धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
दैलेख, १२ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सांसद प्रेम सुवालले संसद्मा प्रमलाई विश्वासको मत दिने प्रमुख विपक्षी पार्टी हुनै नसक्ने विचार राख्नुभएको छ ।
नेमकिपाको १४ औँ दैलेख जिल्ला सम्मेलनमा सहभागी हुन दैलेख बजार पुग्नुभएका सचिव सुवालले शुक्रबार बिहान प्रत्यक्ष प्रसारित रेडियो मातृभूमिका अभिषेक अनुराग विकसँगको कुराकानीमा उक्त विचार राख्नुभएको हो ।
सचिव सुवालले प्रमलाई विश्वासको मत नदिने नेमकिपा नै संसद्को प्रमुख विपक्षी दल हो भन्दै यसबारे शासक दलहरूले बलमिचाइ गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको समर्थन गर्ने पार्टी नेका सत्तापक्ष हुने कुरा ऐनमै लेख्या छ ।”
एक प्रश्नको जवाफमा सचिव सुवालले देउवा सरकारले युक्रेन युद्धमा अमेरिकाको पक्षमा मत दिनु गल्ती भएको उल्लेख गर्दै नयाँ सरकारले समर्थन फिर्ता गर्नुपर्र्ने भनाइ राख्नुभयो । उहाँले युक्रेन युद्ध रुसविरुद्धको अमेरिकाको युद्ध भएको भन्दै युक्रेनमा अमेरिकाले हतियार थुपारेको र पछि चीनसम्म हान्ने अमेरिकी लक्ष्य भएको तर्क गर्नुभयो ।
सचिव सुवालले सम्पत्ति शुद्धीकरणको नाममा सरकारले स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण नगरी भ्रष्टाचारीको संरक्षण गर्न खोजेको तर्क प्रस्तुत गर्नुभयो । उहाँले एक अर्को प्रश्नको जवाफमा जनयुद्ध दिवसको कुनै औचित्य नभएको भन्दै दाल, चामल, तरकारी विदेशबाट ल्याउनुपर्ने स्थितिमा परिवर्तन नभएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “जनताले पढ्न पाएनन् । अर्थतन्त्र श्रीलङ्का र पाकिस्तानको जस्तो सङ्कटपूर्ण बन्दै छ । शिक्षा छैन, स्वास्थ्य उपचारको बन्दोबस्त छैन, रोजगारी छैन ।”
माओवादीले नै माथिल्लो कर्णाली भारतलाई दिएको उल्लेख गर्दै सचिव सुवालले माथिल्लो कर्णाली नेपालले नै बनाउन सक्छ भन्नुभयो ।
एक अर्को प्रश्नको जवाफमा सचिव सुवालले निर्वाचनमा जितेको आधारमा पार्टीलाई मूल्याङ्कन गर्न नहुने विचार राख्दै शासक पार्टीहरूले पुँजीपतिवर्गको पैसाबाट निर्वाचन जित्छन् भन्नुभयो ।
सरकारमा जाने पार्टीहरू पुँजीपतिवर्गकै सेवक भएको भन्दै सचिव सुवालले नेपालीलाई नागरिकता दिने हो, भारतीयलाई होइन भन्दै ०६३ मा जन्मको आधारमा नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको नागरिकता दिने विधेयक गलत हो भन्नुभयो ।
Leave a Reply