भर्खरै :

एकदिन विद्यालय, कलेज र विश्वविद्यालयका कक्षाकोठाहरू राजनीतिक–सामाजिक परिवर्तनका बारुदखाना बन्नेछन्

  • फाल्गुन २२, २०७९
  • सुरेन्द्रराज गोसाई, केन्द्रीय सदस्य, नेमकिपा
  • विचार विशेष
एकदिन विद्यालय, कलेज र विश्वविद्यालयका कक्षाकोठाहरू राजनीतिक–सामाजिक परिवर्तनका बारुदखाना बन्नेछन्

देशका प्रतिष्ठित व्यक्तित्वहरूको समुपस्थितिमा विद्यालयको वार्षिकोत्सव मनाउन पाउँदा हामी अत्यन्त खुसी छौँ । स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु हुने वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्रलाई यस समारोहमा गरिएको अभिनन्दनले सकारात्मक सन्देश दिने विश्वास छ । मैले बाल्यकालमा दुईजना डाक्टरलाई चिनेँः डा. अशोकानन्द मिश्र र डा. केबी कर्माचार्य । उहाँहरूबाट स्वास्थ्य उपचार प्राप्त गरेको अभैm याद छ । उहाँहरू दुबै यो समारोहको दबुमा पाउँदा असाध्यै हर्षित छु । डा. मिश्रले देशका गरीब बिरामीहरूको सेवा गर्नुभयो । सप्तरीमा दैनिक सयौँलाई उपचार गर्दै हुनुहुन्छ । बरोबर भक्तपुरमा आई उहाँले स्वास्थ्यसेवा प्रदान गर्दै आउनुभएको छ । डा. कर्माचार्यले विसं २०४५ को ‘भक्तपुर काण्ड’ मा यो विद्यालय जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
इतिहासमा ३३ वर्षलाई एक पुस्ता मानिन्छ । यस अर्थमा यो विद्यालय दोस्रो पुस्तामा प्रवेश भइसकेको छ । आजभन्दा २२ वर्ष अगाडि यस विद्यालयको १३ औँ वार्षिकोत्सव समारोहमा श्रद्धेय नेता अध्यक्ष नारायणमान बिजुक्छेँज्यूले भन्नुभएको अभैm याद आइरहन्छ । उहाँले भन्नुभएको थियो, “यो विद्यालयको जिम्मेवारी नयाँ पुस्ताले सम्हाल्दै छ । अब यो अगाडि बढ्नेछ ।” दुई दशक अगाडि उहाँले सार्वजनिकरूपमा व्यक्त गर्नुभएको आशा एवम् विश्वासबमोजिम यो विद्यालय क्रमिक विकासतर्पm लम्किरहेको देख्दा हामी खुसी छौँ ।
यो विद्यालय स्थापना हुँदाको भक्तपुरको शैक्षिक स्थिति र आजको शैक्षिक स्थितिमा ठूलो अन्तर आइसकेको छ । यस अवधिमा उल्लेख्य शैक्षिक प्रगति भइसकेको छ । यो पछिल्लो ३०–३५ वर्षमा सरकारले देशभरि धमाधम स्कूल, कलेजहरू बन्द ग¥यो । शिक्षाको जिम्मेवारीबाट सरकार पछि हट्यो । केही ठालूहरूलाई शिक्षाको ठेक्का दियो । शिक्षा क्षेत्र बेथितिको बगरमा बेवारिसे छोडियो ।
यही अवधिमा देशले नै अनुभव गर्ने गरी कहीँ कतै परिवर्तन भएको छ भने त्यो विशेषगरी भक्तपुरको शैक्षिक क्षेत्रमा हो । कहीँकतै भएको परिवर्तनले स्थानविशेष मात्र होइन सिङ्गो देश लाभान्वित भएको छ र देशवासीकै सेवा भएको छ भने त्यो यहाँको शैक्षिक उन्नयनले हो ।
