाट सबै किसिमका गम्भीर यातनाहरूलाई अन्त गर्न चाहन्छन् ।
बङ्गलादेशको कुनै पनि शासकवर्गको कुनै दलले यस देशको प्रजातान्त्रिक सङ्घर्षलाई अगाडि बढाउन सक्ने सम्भावना छैन । यो कामलाई क्रान्तिकारी, प्रगतिशील र सच्चा प्रजातान्त्रिक शक्तिहरूले नै गर्नुपर्दछ । यसको निम्ति सङ्गठनात्मक शक्ति चाहिन्छ । सङ्गठनको निर्माण र सङ्गठनात्मक शक्ति प्राप्ति नै हाम्रो अगाडि सबभन्दा राम्रो राजनैतिक कर्तव्य हो ।
बङ्गलादेशको कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) अगस्ट २०२१
स्रोतः (एकता र सङ्घर्ष (Unity And Struggles, Vol. 1, No. 1, Series April 2022)
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *