नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
बाल विकास स्कूलको ३५ औँ वार्षिकोत्सव समारोह सफलताको शुभकामना व्यक्त गर्दछु ।
बाल विकास के हो ? मैले वर्णन गर्नुपर्छ भन्ने लाग्दैन । बाल विकासले ३५ वर्ष गरेको सेवा, सङ्घर्ष र योगदान आपैmँ एउटा परिचय बनिसकेको छ । बाल विकासले आजको दिनसम्म हासिल गरेको उपलब्धि, प्राप्त गरेको सफलता हामी सबैले अनुभव गरिरहेकै छौँ । आगामी दिनमा पनि यस्तै प्रगति, सफलता चुम्दै अगाडि बढोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
एउटा चिनियाँ भनाइ छ– One Generation Plants the Tree and Another gets the shade, sits in its shade. हाम्रा बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि हाम्रा अग्रजहरूले आजभन्दा ३५ वर्षअगाडि एउटा रूख रोप्नुभयो, ज्ञानको रूख । आज हामी र हाम्रा बालबालिकाहरू त्यही रूखको शीतल छहारीमा चञ्चल भएर हुर्किरहेको हामी देख्दै छौँ ।
एउटा अर्को भनाइ छ चिनियाँ चिन्तक कन्फुसियसको
If your plan is for one year, plant rice;
If your plan is for ten years, plant trees;
If your plan is for one hundred years, educate children.।
हाम्रा अग्रजहरूले सय वर्षको निम्ति योजना बनाउनुभयो । बालबालिका र भविष्यका पुस्ताको निम्ति शिक्षाको जग हाल्नुभयो । ती दूरदर्शी हाम्रा समाजसेवी अग्रजहरूप्रति अभिनन्दन छ । यसलाई आजको स्थितिसम्म हुर्काउने, बढाउने विद्यालय नेतृत्व र शिक्षकहरूप्रति सम्मान छ ।
एक दृष्टि आजको समाजलाई दिने हो भने, अहिले समाजको सतहमा लोभ, स्वार्थ, अनुशासनहिनता, विश्वासघातजस्ता Negative elements, Negative forces अर्थात् नकारात्मक पक्षहरू देखिन्छन् । तर, त्यसको अर्थ के होइन भने त्यसको ठीकविपरीत या सकारात्मक पक्षहरू, Positive elements गुणहरू, सद्गुणहरू छैनन् । नकारात्मक पक्षविरूद्ध सकारात्मक पक्षको निम्ति खडा हुने प्रयास जरूरी छ । सकारात्मक पक्षहरू खोतल्न, बाहिर ल्याउन जरूरी छ । एउटा उदाहरण लिऊँ, कोभिड १९ महामारीले एउटा सानो समुदाय र देशलाई मात्र होइन विश्वलाई आक्रान्त बनायो† त्राहीत्राही मच्चायो । कोभिडपछि पनि शिक्षालयहरू अझ बढी प्रभावित बने । तर, मान्छेले त्यो नकारात्मक पक्ष, रोगव्याधीसँग लड्ने हिम्मत ग¥यो । सबै मिलेर रोक्ने प्रयास गरे । उपायको खोजी भयो । खोपको आविष्कार भयो । कोभिड १९ विरूद्ध मानवजातिले विजय हासिल गरिसकेको छ । त्यो सम्पूर्णतः अझै निर्मूल भइसकेको छैन । त्यतिखेर जसरी साहस र आत्मविश्वास, दृढताका साथ मानवजातिले सङ्घर्ष ग¥यो त्यसरी नै नेपाली समाजमा देखिएको यो लोभ, स्वार्थ, बेइमानी, विश्वासघातजस्ता रोग, महामारीविरूद्ध एकजुट भएर लड्न आवश्यक छ ।
समाज, राजनीति र देशलाई नै कुरूप बनाइरहेको नकारात्मक पक्षविरूद्ध पनि विजय हासिल गर्न सम्भव छ । तर, त्यसको उपाय के हो भन्नेमा ध्यान पुग्न आवश्यक छ । त्यसको सबैभन्दा प्रारम्भिक उपाय के हुनसक्छ भने विद्यालय शिक्षा, कक्षाकोठा, शिक्षकको भूमिका, मेहनत, पाठ्यक्रममा सुधार, अभिभावकहरूको प्रयासबाट नयाँ पुस्ता र हाम्रा बालबालिकाहरूलाई लोभी बन्न, स्वार्थी बन्न र अनुशासनहीन बन्नबाट जोगाउन सक्छौँ । प्रारम्भिक उपाय यही हो । समुदायले गर्ने उपाय यही नै हो ।
हामीले पान्डोराको बाकसको लोककथा सुनेका छौँ । त्यो ग्रीक लोककथा यहाँ उल्लेख गर्नु समीचीन होला !