चिसो बढेपछि साइबेरियालगायत संसारका विभिन्न भागबाट चराचुरुङ्गीहरू हजारौँ माइल नाघ्दै– घुम्दै नेपालमा आएजस्तै शिक्षाका निम्ति देशका विद्यार्थी भक्तपुर आउँदै छन् । भक्तपुर शैक्षिक ‘साøनच्यूरी’ (Educational sanctuary) बनेको छ । भक्तपुर धेरैका निम्ति शैक्षिक गुँड (Academic nest)बनेको छ । घरपछिको घर बनेको छ । आकाशमा हुल बाँधेर उडिरहेका थरीथरीका चराचुरुङ्गीहरू देख्दा जसरी हामी आनन्दित हुन्छौँ त्यसरी नै भक्तपुरमा अध्ययन गरेर देशका कुनाकाप्चामा कर्मथलो सम्हालिरहेकाहरू देख्दा हाम्रो दुःख, हाम्रो परिश्रम खेर नगएको निष्कर्षमा पुग्छौँ । त्यतिखेर हाम्रो मनले ती चराचुरुङ्गीले भन्दा पनि माथिमाथि आकाशमा उडान भर्छ । हाम्रो आनन्दले शिखर चुम्छ ।
त्यसो त आजभन्दा २६०–७० वर्ष अगाडि नै भक्तपुरले तत्कालीन गोरखाका राजकुमार पृथ्वीनारायण शाहलाई ५ वर्षसम्म भक्तपुरमै लालनपालन, शिक्षादीक्षा दिएर गुण लगाएको इतिहास पढ्न पाउँछौँ । इतिहास दोहरिन्छ तर फरक ढङ्गले भनेभैmँ आजको आधुनिक समयमा हामीले देशभरिका छोराछोरी हाम्रै छोराछोरी ठानेर शिक्षादीक्षा दिने काम गर्दै छौँ । इतिहासले यसको यथोचित मूल्याङ्कन स्वर्णअक्षरले लेख्नेछ । आज धेरैधेरैलाई भक्तपुरमा स्वागत गर्न पाउँदा तथा न्यानो आतिथ्य प्रदान गर्न पाउँदा हामी आफ्नै दुःख भुल्छौँ । देश विकासमा योगदान पु¥याउन पाउँदा गर्व गर्छौँ । काम गर्न थप उत्साहित हुन्छौँ । देशवासीको सेवा गर्न पाउँदा आनन्दको अनुभूति मिल्छ ।
भक्तपुरको नयाँ शैक्षिक अभियानको एउटा सुरुआती पाइला बाल विकास स्कूल हो भन्न पाउँदा हाम्रो छात्ती गर्वले फुल्छ । हामी थप जिम्मेवार बन्छौँ । हाम्रा श्रद्धेय अध्यक्ष १० वर्षको भारत प्रवासबाट विसं २०३६ पछि देशभित्र आउनुभएपछि यहाँ गुणस्तरीय शिक्षाका निम्ति प्रयत्नको थालनी भयो । त्यसभन्दा अगाडि यो ठाउँ ‘एसएलसी पास नभए भक्तपुर जानू’ भनी बदनाम थियो ¤ त्यो कलङ्क मेट्न अनेक प्रयासहरू भए । त्यही क्रममा यो विद्यालयको पनि जन्म भयो । शैक्षिक अभियानको एउटा आधारशिलाको रूपमा बाल विकासको नाउँ इतिहासमा लेखिने छ । भर्खरको बालकले पहिलो पाइला चाल्दा जसरी एकजना आमाको खुसीको सीमा रहन्न त्यसरी नै बाल विकासको स्थापनालाई यो समाजले हर्षका साथ स्वागत गरेको थियो । भर्खरको नानीले पहिलो पटक ‘अ’ लेख्न सिक्दा एकजना शिक्षिकाले जसरी अपार आनन्दको अनुभव गर्छिन् त्यसरी नै यो विद्यालयको क्रमिक विकासले यो समाज आशावादी बनेको अनुभव हुन्छ ।
विद्यालयले समाज विकासको जग हाल्छ । बाल विकास स्कूल त्यो जगको एउटा बलियो इँटा हो । जग बलियो नभई घर बलियो हुन्न । विद्यालय राम्रो नबनी समाज विकास राम्रो गतिमा बढ्दैन । हामीलाई त्यो पनि थाहा छ, जग भनेकै जमिनमुनि रहन्छ जसरी बीउ माटोमुनि नै हुनुपर्छ । बीउ माटोले छोपिएपछि मात्र बीउ जाग्छ र बिरुवा बनी हुर्कन्छ । माटोले नछोपिएको बीउ त कि कुहिन्छ कि