जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोले शनिबार एउटा घोषणा गरे । उनले ‘क्यानडाको वायुक्षेत्र उल्लङ्घन गर्ने गरी उडेको अज्ञात वस्तुलाई खसाल्ने’ आदेश दिएको बताए । संरा अमेरिकी रक्षा विभागले शुक्रबार ‘उच्च क्षेत्रमा उड्ने वस्तु’ लाई अलास्कामा गोली हानेर खसालिएको जनायो । उक्त वस्तुले ‘सर्वसाधारण उड्ने विमानलाई खतरा हुने’ देखेर त्यसो गरिएको अमेरिकाले जनायो ।
सुरुमा उक्त अज्ञात वस्तुलाई बिहीबार राति देखिएको थियो । शुक्रबार बिहानपख अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यसलाई खसाल्ने आदेश दिएका थिए । यी विषयहरू खासगरी चिनियाँ बेलुनको घटनापछि उठ्न थालेका हुन् ।
भित्री नियत
अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) का पूर्व अधिकारी एडवर्ड स्नोडेनको विश्लेषण अर्कै छ । संरा अमेरिका र क्यानडाले ती उडन्ते वस्तुहरू बाहिरी ग्रहबाट आएको हुनसक्ने हल्ला पिटेर नर्ड स्ट्रीम पाइपलाइनको विस्फोटबाट पत्रकारहरूको ध्यान मोड्न खोजेको स्नोडेनले बताए । सन्त्रासको वातावरण बनाएर पत्रकारहरूलाई पाइपलाइन विस्फोटको छानबिनबाट पर राख्न खोजेको स्नोडेनको जोड थियो ।
अज्ञात उडन्ते वस्तुलाई अन्य ग्रहबाट आएको भनेर सन्त्रास पैदा गर्ने अमेरिकाको फर्जी प्रयासलाई स्नोडेनले व्यङ्गय गरे । अमेरिकाले ठूलो काण्ड छोप्न तिललाई पहाड बनाएको स्नोडेनको दाबी थियो ।
पुलित्जर पुरस्कार विजेता खोज पत्रकार सेमोर हेर्शले २०२२ को गर्मीयाममा अमेरिकी जलसेनाका गोताखोरहरूले नाटोको बाल्टोप सैन्य अभ्यासको क्रममा नर्ड स्ट्रीम पाइपलाइनमा विस्फोटक पदार्थहरू राखेको खुलासा गरेका थिए । विस्फोटक पदार्थहरू राखेको केही महिनापछि नर्वेले तिनलाई पड्काएको हेर्शको भनाइ छ ।
राष्ट्रिय सुरक्षा परिषद्सँग ९ महिना गोप्य छलफल गरेपछि राष्ट्रपति जो बाइडेनले पाइपलाइनहरू भत्काउने निर्णय गरेको पत्रकार हेर्शले बताए । ह्वाइट हाउसले हेर्शको दाबीलाई ‘झूटो र सरासर नाटकीय’ भनेर अस्वीकार गरेको छ ।
संरा अमेरिकामाथि रुसी आरोप : घटनाक्रम नै पर्याप्त प्रमाण
जर्मनी, डेनमार्क र स्वीडेनले आआफ्नै तरिकाले आशङ्कित विनाश सम्बन्धमा छानबिन गर्दै छन् । जर्मन मिडियाहरूले युरोपेली युनियनका तीन देशहरूबिच विश्वासको समस्या उठेको बताउँदै छन् । रुसी महान्यायाधीवक्ताको कार्यालयले सम्भावित अन्तर्राष्ट्रिय आतङ्कवादबारे छानबिन गर्ने घोषणा गरेको छ ।
यद्यपि, डेनमार्क र स्वीडेनले रुसलाई छानबिन गर्नबाट रोकिरहेका छन् । यसले पश्चिमाहरूको दोहोरो चरित्र उदाङ्गिएको रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले बताए ।
जर्मन छानबिनकर्ताहरूले रुसी नर्ड स्ट्रीम पाइपलाइन ध्वस्त पार्न विस्फोटक पदार्थ राखिएको कुनै प्रमाण नभएको बताए । यसले २०२२ सेप्टेम्बरमा बाल्टिक सागरमा भएको विस्फोटको पछाडि रुस नै रहेको प्रमाणित हुने जर्मन महान्यायाधिवक्ता पिटर फ्राङ्कले गत शनिबार बताए ।
