भक्तपुर नगरपालिका वडा नं. २ मा स्वास्थ्य शिविर
- बैशाख ३१, २०८३
भक्तपुर, १६ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा नगरपालिकाबाट उत्पादित कम्पोस्ट मल सहकारीमार्फत बिक्री वितरण गर्न भक्तपुर नगरमा सञ्चालित विभिन्न सहकारी संस्था तथा कृषि सहकारी संस्थाका प्रतिनिधिहरूको भेला तथा छलफल कार्यक्रम मङ्गलबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विदेशी हस्तक्षेप र सरकारको अकर्मण्यताका कारण नेपालको कृषि क्षेत्र ध्वस्त बन्दै गइरहेको बताउनुभयो ।
विकसित देशहरूको विकासको थालनी कृषिबाटै भएको बताउँदै उहाँले नेपालले परम्परागत शैलीबाट माथि उठेर कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले कुिहने फोहरबाट कम्पोस्ट मल उत्पादन गरी यहाँका किसानहरूलाई सहुलियत दरमा बिक्री वितरण गर्नुका साथै कौसी खेती प्रविधिको तालिम सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभयो ।
समुदायमा आधारित सहकारी संस्थामा मात्र रकम जम्मा गर्न नागरिकहरूलाई सचेत पार्नुपर्ने बताउँदै सहकारी संस्थाहरूले सदस्यहरूको हितमा काम गर्न आवश्यक पहलकदमी गर्नुपर्ने बताउनुभयो ।
नेपालमा राजनीतिक अस्थिरताको फाइदा भारतले उठाइरहेको बताउँदै उहाँले विदेशी शक्तिसामु झुक्ने शासक दलहरूको प्रवृत्तिले देश झन्झन् गरिब हुँदै गएको बताउनुभयो ।
कृषि समितिका संयोजक एवम् ३ नं. वडाका वडाध्यक्ष राजकृष्ण गोराको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृषि समितिका सदस्य कृष्णलाल किसी, गंगालक्ष्मी बमनु, भक्तपुर नपा स्यानिटेसन शाखा प्रमुख दिलिपकुमार सुवाललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूले आ–आफ्नो राय सुझाव दिएका थिए ।
Leave a Reply