मानव सभ्यताको सुरूतिर त्यस्तो कुनै रोग थिएन, शोक थिएन । भोक थिएन, अभाव या दुःख थिएन । लोभ, इष्र्या, कुकर्म थिएन । एउटा बाकस, असाध्यै आकर्षक, एकदम सुन्दर बाकस देखापर्छ । हीरा, मोती, जुहारातले जडित त्यो बाकसभित्र के छ होला भन्ने खुल्दुली र उत्सुकता मान्छेलाई हुन्छ । मान्छेले त्यो बाकस खोल्छ अनि रोग, भोक, अभाव, दुःख, लोभ, इष्र्या, मोह सबैसबै बाहिर आउँछ । मानवमाथि ठूलो आपत् आइसकेपछि, ‘लौन नि के गर्ने अब’ भन्दै मान्छेहरू आत्तिन थालेपछि अन्तमा त्यही बाकस भित्रबाट एउटा मसिनो स्वरमा आवाज आउँछ– ‘म पनि छु ।’
‘तिमी को हौ ?’– मान्छेले प्रश्न गर्छ ।
जवाफ आउँछ– ‘म आशा हुँ, (I am hope) विश्वास हुँ ।’
आँधी आओस्, हुरी चलोस् जीवनका निम्ति आशा र विश्वासले सकारात्मक शक्ति प्रदान गर्छ । दुःख, आँधीहुरीसँग लड्ने बल दिन्छ ।
त्यसकारण, आँधी आउनु, हुरी आउनु, पानी, वर्षा, घाम सबै–सबै रङ्गहरूसहितको हाम्रो समाज हो । हो, अहिले बाकस खुलेको छ । हामीकहाँ विश्वासघात, धोखा, विचारहिनता, बेइमानी, सबै–सबै सतहमा देखिएको छ । तर, हामीसँग अझै आशा र विश्वास छ । त्यो आशा र विश्वास जगाउने भनेको चेतनाबाट हो, शिक्षाबाटै हो । त्यो विश्वास जगाउने भनेको हाम्रो एकताबाट हो । राम्रो शिक्षा–दीक्षा भएसम्म, राम्रा–राम्रा विद्यालय र शिक्षकहरू भएसम्म, नेमकिपाको जस्तो नेतृत्व भएसम्म हामीसँग सबैभन्दा महत्वपूर्ण शक्तिशाली अस्त्र बाँकी हुन्छ । त्यो भनेको आशा र विश्वास हो । जीवन सङ्घर्षप्रतिको विश्वास हो । सुन्दर भविष्यप्रतिको विश्वास, लामो र कठिन यात्रापछिको सुन्दर गन्तव्यप्रतिको विश्वास । त्यो विश्वास जगाइराख्ने अभिभारा या कर्तव्य शिक्षकको हो, अभिभावकको हो, समाजका अग्रजहरूको हो, हामी सबैको हो ।
एउटा भनाइ छ– ‘हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु ।’ अहिले नेपाली समाजमा हाम्रै शासकहरूको कारण एक खालको अनिकाल छ र अभाव छ । एक खालको अस्तव्यस्तता छ । अव्यवस्था छ । विदेशी हस्तक्षेपका कारण हाम्रो समाजमा एक खालको अराजकता छ, अनिश्चय छ । शासक र विदेशी हस्तक्षेपकारीहरूबाट आजका पुस्तालाई जोगाउनु देशका भविष्य जोगाउनु जतिकै हुनेमा हामी विश्वास राख्छौँ । त्यसको निमित्त समुदाय, जनताको एकमनको एकता आवश्यक हुन्छ । त्यसको जग हाल्ने ठाउँ फेरि पनि कक्षाकोठा नै हो, विद्यालय नै हो, विश्वविद्यालय नै हो ।
