धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
दैलेख, १२ फागुन । नेपाल मजदुर किसान पार्टी, दैलेखको १४ औँ जिल्ला सम्मेलनको अवसरमा नेमकिपाले जुलुस प्रदर्शनी तथा सभाको आयोजना गरेको छ ।
जिल्ला सदरमुकाम दैलेख बजारमा आयोजित एक समारोहबिच पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले शुक्रबार सम्मेलनको उद्घाटन गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “राष्ट्रपतिका उम्मेदवारले एमसीसीको विरोध गर्नसक्छ ? कालापानीबाट भारतीय सेना फर्क भन्नसक्छ ?”
उहाँले भारतको विदेश सचिवसँग नेपालका शासक पार्टीका नेताहरूको लाइन लागेर भएको भेटघाट गलत भएको भनाइ राख्नुभयो ।
कार्यक्रममा सचिव सुवालले नेमकिपाले सुविधा पाउनको निम्ति प्रमुख विपक्षी दलको दाबी गरेको नभई कानुनले दिएको अधिकार प्रयोग गर्नको निम्ति हो भन्नुभयो ।
सांसद सदस्यको सुविधाको ऐन ०७३ अनुसार प्रमलाई विश्वासको मत नदिने पार्टी नै प्रमुख प्रतिपक्षी पार्टी हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, प्रमलाई विश्वासको मत दिने नेका प्रमुख विपक्ष दल होइन । देश र जनताको विषयमा बोल्न समय थप पाउने भएकोले प्रमुख प्रतिपक्षी दल नेमकिपा हुनुपर्ने विषय उठाएका हौँ । संसद् सचिवालयका कर्मचारीहरू नेमकिपालाई कति बोल्ने भन्छन् । १ दिनमा १० करोड खर्च हुने बैठकमा बोल्न नपाउने भए संसद्को के काम ?”
उहाँले माथिल्लो कर्णालीमात्र होइन, कोशी, गण्डक, महाकाली, अरुण तेस्रो, पश्चिम सेती नेपालीको सम्पत्ति हुन्, नेपालीको लगानीमा विद्युत् उत्पादन गर्ने हो भन्नुभयो ।
सचिव सुवालले दाल, चाम, तरकारी, खाद्यान्न भारतबाट ल्याउने स्थितिमा पु¥याइएको तथाकथित जनयुद्धको बिदा ठीक होइन भन्नुभयो ।
उहाँले भन्नुभयो, “माओवादीको युद्ध आफ्नो खुट्टामा उभिएको थिएन । दिल्लीको भरमा माओवादी युद्ध भयो । तालिम त्यतै दिइयो, हतियार त्यतैबाट आयो । त्यसैले माओवादी भारतको टोजन हर्स हो । माओवादीले सरकारमा गएर पनि सिन्को भाँच्न नसक्नुको कारण पनि त्यही हो ।
दैलेख क्रान्तिकारीहरूको जिल्ला भएको भन्दै सचिव सुवालले यहाका कामदार जनता
नेमकिपाको झण्डा बोकेर सङ्घर्ष गर्दै छन् भन्नुभयो । उहाँले भन्नुभयो, “कालापानीमा भारतीय सेना तैनाथ गरिएकोमा यहीँका क्रान्तिकारीहरूले विरोध गरे । भारतले नेपाली भूमिमा सडक बनाउँदा विरोध गरेका छन् । एमसीसी सम्झौताको विरोधमा आवाज उठाउने पनि यहाँका क्रान्तिकारी जनता हुन् ।”
अमेरिकाको एउटा राज्यसँग गरिएको एसपीपी सम्झौताअनुसार अमेरिकी सेना आएर नेपाली ब्यारेक कब्जा गर्ने भएकोले जनताले यसको विरोध गरेका हुन् । नेपालीलाई भाडाको सिपाही बनाउने गोरखा भर्ती भएको भन्दै सचिव सुवालले दुई ओटा विश्वयुद्धमा बेलायतले नेपालीलाई लडायो, त्यसबाट राणा शासकहरूले करोडौँरुपियाँ कमाए, भारतमा घर जग्गा जोडे भन्नुभयो ।
