भर्खरै :

शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्छ–राष्ट्रपति

काठमाडौँ, ४ असोज (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकाको समग्र विकासबाट राष्ट्रले समृद्धि हासिल गर्ने हुँदा शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सरकारले लगानी बढाउँदै जानुपर्ने बताउनुभएको छ ।
बूढानीलकण्ठस्थित श्री गणेश माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित एक कार्यक्रममा उहाँले सार्वजनिक शिक्षामा राज्यले ठूलो लगानी गरेता पनि अपेक्षित सफलता हासिल गर्न नसकेको भन्दै यस विषयलाई ध्यान दिएर विद्यालय व्यवस्थापन सुधार गरी गुणस्तरीय रोजगारमूलक र व्यवसायी शिक्षामा जोड दिनु पर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले शिक्षक, विद्यार्थी र अभिभावकको सक्रियता र समन्वयबाट विद्यालयको विकास हुने भएकाले यस विषयमा सम्बन्धित सबै पक्षले चनाखो हुनुपर्छ भन्नुभयो ।
सांसद गगन थापाले निर्वाचनपश्चात आम मानिसले देखेको समृद्व नेपालको सपना साकार पार्न सरकारले विद्यालयमा लगानी गर्नुपर्ने बताउनुभयो । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले शिक्षाबाट कोही पनि वञ्चित नहोस् भन्ने सरकारको अभियानलाई अगाडि बढाएर लाने भन्दै नगरपालिका भित्रका शैक्षिक संस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा सांसद थापालाई विद्यालयको भौतिक एवं शैक्षिक क्षेत्रमा योगदान पु¥याएबापत राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *