नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
अलि अघि टर्की र सिरियामा भूकम्प गयो । भूकम्प जानासाथै क्युवाले पीडितहरूको हेरविचार गर्न भूकम्प प्रभावित क्षेत्रमा मेडिकल टोली पठायो । सो टोली पठाउने बेला एउटा बिदाइ कार्यक्रम गरिएको थियो । कार्यक्रममा फिडेल क्यास्त्रोको ठूलो तस्बिर राखिएको थियो । क्युवाले घरिघरि प्रदान गर्ने अन्तर्राष्ट्रिय चिकित्सा ऐक्यबद्धता फिडेल क्यास्त्रोको सोचको परिणाम थियो । क्युवाले अन्य देशमा बम खसाल्दैन बरु डाक्टर पठाउँछ भनेर उहाँले सन् २००३ मा सगर्व उद्घोष गर्नुभएको थियो ।
उहाँले त्यो भन्दा १५ वर्षअघि नै क्युवाली राष्ट्रपतिको पद त्यागिसक्नुभएको थियो । तैपनि उहाँ ऐक्यबद्धता र शान्तिका नेता हुनुहुन्थ्यो । यसपछिका वर्षहरूमा क्युवाले ७० भन्दा बढी देशहरूमा आफ्ना डाक्टरहरू पठाएको छ । सन् २०२० मा मात्र कोभिड महामारीविरुद्धको लडाइँमा उसले झन्डै ४० देशमा डाक्टर पठायो । हाइटीमा गएको भूकम्पपछि फैलेको हैजाविरुद्ध क्युवाले चलाएको अभियानको सफलताबारे सन् २०१० मा ‘न्युयोर्क टाइम्स’ ले पनि लेखेको थियो । अफ्रिकामा इबोला भाइरसविरुद्धको लडाइँमा क्युवाली नेतृत्वको सफलतालाई सन् २०१४ मा ‘टाइम्स’ पत्रिकाले सराहना गरेको थियो । उसले लेख्यो :
“क्युवा विश्वबाट टाढा रहेको गरिब टापु हो । यो देश बिजुलीझैँ इबोला फैलिरहेका पश्चिम अफ्रिकी देशहरूबाट ४५ सय माइल टाढा छ । महामारी प्रभावित क्षेत्रमा सयौँ स्वास्थ्यकर्मीहरू पठाएर क्युवाले भाइरस रोक्न खोजिरहेका देशहरूमध्ये अग्रणी भूमिका खेलिरहेको छ । क्युवाको योगदान निःसन्देह अर्थपूर्ण, तारिफयोग्य र अनुकरणीय छ ।”
ल्याटिन अमेरिका र क्यारिबियाका २६ मुलुकका बिरामीहरू ‘अपरेसन मिराकल’ कार्यक्रमअन्तर्गत क्युवाली डाक्टरहरूबाट आँखा जचाउन क्युवा पुगिसकेका छन् । तीमध्ये बोलिभियाका सैनिक मारियो तेरान पनि एक हुन् । उनैले चे ग्वेभारालाई गोली हानेका थिए ।
सन् २०१४ मा फिडेलले कन्फ्युसियस शान्ति पुरस्कार प्राप्त गर्नुभयो । संरा अमेरिकासँग तनाव मत्थर पारेको र आणविक हतियार कम गर्न भूमिका खेलेकोमा उहाँलाई सो पुरस्कार दिइएको थियो । उहाँले कोलम्बिया सरकार र फार्क लडाकुहरूबिच शान्तिवार्ता सुरु गर्न, आयोजना गर्न र मध्यस्थ गर्न पनि महत्वपूर्ण भूमिका खेल्नुभयो । ती दुई पक्षबिच २०१६ मा शान्ति सम्झौता भएको थियो । सो सम्झौतामार्फत ५१ वर्षे गृहयुद्ध टुङ्गिएको थियो ।
क्युवा आकारले सानो टापु भए पनि फिडेल क्यास्त्रोले खेल्नुभएको भूमिका ऐतिहासिक थियो । यसले गर्दा उहाँको प्रभाव देशको सीमाभन्दा पनि टाढा फैलेको थियो । सन् १९६० को दशकमा क्युवाले सघाएका धेरै देशमध्ये एउटा देश अल्जेरिया पनि हो । हालै उसले फ्रान्सबाट स्वतन्त्रता पाएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका प्राध्यापक पियरो ग्लियेसेस आफ्नो पुस्तक ‘कन्फ्लिक्टिङ मिसन’ मा लेख्छन् :
“यो असामान्य व्यवहार थियो : एक अविकसित देशले अर्को सकस झेलिरहेको देशलाई निःशुल्क सहयोग गर्दै थियो । भर्खर क्रान्ति भएको क्युवामा स्रोतसाधन एवम् स्वास्थ्य सुविधाहरू गाउँगाउँ फैलाइरहनु परेको बेला क्युवाले यस्तो सहयोग गरेको थियो । क्युवाली जनस्वास्थ्यमन्त्री माकाडो भेन्तुराले भने, “त्यो एक भिकारीले अर्कोलाई सहयोग गरिरहेजस्तो भएको थियो । तैपनि, हामीलाई भन्दा अल्जेरियाली जनतालाई बढी सहयोग चाहिएको छ भन्ने हामीलाई थाहा थियो ।” त्यो ऐक्यबद्धता प्रकट गर्दा कुनै देखिने लाभ थिएन बरु क्युवाले भौतिक मूल्य चुकाउनु परेको थियो ।
क्युवाले प्रकट गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय ऐक्यबद्धताहरूको हकमा पनि यही कुरा लागू हुन्छ ।
सोभियत सङ्घको सहयोग र फिडेलको नेतृत्वमा दक्षिण अफ्रिकालाई संरा अमेरिका र रङ्गभेदी शासनबाट मुक्त पार्न क्युवाले खेलेको भूमिकाबारे पश्चिममा थोरै मात्र जानकार छन् । क्युवाले आफ्नै भूमिबाट पनि रङ्गभेद उन्मूलन गरिसकेको छ । यसैकारण जेलमुक्त भएपछि नेल्सन मन्डेलाले आफ्नो पहिलो विदेश भ्रमणमा क्युवा पुग्नुभएको थियो । त्यहाँ पुगेर उहाँले क्युवाको तारिफ गर्दै क्युवालाई ‘स्वतन्त्रताप्रेमी सम्पूर्ण जनताको निम्ति प्रेरणाको स्रोत’ भन्नुभयो । ‘वासिङटनपोस्ट’ ले पनि फिडेल क्यास्त्रोलाई अफ्रिकाका नायक भन्यो ।
सन् १९८९ मा चेर्नोबिल दुर्घटनापछि क्युवाले प्रभावित क्षेत्रका २४ हजारभन्दा बढी बालबालिकाको उपचार गरेको थियो । तिनीहरूमध्ये धेरै व्यक्ति र परिवार अझै पनि त्यहाँ बसोबास गर्छन् । त्यो बेलाको क्युवाको आर्थिक दुर्दशा हेर्दा त्यो ऐक्यबद्धतालाई न्यूनाङ्कन गर्न मिल्दैन । सन् १९५९ को क्रान्तिपछि क्युवाले सोभियत सङ्घ र पूर्वी युरोपेली देशहरूबाट धेरै सहयोग पायो । त्यो क्रान्तिको नेतृत्व फिडेलले गर्नुभयो । सन् १९८९ सम्ममा ती कम्युनिस्ट सरकारहरू एकाएक ढल्दै गए । सोभियत सहयोग पनि घट्यो । सन् १९९१ मा सोभियत सङ्घको विघटन भयो । क्युवाको स्थिति खस्किँदै गयो । यसले गर्दा क्युवा ‘चरम अवस्था’ बाट गुज्रिनुप¥यो । चरम आर्थिक अभावका कारण क्युवाली क्रान्ति नै