उहाँले विदेशमा सम्पत्ति राख्नेलाई नेपाली नागरिकता दिन नहुने भन्दै जन्मको आधारमा नेपालको नागरिकता विदेशीले पाएको हुँदा तिनका छोराछोरीलाई वंशजको नागरिकता दिने, एनआरएनलाई आर्थिक अधिकार दिने उद्देश्यले ल्याइएको नागरिकता विधेयकलाई नेमकिपाले विरोध गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एनआरएनलाई नेपालमा लगानी गर्न दिनुहुन्न । उनीहरूले नाफा उतै
लिनेछन् ।”
सम्पत्ति शुद्धीकरणको विधेयक ल्याएर स्रोत नखुलेको सम्पत्तिको कर तिरेपछि वैध बनाउन खोजिएको भन्दै सचिव सुवालले लुटको सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ भन्नुभयो ।
उहाँले पुँजीवादी सरकारमा जाने कम्युनिस्ट होइनन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिस्ट नामका पार्टीहरू पटकपटक सरकारमा गए, सार्वजनिक संस्था बेचे, ८० लाख युवालाई विदेशमा सस्तो ज्यामी बन्न पठाए, २० खर्ब रुपियाँ व्यापार घाटा र २० खर्ब सार्वजनिक ऋण पु¥याए ।”
ख्वप कलेजमा देशभरका विद्यार्थीले सस्तोमा पढ्छन्, ख्वप विश्वविद्यालय विधेयक संसद्बाट
पारित गरिएन भन्दै उहाँले राणा शासन जिउँदै छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले कर्णालीका जनताको कहरको मूल कारण शोषणमा आधारित पुँजीवादी व्यवस्था हो भन्नुभयो । उहाँले व्यवस्था फेरियो, अवस्था फेरिएन भन्नेलाई जवाफ दिँदै शोषणमा आधारित व्यवस्था अझै नफेरिएकोले जनताको अवस्था नफेरिएको विचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले विकसित पुँजीवादी देशले गरिब देशलाई लुटेर धनी बनेको भन्दै भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीको कारण नेपाल पछाडि परेको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य नर्मा गुरुङले पुँजीवादी व्यवस्थामा महिला हकअधिकार सुनिश्चित नहुने तर्क गर्दै महिला हकहितको निम्ति सङ्गठित हुनुको विकल्प नभएको भनाइ राख्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले समाजवादी शिक्षा व्यवस्थाको निम्ति कामदार वर्गको छोराछोरीले सङ्घर्ष गर्नुपर्ने विचार राख्नुभयो ।
सम्मेलन तयारी समितिका संयोजक जग्यबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य निरकबहादुर शाही, नेक्राशिसङ्घका केन्द्रीय सदस्य मनोज दाहाल, नेपाल क्रान्तिकारी महिला सङ्घका जिल्ला अध्यक्ष कुमारीरोमा गुरुङ, नेमकिपा दैलेखका सहसंयोजक जगत ओली, सम्मेलन तयारी समितिका सचिव लक्ष्मीकुमार विक, सदस्य रत्नेश श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन समारोहअगाडि जुलुस प्रदर्शनले बजार परिक्रमा गरेको थियो । गणेशचोकबाट सुरु जुलुस बजार परिक्रमा गरेर खुलामञ्च पुगेको थियो । जुलुसमा प्रदर्शनकारीले भारतीय विस्तारवाद मुर्दावाद, गोरखा भर्तीकेन्द्र खारेज गर, रुसविरुद्धको युक्रेन युद्ध बन्द गरलगायतका नारासहितका ब्यानर बोकेका थिए । शुक्रबार साँझ सम्मेलनको बन्दसत्र सुरु भएको छ । सम्मेलनमा विभिन्न विषयमा प्रशिक्षण हुने बताइएको छ ।
Leave a Reply