चराचुरुङ्गी या कीराको आहारा बन्छ । जल, जमिन र बीउ राम्रो भए त्यहाँ जीवनको प्रारम्भ हुन्छ । प्रकृतिले हामीलाई सधैँ सुहाउँदो वातावरणको आवश्यकता र महत्व बोध गराउँछ । शिक्षा क्षेत्रमा पनि यही नियम लागु हुन्छ । प्रकृतिको यो नियम र यो जीवनदर्शन बुझेर यो विद्यालय क्रियाशील छ । त्यसो त शिक्षा आजलाई भन्दा पनि भोलि र भविष्यको निम्ति हो । शिक्षा यथास्थिति तोडेर नयाँ जग हाल्न, नयाँ निर्माण गर्न र प्रगति तथा परिवर्तनको निम्ति हो । यो शिक्षा दर्शन बुझेरै हामी यस क्षेत्रमा छौँ ।
शिक्षा समाजको ज्योति, चेतना, परिवर्तन र व्यवहारको अर्को नाम हो । शिक्षा समाजको आशा, विश्वास र भरोसाको अर्को नाम हो । शिक्षा समाजको भविष्यको अर्को नाम हो । शिक्षक धैर्य, सङ्घर्ष र सेवाको अर्को नाम हो । शिक्षक त्याग, समर्पण र इमानको अर्को नाम हो । शिक्षक र शिक्षाले नै विद्यालयलाई पवित्र मन्दिर बनाउँछ । अभिभावकहरू त्यो मन्दिरका पुजारी ! विद्यार्थी हाम्रा वरदान ! शिक्षक–अभिभावक कालिगड हुन् भने विद्यार्थी सुन्दर कलाकृति ! शिक्षक – अभिभावक माली हुन् भने विद्यार्थी सुन्दर रङ्गिविरङ्गी पूmल ! विद्यालय मनोरम बगैँचा ! पूmलबारीको सुगन्ध र सौन्दर्य वरपरमात्र सीमित हुँदैन । यस अर्थमा बाल विकास स्कूल टाढा–टाढासम्म सुगन्ध छर्दै छ । यो सफलताको प्राप्ति कालिगडहरूको कलाकौशल, मालीहरूको मेहनत र पूmलहरूको भित्री गुणबाट मात्र सम्भव भएको हो । सम्पूर्णलाई आजको यो समारोहमा मनैदेखि अभिनन्दन गर्दछौँ ।
आजभोलिको शिक्षण–सिकाइमा शैक्षिक वातावरण, वस्तुको उपलब्धता, अवसरको सिर्जना, क्रियाकलाप तथा अभिप्रेरणा अत्यन्त महत्वपूर्ण हुन्छ । यी कार्यमा शिक्षक र अभिभावक दुबै जिम्मेवार छन् । शिक्षण–सिकाइको निश्चित स्थान, समय र सीमा हुने गर्दैन । दबाबको अभाव नै सिकाइको एउटा राम्रो आधारभूमि हो । राम्रो सिकाइका निम्ति दबाब होइन सकारात्मक प्रभाव आवश्यक हुन्छ । साथै शिक्षण–सिकाइमा आधुनिक प्रविधिको प्रयोग अर्को महत्वपूर्ण पक्ष हो । यी सम्पूर्णको यथोचित समिश्रणबाट सिकाइ उपलब्धि निर्धारण हुन्छ ।
मूल्याङ्कन तथा परीक्षा त एउटा प्रक्रिया मात्र हो । शिक्षाका विभिन्न चरणमध्ये एउटा हो । दुई–तीन घण्टे परीक्षालाई सम्पूर्ण आधार मान्नु अव्यावहारिक तथा अवैज्ञानिक हुनेछ । बालबालिकाप्रति अन्याय हुनेछ । सिकाइ निरन्तरता र निरन्तर मूल्याङ्कन पद्धति तुलनात्मकरूपमा व्यावहारिक देखिन्छ । अन्तरनिहीत प्रतिभाको प्रस्फुटन र त्यसका निम्ति शिक्षकद्वारा सहजीकरण आजको सरोकारको विषय बन्न आवश्यक छ । बालबालिकाहरूको क्षमताको क्रमिक अभिवृद्धि अर्को महत्वपूर्ण पक्ष हो । हाम्रो यो विद्यालय यतातर्पm सजग छ । बालबालिकाको चौतर्फी विकास हाम्रो मुख्य चासो हो । हाम्रा हरेक गतिविधि त्यतातर्पm केन्द्रित छ ।
