ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू
- बैशाख ८, २०८२
भक्तपुर, ५ फागुन । ख्वप माविको २३ औँ, ख्वप कलेजको २१ औँ, शारदा क्याम्पसको ३२ औँ र ख्वप कलेज अफ लको स्थापना तथा सञ्चालनको अवसरमा भएको शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण कार्यक्रम सांस्कृतिक कार्यक्रमसहित शुक्रबार नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालको आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले कामदार वर्गका नयाँ पुस्तालाई गुणस्तरीय उच्च शिक्षा दिने उद्देश्यले भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू सञ्चालन गरेको बताउनुभयो ।
गुणस्तरीय शिक्षाको लागि प्रतिस्पर्धा हुनु राम्रो हो भन्दै उहाँले शैक्षिक संस्थाहरूको सङ्ख्या बढ्नु पनि राम्रो कदम भएको बताउनुभयो ।
भनपाबाट सञ्चालित विद्यालय÷कलेजहरूमा ७७ जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको चर्चा गर्दै सांसद सुवालले भक्तपुर नगरपालिकाले देशकै सेवा गरिरहेको बताउनुभयो । भनपाबाट सञ्चालित कलेजहरूमा अध्ययन पूरा गरेका विद्यार्थीहरू दक्ष जनशक्तिको रूपमा देशको सेवा गरिरहेको उहाँको कथन थियो ।
उहाँले भन्नुभयो, “ख्वप विश्वविद्यालय स्थापना र सञ्चालन भएको भए हाम्रा विद्यार्थीहरूको सांस्कृतिक स्तर उच्च हुनुका साथै शिक्षा, नाचगानमा पनि उनीहरू अझ दख्खल हुने थियो । हामी ख्वप विश्वविद्यालय स्थापना र सञ्चालन गरेरै देखाउँछौँ ।”
ख्वपका विद्यार्थीहरू एउटा न एउटा सांस्कृतिक विधामा दक्ष हुनुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले नयाँ पुस्ता गीत–सङ्गीतमा पनि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कक्षा १ मा भर्ना हुने १३ लाख विद्यार्थीमध्ये ५ लाख विद्यार्थीले मात्र एसईईको परीक्षा दिने र बाँकी ८ लाख विद्यार्थीले पढाइ छाड्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले यस्तो स्थिति आउनुमा आजसम्मका शिक्षामन्त्रीहरू दोषी रहेको बताउनुभयो ।
“संसद्को बैठकमा आधा सांसद पनि उपस्थित नहुनु संसद्कै बेइज्जत हो । खराब ठेकेदार, मूर्तिचोर, हत्यारा, मेडिकल र शैक्षिक माफिया, निजी कलेज तथा विद्यालयका सञ्चालक, सेयर कारोबारीजस्ता व्यक्तिहरूले संसद्मा प्रतिनिधित्व हुँदा संसद् बैठकमा सांसदको उपस्थिति कम भएको हो”, सचिव सुवालले स्पष्ट पार्नुभयो ।
एमसीसी सम्झौता देशघाती भएकोले नेमकिपाले विरोध गरेको र गर्दै जाने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “एमसीसी पारित भए अमेरिकाको वर्तमान र भविष्यमा बन्ने कानुन नेपालले मान्नुपर्ने स्थिति आउनेछ । सित्तैमा पायो भन्नेर विष पिउन हुँदैन । एमसीसी पनि विषजस्तै एक किसिमको अनुदान हो ।”
एसपीपी साझेदारीमार्फत संरा अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्नेतर्फ उहाँले सचेत गराउनुभयो ।
नागरिकता विधेयक पारित नगरेको निहुँ बनाई मल–खाद निर्यात रोक्नु भारतको गलत कदम भएको सचिव सुवालले बताउनुभयो ।
ख्वप मा.वि.÷कलेज सञ्चालक समितिका अध्यक्ष एवं भनपाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक कार्यक्रममा सहभागी विद्यार्थीहरूको प्रशंसा गर्दै ख्वपका विद्यार्थी पढाइका अतिरिक्त सांस्कृतिक क्षेत्रमा अब्बल प्रमाणित भएको बताउनुभयो ।
भक्तपुर नगरमा जति जनता छन् त्यति नै कलाकार छन् । जति घर छन् त्यति नै मन्दिर छन् भन्ने भनाइ रहेको उहाँले जानकारी दिनुभयो ।
नयाँ पुस्तामा कला र संस्कृति पुस्तान्तरण हुनु सकारात्मक कदम भएको धारणा राख्दै प्रमुख प्रजापतिले लोपोन्मुख संस्कृतिको संरक्षण, कला–संस्कृति–सम्पदाको संरक्षण र प्रवद्र्धन आवश्यक भएको बताउनुभयो ।
साहित्य र संस्कृति क्षणिक मनोरञ्जनको लागि नभई बहुसङ्ख्यक जनताको सेवाको निम्ति हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर नगरलाई शिक्षा, संस्कृति, सम्पदा संरक्षण र स्थानीय सीप झल्काउने जीवन्त नगर बनाउने योजनासहित भनपाका जनप्रतिनिधिहरू लागिपरेको प्रमुख प्रजापतिले बताउनुभयो । नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभाका सदस्य सृजना सैँजूले भक्तपुर नगरपालिकाले कलेज तथा विद्यालयहरू सञ्चालन गरी देश र जनताको सेवा गरिरहेको छ भन्नुभयो ।
शिक्षालाई शैक्षिक प्रमाणपत्रभन्दा जीवन र व्यवहारसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महिला र पुरूषबिचको भेदभाव न्यून पार्न ख्वप कलेजहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राख्दै उहाँले भन्नुभयो, “शिक्षा, खेलकुदलगायतको क्षेत्रमा छात्राहरूको सहभागिता सकारात्मक भएजस्तै राजनीतिमा पनि छात्राहरूको सहभागिता हुनु आवश्यक छ । समाज र देशको दिगो विकासको निम्ति राजनीतिमा पुरूषसरह महिलाको सहभागिता उत्तिकै खाँचो छ ।”
पिछडिएका गरिब जनताको जीवनस्तर उकास्न सरकारले उचित कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै प्रदेश सदस्य सैजूले भन्नुभयो, “मौलिक परिवर्तन भनेको शोषणको अन्त्य हो । मजदुर–किसानमाथि हुने शोषणको अन्त्य हुने व्यवस्था नै समाजवाद हो ।”
उहाँले भन्नुभयो, “भोक, अशिक्षा, बेरोजगारी भएसम्म संसारमा शान्ति स्थापना हुनेछैन । युवाहरू जागेमात्र परिवर्तन सम्भव हुने भएकोले युवाहरू जाग्नु आवश्यक छ । नयाँ विश्व युवाहरूको हातमा छ ।”
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी र ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नृत्य, गीत, नाटकलगायत २८ वटा सांस्कृतिक प्रस्तुतिहरू देखाएको थियो । वार्षिक उत्सव कार्यक्रमको अवसरमा भएका विविध खेलकुद प्रतियोगितालगायत विभिन्न समयमा भएका अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरूलाई अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो ।
Leave a Reply