नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
राष्ट्रपति विद्यादेवी भण्डारीको हालै भएको संसद्को सवारीमा भएको जामबारे राष्ट्रपति कति जिम्मेवार छन् भन्ने विषयमा पत्रपत्रिकामा उठाइएको विषय, गतिविधि र टिप्पणीहरू सही थिएनन् ।
‘भीभीआइपी’ को सवारीबारेको जनताको गुनासो आजको होइन । हाम्रो ट्राफिक प्रहरी, प्रहरी क्षेत्र र गृहमन्त्रालयलाई कुन कुन समय ‘जाम’ हुने र ‘होलो’ हुने भन्ने कुरा राम्रो थाहा छ । प्रश्न यहाँ सवारीको समय लाखौँ जनताको हित हेरेर गर्ने वा संसद्का २–४ सय सांसद र कर्मचारीहरूको सजिलो हेर्ने ?
काठमाडौँको सवारी जामको प्रश्न आजको होइन । मनोहराको जडीबुटीभन्दा पूर्वतिरको दायाँबायाँको सडक खोल्नु नै काठमाडौँ ‘जाम’ वा त्यो क्षेत्रमा सहरी विकास गर्न दिनु नै जामको मुख्य कारण हो । त्यसले लाखौँ जनताको दिनको २–४ घण्टा समय खेर गइरहेको छ । त्यो समय र बाहनको तेलको हिसाब ग¥यो भने सबैले जिब्रो टोक्नुपर्ने स्थिति आउँछ ।
केही वर्षअगाडि नै ‘राजधानी’ दाङमा सार्ने वा काठमाडौँलाई फोहोर र अपराधको केन्द्र बनाउनेमा एक रोज्नुपर्ने विषय उठेको थियो ।
हाम्रा शासक दलका नेता र सरकारका मन्त्रीहरूलाई यसबारे मतलब नै रहेन । मानौँ, आफूहरू नेपाली नै होइनन् र आ–आफ्नो घर र आवास काठमाडौँमा छैनन् ।
यसको अर्थ हो – हाम्रा शासकहरू जनता र देशसँग सरोकार राख्ने विषयमा प्राथमिकता दिँदैनन् वा जानकारी राख्दैनन् । आ–आफ्ना प्रदेशका सांसदहरू र सरकार टाउको दुखाइ सम्झन्छन् । केन्द्रीय सांसदहरू र माथिल्ला कर्मचारीहरूसमेत आ–आफ्नो कुनै जिम्मेवारी नै नभएको जस्तो सम्झेर काठमाडौँ उपत्यकालाई ‘कन्टेनर’ फोहोर फाल्ने ठाउँ बनाउँदै छन् । केही महिनापछि पराजित राष्ट्रपतिका उम्मेदवारहरूले पनि हारको कारण काठमाडौँ उपत्यकालाई गाली गरेर भनेछन्, “यो उपत्यका फोहोर फाल्ने ठाउँ हुनेछ । नत्र म किन हार्थेँ ?”
Leave a Reply