हाम्रो सोच तथा हाम्रो चिन्तनमा समीक्षा गर्नुपर्ने बेला आएको छ । केही शिक्षक भन्छन्, ‘नानीबाबुहरू, यो देशमा बसिरह्यौ भने मोजमस्ती गर्न पाउँदैनौ । दुःखमात्र पाउँछौ । एक बारको जुनीमा विदेश गएर ऐशआरामको जीवन बिताऊ ।’ केही अभिभावक भन्छन्, ‘देश लथालिङ्ग भयो । यो देश अब बन्दैन । यहाँ बसे जिन्दगी बर्बाद हुनेछ । विदेश गए आनन्द ।’ केही विद्यार्थी भन्छन्, ‘यस्तो केही–केही नभएको देशमा बसेर भिखारी बन्नु छैन । भोलि यहाँ राम्रो भए बरू फर्कनु परे फर्कुँला ।’
यदि त्यसो हो भने के बिरामीमात्र परिरहन्छ भनेर आमाबुबाले बच्चाबच्ची फाल्न लानु या त्याग्नु जायज हो ? के आमाबुबा बूढाबूढी भए भनेर सेवा गर्नुको सट्टा घर छोडेर हिँड्ने हो ? के आफ्नो घर थोत्रो र फोहर छ भनेर महलमा नोकर बन्न जाने ? छोराछोरी बन्ने कि नोकर–चाकर बन्ने ?
अपाङ्ग छोराछोरी हुर्काउन जीवन अर्पण गर्ने आमाबुबा र बिरामी स्याहार्ने छोराछोरीका उदाहरण हाम्रो समाजमा धेरै भेटिन्छन् । ती आमाबुबा र छोराछोरी के मूर्ख हुन् त ? तिनको कार्य के व्यर्थ हो त ?
देश गरीब, कमजोर हुँदा भाग्नेहरू कुनै दिन यो देश सम्पन्न हुँदा कुन मुखले आउलान् त ? सबै देश सधैँ धनी या बलियो हुनेछैन । सबै देश सधैँ कमजोर र गरीब पनि हुनेछैन । भौतिक दरिद्रताभन्दा मानसिक दरिद्रता घातक र तुच्छ हुन्छ । देशभित्र रोग, भोक, अभाव सहन तयार तर पराईको अपमान सहन अस्वीकार गर्न सक्नु नै स्वाभिमान हो । सुनको पिँजडाको चरी नबन्नु नै स्वतन्त्रता हो । आजको सन्दर्भमा हाम्रो शिक्षाको मूल उद्देश्य असल तथा देशभक्त नागरिक तयार गर्नु हो । अन्धविश्वासबाट मुक्त बनाउँदै ज्ञान–विज्ञानमा आधारित नयाँ समाजको निर्माण हो ।
आज यो देशलाई भ्रष्टाचार नगर्ने इमानदार नेता, कार्यकर्ता, कर्मचारी चाहिएको छ । विदेशीको अगाडि झुकेर देश बर्बाद नपार्ने देशका सच्चा राजनीतिशास्त्री चाहिएको छ । देशलाई आत्मनिर्भर बनाउने अर्थशास्त्रीको खाँचो छ । कृषि उत्पादन बढाउने कृषि विशेषज्ञको खाँचो छ । प्राकृतिक सम्पदामा अत्यन्त धनी देशको भूगोल बुझाउने भूगोलविद्को खाँचो छ । आपैmँले यो देशको नयाँ इतिहास लेख्ने इतिहासकारको खाँचो छ । असल शिक्षक चाहिएको छ । असल मानिस चाहिएको छ । सचेत नागरिक चाहिएको छ ।
मलाई विश्वास छ, हाम्रो समाज यही महसुसका साथ अघि बढिरहने छ । एकदिन विद्यालय, कलेज र विश्वविद्यालयका कक्षाकोठाहरू राजनीतिक–सामाजिक परिवर्तनका बारुदखाना बन्नेछन् ।
(बाल विकास इङ्गलिस सेकेन्डरी स्कूलको ३५ औँ वार्षिकोत्सव समारोहमा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले व्यक्त गर्नुभएको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *