भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
वागेश्वरी बहुमुखी क्याम्पसले उम्मेदवारी दर्ताको लागि भारी शुल्क तोकेको विरोधमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ वागेश्वरी बहुमुखी क्याम्पस एकाइ समितिले प्रेश विज्ञप्ति प्रकाशित गरी विरोध गरेको छ । एकाइ समितिका संयोजक विनिता काफ्लेको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा भनिएको छ –
स्ववियु निर्वाचनको लागि वागेश्वरी बहुमुखी क्याम्पसले उम्मेदवारी दर्ताका लागि भारी शुल्क तोकेको प्रति नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ वागेश्वरी बहुमुखी क्याम्पस समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
विद्यार्थी हक–हितको लागि आवाज उठाउन रोक लगाउनु प्रजातन्त्रविपरीत छ । समाजवादउन्मुख संविधानमा पनि पैसा हुनेलाई मात्र चुनावमा उम्मेदवारी दिन पाउने प्रावधान राख्नु जहानियाँ राणाशासनको पुनरावृत्तिजस्तै भयो ।
विचारभन्दा सङ्ख्या र पैसालाई महत्व दिनु गलत छ । सो आधारमा सही विचारलाई रोक्नु गलत विचारलाई प्रश्रय दिनु नै हो । विद्यार्थीको प्रजातान्त्रिक अधिकारमा अङ्कुश लगाउने प्रवृत्तिविरुद्ध नेक्राविसङ्घ सङ्घर्षरत छ, उम्मेदवारी दर्ता शुल्क खारेज गर्न जोडदार माग गर्दछ ।
तोकिएको मितिमा शान्त, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन नेक्राविसङ्घ जोड दिन्छ । स्ववियु निर्वाचनलाई वैचारिक छलफल र घोषणापत्रबिचको सङ्घर्षको रूपमा अगाडि बढाउन पुनः जोड दिन्छ ।
त्यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सङ्गठन दर्ताको लागि तोकिएको दस्तुरप्रति नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै प्रेस विज्ञप्ति प्रकाशित गरेको छ ।
स्ववियु निर्वाचनका लागि मध्यपश्चिम विश्वविद्यालयले सङ्गठन दर्ताको लागि तोकिएको दस्तुरप्रति नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेक्राविसङ्घ मध्यपश्चिम विश्वविद्यालय समिति संयोजक योगेशकुमार शाहीले प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त कदमको विरोध गर्नुभएको छ । उक्त विज्ञप्तिमा उल्लेख छ –
स्थानीय, प्रदेश तथा सङ्घको निर्वाचनमा समेत दल दर्ताको लागि कुनै शुल्क तोकिएको थिएन । निरङकुश पञ्चायती व्यवस्थामा विद्यार्थीको गौरवपूर्ण आन्दोलनबाट स्थापित सङ्घको चुनावमा दर्ता शुल्क तोकिनु खेदजनक छ । विद्यार्थी हक हितको लागि आवाज उठाउन रोक लगाउनु प्रजातन्त्रविपरीत छ । समाजवादउन्मुख संविधानमा पनि पैसा हुनेलाई मात्र चुनावमा जान पाउने प्रावधान राख्नु जहानियाँ राणाशासनको पुनरावृत्ति जस्तै भयो ।
प्रजातान्त्रिक अधिकारमा अङ्कुश लगाउने प्रवृत्तिविरुद्ध नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सङघर्षरत छ । सङगठन दर्ता शुल्क खारेज गर्न जोडदार माग गर्दछ ।
तोकिएको मितिमा शान्त, निष्पक्ष भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जोड दिन्छ । स्ववियु निर्वाचनलाई वैचारिक छलफल र घोषणाबिचको सङघर्षको रूपमा अगाडि बढाउन पुनः जोड दिन्छ ।
Leave a Reply