गत साता रुसले नाटोलाई आपत्कालीन बैठक बोलाउन अनुरोध गरेको थियो । नर्ड स्ट्रीम ग्यास पाइपलाइनमा गत सेप्टेम्बरमा भएको विस्फोटको छानबिनबाट निस्केका नतिजाबारे छलफल गर्न उसले त्यो अनुरोध गरेको थियो । विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले भनिन्, “पाइपलाइनमा विस्फोट, प्रस्ट नियत र घटनाक्रमको विकासबाट पर्याप्त तथ्यप्रमाण प्राप्त भएका छन् ।”
नेरुदालाई जैविक हतियारले मारिएको थियो ः भतिजले भने
ज्वाँ एम. गार्सिया
रोउल्फो रेइस वकिल हुन् । उनी चिलीका कवि पाब्लो नेरुदाका भतिज पनि हुन् । क्यानडा र डेनमार्कका दुई प्रयोगशालाबाट प्राप्त रिपोर्टहरूको निष्कर्ष सुनाउँदै गत मङ्गलबार रेइसले साहित्यमा नोबेल पुरस्कार विजेता नेरुदालाई जैविक हतियार प्रयोग गरी हत्या गरिएको बताए ।
प्रेन्सा ल्याटिनासँगको अन्तर्वार्तामा रेइसले नेरुदाको अस्थिपञ्जरमा ठूलो मात्रामा कोलोस्ट्रीडियम बोटुलिनम ब्याक्टेरियम भेटिएको सर्वोच्च अदालतसामु विज्ञहरूले बयान दिइसकेको बताए । मानव शरीरले थेग्न नसक्ने सो विषकै कारण लेखक एवम् राजनीतिज्ञ नेरुदाको ज्यान गएको थियो ।
नेरुदामाथि प्रयोग भएको ब्याक्टेरियमको नाम अलास्का ई–४३ थियो । यो अत्यन्त विषालु हुन्छ । त्यसलाई सुइमार्फत नेरुदाको शरीरमा घुसाइएको थियो । त्यसैले उहाँको ज्यान लिएको थियो – रेइसले भने ।
नेरुदा चिलीको राजधानी सान्टियागोस्थित सान्टा मारिया अस्पतालमा बितेका थिए । अगस्टो पिनोचेले राष्ट्रपति साल्भाडोर एयेन्डेको नेतृत्वमा रहेको पपुलर युनिटी सरकारविरुद्ध सैन्य विद्रोह गरेको १२ दिनपछि नेरुदाको मृत्यु भएको थियो । निर्धारित मेक्सीको भ्रमण हुनुभन्दा एक दिनअघि उनले मृत्यु भयो ।
रेइसले भने, “उहाँको हत्याको कारण जगजाहेर छ । एयेन्डेको मृत्युपछि र भिक्टर हाराको हत्यापछि बाँचेको एकमात्र राष्ट्रिय नायक पाब्लो नेरुदामात्र हुनुहुन्थ्यो ।”
नेरुदा राष्ट्रपतिका उम्मेदवार, सांसद, राजदूत, कन्सुल, कम्युनिस्ट पार्टीका सदस्य, चर्चित राजनीतिज्ञ एवम् लेखक रहेको रेइसले स्मरण गरे ।
मेक्सीकोका राष्ट्रपति लुइस इचेभेरियाले नेरुदालाई मेक्सीको भ्रमणको लागि विमान पठाउने प्रस्ताव गरेका थिए । नेरुदाले जिउँदै चिली छोड्ने कुरा चिलीका तानाशाहलाई पचेन किनभने नेरुदाले अगस्टो पिनोचेविरुद्ध धेरै सर्वसाधारणलाई एकताबद्ध पारेका थिए – रेइसले भने ।
प्रेन्सा ल्याटिनाको प्रश्नको जवाफ दिँदै रेइसले नेरुदाको मृत्युबारे १४ वर्षअघि नै अनुसन्धान सुरु भएको र अनुसन्धानबाट नेरुदा क्यान्सर वा बुढ्यौलीले नभई पिनोचेका एजेन्टहरूको सीधा षड्यन्त्रले मारिएको बताए ।
उनले भने, “तिनीहरूले उहाँको ज्यानै लिए ।”
निष्कर्षमा उनले भने, “उहाँको भतिज हुनुको नाताले म सटिकतापूर्वक भन्न सक्छु – नेरुदाको हत्या भएको थियो । अर्कोतिर विषका कारण यी महामानवले झेल्नुपरेको कष्टले मलाई असाध्यै दुःखी बनाएको छ ।”
(स्रोत : एमआर अनलाइन ।)
Leave a Reply