इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
भन्ने बेलामा ‘क्रान्ति’ भनेर जनतालाई उकास्ने तर आफूहरू भने पदीय फाइदाका लागि भित्रभित्रै सहकार्य गर्ने ! कथित ‘माओवादी जनयुद्ध’ को अवधिमा पनि स्वदेशी/विदेशी शक्तिको बिचमा भएको वास्तविकता त यही रहेछ ! यस सम्बन्धमा, ‘ए ! त्यस्तोसम्म पनि पो भएको रहेछ !!’ भन्नुपर्ने कुराहरू, त्यतिखेरका ठूला पत्रकार साक्षीहरूले ‘तुषानल’ लगायत अन्य पुस्तकमार्फत खोल्दै आएपछि यतिखेर सबैले थाहा पाएका छन् । स्वार्थ नमिल्नासाथ र पदमुक्त हुनासाथ एकअर्काका कमजोरीहरू खोलिदिने ! अहंता बढेपछि पार्टी पनि फुटाउने ! खाने काममा एक्लै पत्तो नचलेपछि फेरि मिल्ने ! पालैपालो, मिलीजुली पद ओगट्ने ! कसैकसैले वर्तमान प्रणालीको विरोध गरेजस्तो पनि गर्ने ! देश र जनताका समस्या उठाएजस्तो पनि गर्ने ! सदाचार र सुशासनका सम्बन्धमा अनेक प्रतिबद्धता पनि व्यक्त गर्दै जाने ! तर, दिनमा देश र जनताका कुरा गर्दै रातमा सुविधा लिने, कमिसन खाने, भ्रष्टाचार गर्ने कुरामा सदैव एकता भइरहने ! आजसम्म भएको त यही हो नि !
सैनिक सेवाका, न्याय सेवाका र अन्य ठूला कर्मचारीहरूले पनि आफू ठूलो पदमा रहुन्जेल अनेक षडयन्त्र, अनियमितता, भ्रष्टाचारमा, सेटिङमा संलग्न हुने र पदमुक्त भएपछि ‘यस्तोयस्तो भएको थियो’ भनेर आफूलाई जोगाउँदै ठूलाठूला किताब लेख्ने ! यतिखेर यो देशमा नेमकिपाबाहेक ठूलासाना सबै दलको ‘अनौठो सहकार्य’ देखिएको छ—खुलमखुला हुँदा हुँदा पूर्वराजा ज्ञानेन्द्रसमेत दलहरूसँग सहकार्य गर्न तयार भएको कुरा आयो । सबैलाई चाहिएको त शक्ति, सत्ता र सुविधा रहेछ !
यतिखेर देशको मायाभन्दा विदेशको मोह गर्ने मानिसहरू बढेका छन् । तीबाहेक जो यो देशको माटोको माया गर्छन् तिनले विश्वास गर्ने र भर पर्ने मानिस सत्तासीनहरूमा कोही पनि पाएका छैनन् । न्याय दिलाउने विश्वास गरिएको न्यायपालिकाद्वारा भएका अन्यायहरू सबैसामु प्रस्ट छन् । भ्रष्टाचारको नियमन गर्ने अख्तियार स्वयं भ्रष्टाचार ढाकछोप गर्ने थलो बनेको छ । मन्त्रिपरिषद्को निर्णय भएपछि भ्रष्टाचार पनि सदाचार, अपराधी पनि निर्दोष ! नेतालाई जरिवाना मिनाहा ! उद्योगपतिलाई कर मिनाहा ! आँखा चिम्लिदिएपछि आँखैअगाडिको अपराधी पनि फरार ! सम्झन थाल्यो भने यस्तो शृङ्खला लामो हुन थाल्छ । यस्तो अवस्थाबाट गुज्रँदै आएको हाम्रो ‘स्वतन्त्र तथा लोकतान्त्रिक देश’ मा अहिले पछिल्लो समयमा राष्ट्रपति कसलाई बनाउने भनेर छिमेकी देशले ताकिता गरिरहेछ ।
कठै ! नेपालको राजनीति भनेको यस्तै रहेछ !
Leave a Reply