शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
भक्तपुर, १ फागुन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको अन्तरङ्ग सेवा विस्तारको एक वर्ष पुगेको अवसरमा सोमबार वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारी अस्पताललाई विश्वसनीय र भरपर्दो बनाउन सके गरिब र कामदार वर्गका बिरामीहरूले स्वास्थ्य सेवा सहजरूपमा उपलब्ध गर्नुका साथै लाभान्वित हुने बताउनुभयो ।
उहाँले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पताल सही र तथ्यपरक आलोचनाहरूको आत्मसात गर्दै देशकै प्रतिष्ठित र व्यवस्थित अस्पतालको रूपमा विकास गर्ने उद्देश्यअनुरूप अगाडि बढिरहेको बताउँदै अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूले जनताको निःस्वार्थ सेवा गर्ने भावनाले काम गर्न प्रेरित गर्नुभयो ।
अस्पतालको प्रशासन, व्यवस्थापन, कर्मचारी अनुशासन र सरसफाइलगायतका पक्षले अस्पतालको विकास र संरक्षणमा ठूलो भूमिका खेल्ने बताउँदै उहाँले राम्रा राम्रा अस्पतालबाट सिक्दै ख्वप अस्पताललाई देशको राष्ट्रिय स्तरको अस्पतालको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको बताउनुभयो ।
भक्तपुरको ख्वप अस्पताल स्वास्थ्य बीमा सेवा प्रदान गर्नेमा आठौँ स्थानमा रहेको चर्चा गर्दै उहाँले ख्वप अस्पतालमा बिरामीको चाप र आवश्यकताअनुसार सेवासुविधाहरू बढाउँदै लाने तयारीमा रहेको बताउनुभयो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले ख्वप अस्पतालप्रति जनताको अपनत्व रहनु नै अस्पतालको सबल पक्ष रहेको बताउँदै अस्पताल स्तरोन्नतिमा भक्तपुरका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, सरोकारवाला निकाय र स्थानीय जनताको ठूलो साथ र सहयोग रहेको बताउनुभयो ।
ख्वप अस्पतालका इन्टरनल मेडिसिनका विशेषज्ञ डा. अमर प्रजापतिले अन्तरङ्ग विभागको वार्षिक सेवाको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो भने ख्वप अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. मजेश प्रताप मल्लले ख्वप अस्पतालको सेवा प्रवाह र बिरामीहरूको वार्षिक तथ्याङ्कबारे प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य एवम् ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा र स्टाफ नर्स रविना कवांले पनि बोल्नुभएको थियो ।
कार्यक्रमपश्चात् प्रमुख प्रजापतिले ख्वप अस्पतालको अन्तरङ्ग सेवामा उपचाररत बिरामीहरूलाई फलफुल वितरण गर्नुभएको थियो ।
Leave a Reply