वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
वेलिङ्टन, ८ फागुन (सिन्ह्वा) । न्युजिल्याण्डमा चक्रवात गेब्रियलमा परी ११ जनाको मृत्यु भएको छ भने तीन हजार दुई सत्न्दा बढी बेपत्ता भएका छन् । प्रधानमन्त्री क्रिस हिपकिन्सले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने बताउनुभएको छ । साथै उहाँले पुनर्निर्माणका निम्ति करिब १३ अर्ब न्युजिल्याण्ड डलर आवश्यक पर्ने बताउनुभएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार साँझसम्म तीन हजार दुई सय १५ जना सम्पर्कविहीन भएका थिए भने २० हजारभन्दा बढी घर र व्यवसाय विद्युत्विहीन बनेका थिए । धेरै स्थानमा सम्पर्क विच्छेद भएकाले बेपत्ता भएकाको सङ्ख्या अझ बढी हुने अनुमान प्रहरीले गरेको छ । हक्स वे र ताइराविटी क्षेत्रका धेरै मानिस हराएका छन् ।
प्राकृतिक विपत्तिबाट करिब दस हजार सर्वसाधारण विस्थापित भएका छन् । सन् २०११ को फेब्रुवरीमा क्राइस्टचर्च भूकम्पपछि न्युजिल्याण्डमा अति धेरै सर्वसाधारण विस्थापित भएका हुन् । प्रधानमन्त्री हिपकिन्सले चक्रवात गेब्रियल यो शताब्दीको सबैभन्दा भीषण प्राकृतिक विपत्ति परेको र त्यसले देशमा अकल्पनीय क्षति भएको बताउनुभएको छ ।
गत सोमबारदेखि न्युजिल्याण्डमा आपत्कालीन स्थिति घोषणा गरिएको छ । देशको इतिहासमा यो तेस्रो आपत्काल हो । प्रतिकूल परिस्थितिका कारण हवाई सेवाका साथै विद्यालय पनि बन्द छन् । देशको सबैभन्दा ठूलो सहर अकल्याण्डमा तीन साताअघि मुसलधारे वर्षा हुँदा चार जनाले ज्यान गुमाएका थिए ।
Leave a Reply