भर्खरै :

युक्रेन–रूसबिचको युद्धले तेस्रो विश्व युद्ध !

  • फाल्गुन १४, २०७९
  • – डा महाथिर मोहमद (मलेसियाका पूर्वप्रधानमन्त्री)
  • विचार विशेष
युक्रेन–रूसबिचको युद्धले तेस्रो विश्व युद्ध !

१. म धेरै हिच्किचाहटसहित यो लेख लेखिरहेको छु । मलाई रूसको पक्षधर बनेको आरोप पनि लाग्नसक्छ । तर, म रूसको पक्षधर होइन । मलाई लाग्छ युक्रेन र रूसबिचको युद्ध युरोपियनहरूको युद्धमोह, वर्चस्व मोह र आधिपत्यको कारणले सिर्जना भएको हो ।
२. जर्मनीविरूद्धको युद्धमा रूस पश्चिमी युरोपियनहरू (अमेरिका र क्यानाडासमेत) हरूको हिस्सेदार थियो । जर्मनी पराजित हुनेबित्तिकै पश्चिमले रूस आफ्नो सहयोगी रूसलाई नयाँ शत्रु घोषित ग¥यो ।
३. जसले गर्दा उनीहरूले रूसविरूद्ध युद्धको तयारी थाल्नुप¥यो र रूसविरूद्ध एउटा सैन्य गठबन्धन नेटोको स्थापना गरियो । रूसले पनि वार्सा गठबन्धन तयार ग¥यो । शीतयुद्ध सुरू भयो । विश्वले पश्चिम र पूर्वबिच एउटा पक्ष छनोट गर्नुपर्ने भयो ।
४. शीत युद्धको समाप्तिपछि रूसले वार्सा गठबन्धन विघटन ग¥यो र सोभियत सङ्घका देशहरूलाई स्वतन्त्र हुन दियो । नेटो विघटन भएन । त्यसको सट्टामा रूसको प्रभावमा रहेका देशहरूलाई रूसको शत्रुको रूपमा नेटोमा सामेल हुन आग्रह गरियो । कमजोर रूसविरूद्धको दबाबलाई झन् बढाइयो ।
५. जब पूर्वसमाजवादी देशहरू नेटोमा सामेल भए तब रूसमाथिको खतरा बढ्दै गयो । रूसले आफ्नो सैन्य क्षमता पुनर्निर्माण ग¥यो र शक्तिशाली पश्चिमी गठबन्धनलाई चुनौती दिन थाल्यो । नेटोका सैन्य बलले रूसको सिमाना नजिक अभ्यासहरू गर्न थाले ।
६. उत्तेजित रूसले युक्रेनमाथि आकस्मिक आक्रमण ग¥यो । यति बेला आणविक हतियारको प्रयोग बारे चर्चा हँुदै छ । अहिले नै रूसमाथि लगाइएको नाकाबन्दी र रूसको प्रतिशोधका कारण विश्वले आपूर्तिको समस्या खेप्नु परेको छ ।
७. सुदूरपूर्वमा पनि उक्साहटका घटनाहरू भएका छन् । ताइवानमा अमेरिकी उच्च पदस्थ कर्मचारीहरूको भ्रमणले चीन र ताइवानबिच तनाव बढेको छ । दुवै पक्ष हतियारले सुसज्जित हुँदै छन् र अमेरिकाले ताइवानलाई ठूलो मात्रामा हतियार बेचिरहेको छ ।
८. मलेसियाले पनि आपूर्तिको समस्या र मुद्रास्फीति भोगिरहेको छ । महत्वपूर्ण कुरा के छ भने हाम्रो देशले तेस्रो विश्व युद्धको सुरूवात भएजस्तो अवस्थालाई कसरी सामना गर्नेबारे आकस्मिक योजना तयार गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *