खेलकुदले अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्ने भएकोले अध्ययनसँगै खेलकुदमा पनि निरन्तर लाग्नुपर्ने
- जेष्ठ २४, २०८३
अमर सहिदहरूको स्मृतिमा अन्तरनगर पुरुष खो खो प्रतियोगिता उद्घाटन
भक्तपुर, ५ फागुन । २०४६ सालको जनआन्दोलनका अमर सहिदहरूको स्मृतिमा भक्तपुर नगरपालिकाले अन्तर नगर पुरुष खो खो प्रतियोगिताको आयोजना गरेको छ । फागुन ५ देखि ९ गतेसम्म सञ्चालन हुने अन्तर नगर पुरुष खो खो प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शुक्रबार एक समारोहबिच समुद्घाटन गर्नुभयो ।
भक्तपुरको सहिद स्मृति खेलमैदानमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि बिजुक्छेँले खेलकुद स्वास्थ्य र मित्रताको लागि खेल्नुपर्ने बताउँदै खेलाडीहरू स्वस्थ र फूर्तिला हुन्छन् भन्नुभयो ।
उहाँले खेलमा हारजित स्वाभाविक हुने हुँदा अनुशासित ढङ्गले खेल्न खेलाडीहरूलाई प्रेरित गर्दै एकआपसमा सहयोगी र मित्रवत ढङ्गले प्रतियोगितामा भाग लिन उत्साह प्रदान गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले अन्तर नगर खो खो प्रतियोगिताले सकारात्मक भूमिका खेल्ने बताउँदै यो खेलाडीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने सुनौलो अवसर पनि हो भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रजातन्त्र पुनःस्थापनाको लागि आफ्नो ज्यानको आहुति दिएका महान् सहिदहरूको बलिदानको स्मरणस्वरूप भक्तपुर नपाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “खेलाडीहरू खेलमा मात्रै सीमित नरही देशको समसामयिक राजनीतिबारे ध्यान दिने, देशको सार्वभौमिकता रक्षाको लागि बोल्ने र आवश्यक परे लड्न पनि तयार हुने एक योद्धाको रूपमा विकास भएको हेर्न चाहन्छौँ ।”
खो खो खेल प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो खो खेलाडी उत्पादनमा टेवा पुग्ने बताउँदै उहाँले युवाहरूले आफ्नो देशको लागि केही गर्नुपर्छ भन्ने देशभक्तिपूर्ण भावनाको विकास गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताउनुभयो ।
बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले अन्तर नगर खो खो प्रतियोगिता २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सहादत प्राप्त सहिदहरूमा समर्पित रहेको बताउँदै देशमा प्रजातन्त्र पुनःस्थापना भएको ३३ वर्ष बितिसक्दा पनि नेपाली जनताले प्रजातन्त्रको उपलब्धि खासै अनुभूति गर्न नसकेको बताउनुभयो ।
खेलकुद क्षेत्रमा भएको पक्षपात र भेदभावको अन्त्य हुनु जरुरी रहेको बताउँदै सांसद गोसाईंले ओझेलमा परेको खो खो खेलको प्रतियोगिताले यस खेललाई अझ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर पुरुष खो खो प्रतियोगितामा १३ वटा नगरपालिका सहभागी रहेको र १४ वटा टीमबिच प्रतिस्पर्धा हुने बताउनुभयो । उहाँले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख र तेस्रो हुनेलाई रु. ५० हजार नगद पुरस्कारको व्यवस्था गर्नुका साथै खेलमा सहभागी नगरपालिकाहरूलाई नगद रु. ५ हजार पुरस्कारको व्यवस्था गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुरका प्रजिअ खगेन्द्रप्रसाद रिजाल र नेपाल खो खो सङ्घका कार्यबाहक अध्यक्ष प्रदिप महर्जनले भक्तपुर नपाद्वारा आयोजित खो खो प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यो खेलको प्रवद्र्धन हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको थियो भने भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटनअघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट ¥यालीसहित नगर परिक्रमा गरी सहिद स्मृति खेल मैदानमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, पूर्वजनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वयम्सेवक, खेलाडी तथा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले राष्ट्रिय रेफ्रि साजन दुवाललाई खेल सामग्री हस्तान्तरण गर्नुभएको थियो भने खेलाडीहरूको तर्फबाट राज कुस्मा, प्रशिक्षकको तर्फबाट कपिल भट्ट र निर्णायकको तर्फबाट साजन दुवालले अन्तर नगर पुरुष खो खो प्रतियोगिता अनुशासित ढङ्गले सम्पन्न गर्ने शपथ लिनुभयो ।
Leave a Reply