न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
काठमाडौँ, ६ असोज (रासस) ः निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलका तर्फबाट उम्मेदवार मनोनयनको औपचारिकपत्र प्रदान गर्न अधिकार पाएका पदाधिकारीको दस्तखत नमूना यही असोज २२ गतेसम्म पेश गर्न सूचना जारी गरेको छ ।
आयोगका अनुसार त्यस्तो नमूना दस्तखत सम्बन्धित राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा प्रदेश समितिका पदाधिकारीको हुनुपर्नेछ । प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य निर्वाचन तथा प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुरुप आधिकारिक दस्तखत नमूना पेश गर्न बेग्लाबेग्लै सूचना जारी भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
मनोनयनसम्बन्धी औपचारिकपत्रको ढाँचा आयोगको वेबसाइट election.gov.np बाट डाउनलोड गरी वा आयोगको कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाबाट प्राप्त गर्न सकिने छ ।
Leave a Reply