अस्ताउने धेरैले सोचेका थिए । फिडेलको नेतृत्वमा क्युवाले त्यसो हुन दिएन । क्युवालीहरूले विश्वभरि नै धेरै मानिसहरूतिर सहयोगी हातहरू बढाइरहे । आफूलाई खानेपिउने समस्या हुँदा समेत सहायता जारी राखे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा क्युवामाथिको नाकाबन्दी चर्कियो । राष्ट्रपति बाइडेनको पालामा पनि त्यसमा कमी आएको छैन । क्युवा अहिले सोभियत सङ्घ विघटन हुँदाजस्तै सङ्कटबाट गुज्रिरहेको छ । ट्रम्प आउनुभन्दा अगाडि पनि अमेरिकाको क्युवाविरोधी अविराम आर्थिक युद्धले गर्दा क्युवालाई झन्डै ११ खर्ब डलर बराबरको राजस्व घाटा हुन्थ्यो । यसलाई हवानाले ‘नरसंहारकारी’ भन्दै आएको छ । त्यो आर्थिक युद्धका कारण क्युवाली जनताले ‘जीवनदायी औषधि, पोषक खाद्यान्न र अहम् कृषि उपकरणहरू’ पाउन सकेनन् ।
कोभिड महामारी उत्कर्षमा पुगेको बेला अमेरिकाले संरा अमेरिकाले क्युवालाई आएका अत्यावश्यक मेडिकल सहयोग पनि रोक्का ग¥यो । ती सहयोगमा मास्क र मेडिकल उपकरणहरू थिए । अमेरिकाले क्युवा र क्युवाली जनतालाई उनीहरूका कमजोरी र विफलताको निम्ति दण्ड दिएको होइन । बरु तिनीहरूको सफलताका कारण दण्ड दिइरहेको छ । फिडेल क्यास्त्रो सत्ताबाट बाहिरिएपछि पनि क्युवाली क्रान्तिले सफलताका पाइला चाल्न छोडेन । साथै उसले विश्वभरि दिँदै आएको अविचल ऐक्यबद्धता पनि जारी छ । फिडेलको ‘बम होइन, डाक्टर’ भन्ने भनाइले उहाँको देशलाई संरा अमेरिकाभन्दा ठीकविपरीत देखाउँदै आएको छ । किनभने, अमेरिकाले एकातिर मानवीय सहायता घटाउँदै लगेको छ भने अर्कोतिर ऊ विश्वकै सबैभन्दा ठूलो हतियार पैठारी गर्ने देश हो । वास्तवमा भन्ने हो संरा अमेरिका सिरियाजस्ता देशमा मानवीय सहायता पठाउन खोज्दा बाटो छेक्नेगरी उभिँदै आएको छ । त्यसमाथि भर्खर गएको भूकम्पका कारण अमेरिकाले सिरियाको घाँटी नै थिचिरहेको छ भन्दा हुन्छ ।
होजे मार्टी क्युवाली क्रान्तिकारी कवि हुनुहुन्थ्यो । उहाँले फिडेल क्यास्त्रोलाई समेत प्रेरित गर्नुभएको थियो । कुनै बेला मार्टीले भन्नुभएको थियो, “विश्वमा दुईथरी मान्छे हुन्छन् । एकथरीले प्रेम र सिर्जना गर्छन् । अर्कोथरीले घृणा र विध्वंस गर्छन् ।” फिडेलको विचार र व्यवहारले अनुप्राणित क्युवा पहिलो कोटीमा पर्छ ।
(लेखकले पिट्सवर्ग कानुन विश्वविद्यालयमा ‘अन्तर्राष्ट्रिय मानव अधिकार’ विषय अध्यापन गर्नुहुन्छ । हालसालै उहाँको पुस्तक ‘निकारागुआ : अमेरिकी हस्तक्षेप र प्रतिकारको इतिहास’ सार्वजनिक भएको छ । स्रोत : एमआर अनलाइनबाट)
अनुः सम्यक
Leave a Reply