शिक्षकको उद्देश्य बालबालिकालाई योग्य र सक्षमसँगै निःस्वार्थी, इमानदार, अनुशासित बनाउने हुनुपर्छ । शिक्षा देश, समाज र जनताका निम्ति उपयोगी र सहयोगी बन्नुपर्छ । यी कार्यमा यो विद्यालय र हामी सबैले साझा पहल गरौँ ।
यो सबै पक्षभन्दा अझ अगाडि बढ्ने बेलामा समाज, देश र जनताका लागि राजनीतिक चेतना, राजनीतिक सङ्गठन, राजनीतिक विचार, राजनीतिक नेतृत्व सही हुनुपर्छ, देशभक्त हुनुपर्छ । विचारवान, नैतिकवान, सिद्धान्तनिष्ठ नयाँ पुस्ता तयारी तब सम्भव हुनेछ । हामीलाई यी कुराबाट अलग्याउन खोज्नु अर्को विपत्ति या प्रकोप हो । हामी यतातर्फ पनि सचेत हुन जरूरी छ ।
ह्यामलिनको पाइडपाइपर अर्थात् बाँसुरी बादकको एउटा कथा छ । त्यो कथाको ‘पाइड पाइपर’ अर्थात् बाँसुरी बादकले बाली खाने मुसा सार्न किसानलाई सघाएको थियो । ज्याला दिन नमानेर त्यो समाजलाई बदला लिनको निम्ति सम्पूर्ण बालबच्चाहरूलाई लठ्ठ पारेर अन्यत्रै लग्यो । त्यसरी नै हाम्रो समाजमा पनि विचारबाट च्युत गर्ने, नैतिकताबाट अलग्याउने, देशबाटै अलग्याउने समस्या देखिँदै छ । हाम्रा बालबालिकाहरू कतै विदेशी ‘पाइड पाइपर’ अर्थात् विदेशीको भक्ति गर्ने शासकहरू ‘पाइड पाइपर’ को भेषमा आफ्नो बाँसुरीको धुनमा लठ्ठ पार्दै हामी र हाम्रो समाजबाट नयाँ पुस्तालाई अलग, टाढा त बनाउँदै छैनन् ? यतातर्फ पनि सोच्न जरूरी छ ।
हाम्रा विद्यार्थी, हाम्रा युवाहरूलाई जस्तोसुकै रूप या भेषमा आएका ‘पाइड पाइपर’ ले फसाउन नसक्ने गरी राजनीतिकरूपमा सचेत बनाउनु आजको आवश्यकता हो ।
सानैदेखि राजनीतिकरूपमा सचेत बनाउने ठाउँ फेरि पनि कक्षाकोठा हो, विद्यालय नै हो ।
बालबालिकाले कति पढ्यो भन्दा पनि कस्तो संस्कार, कस्तो व्यवहार पाए भन्ने प्रश्न अहम् बन्दै छ । शिक्षा र व्यावहारिक ज्ञानलाई सँगसँगै लाने काममा बाल विकास पछाडि परेको छैन भन्ने विश्वास छ । यी सम्पूर्ण विषयमा शिक्षकहरूले जोड दिँदै अगाडि बढिरहनुभएको अनुभव हामीलाई हुन्छ । अझ प्रतिबद्धतासहित, अविचलित अगाडि बढ्न सकोस् भन्ने शुभेच्छासहित ।
(फागुन २० मा भएको बाल विकास इङ्गलिस सेकेन्डरी स्कूलको ३५ औँ वार्षिकोत्सव समारोहमा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले व्यक्त गर्नुभएको विचार)
Leave a Reply