भर्खरै :

देशको भाग्य निर्माण विदेशीबाट असम्भव

  • फाल्गुन ११, २०७९
  • इकुश्रे
  • विचार
देशको भाग्य निर्माण विदेशीबाट असम्भव

पदीय फाइदाका लागि पहिला पनि लुकीछिपी र भित्रभित्रै सहकार्य भएको रहेछ ¤ यस सम्बन्धमा कतिपय कुराहरू, त्यतिखेरका संलग्न साक्षीहरूले विभिन्न पुस्तकमार्फत खोलेपछि सबैले थाहा पाएका छन् । यतिखेर यो देशमा नेमकिपाबाहेक ठूलासाना सबै दलको ‘अनौठो सहकार्य’ देखिएको छ—खुलमखुला । अकथनीय भ्रष्टाचार, अराजकता, दण्डहीनता, ७० हजारभन्दा बढीको ऋण, बेरोजगार, व्यापार घाटा, विदेश पलायन—साराको सिकार भएको सिधासादा नेपाली जनतामात्रै बिचरा थाप्लोमा हात राखेर अलग्ग बसेका छन् ।
यो देशको माटो र यहाँका कर्मठ जनताले कसलाई विश्वास गर्ने होला ? न्याय दिलाउने विश्वास गरिएको न्यायपालिकाद्वारा भएका अन्याय सबैसामु प्रस्ट छ । भ्रष्टाचारको नियमन गर्ने अख्तियार स्वयं भ्रष्टाचार ढाकछोप गर्ने थलो बनेको छ । मन्त्रिपरिषद्को निर्णय भएपछि भ्रष्टाचार पनि सदाचार, अपराधी पनि निर्दोष ! नेतालाई जरिवाना मिनाहा ! उद्योगपतिलाई कर मिनाहा ! आँखा चिम्लिदिएपछि आँखै अगाडिको अपराधी पनि फरार !
देशको भाग्य र भविष्य कोर्ने ठानिएका हाम्रा ठूला दल तथा तिनका नेताहरू विदेशीको स्वार्थ र इसारामा चल्छन् । ठूला पदहरू विदेशीको इच्छाअनुसार नियुक्ति हुन्छन् । ठूला उद्योगहरू विदेशी आएर चलाउँछन् । ठूला मिडियाहरू विदेशी लगानीमा चल्छन् । यो अवस्थामा हाम्रो भलो कहिले र कसरी हुनसक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *