भर्खरै :

बोलिभिया र निकारागुआका राष्ट्रपति भेनेजुएलामा

बोलिभिया र निकारागुआका राष्ट्रपति भेनेजुएलामा

काराकस, २२ फागुन, (सिन्ह्वा) । भेनेजुएलाका पूर्व राष्ट्रपति ह्युगो चाभेजको निधनको १० औँ स्मृति दिवसका अवसरमा आयोजित समारोहमा भाग लिन बोलिभियाका राष्ट्रपति लुइस आर्से र निकारागुआका राष्ट्रपति ड्यानियल ओर्टेगा आइतबार भेनेजुएला आइपुग्नुभएको छ ।
डाउनटाउन कराकसबाट करिब २१ किलोमिटर टाढा रहेको माइकेटिया अन्तर्राष्ट्रिय विमानस्थलमा, आर्सेले पत्रकारहरूलाई दिएको जानकारी अनुसार चाभेजलाई श्रद्धाञ्जली अर्पण गर्न कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी हुनुहुन्छ । उहाँले चाभेजको बारेमा बोल्दै भन्नुभयो,“महान मातृभूमि (ल्याटिन अमेरिकाको) चाभेजको विरासतमध्ये एक रहेको बताउदै उहाँले आफ्नो समयमा प्रस्ताव गरेका धेरै चीजहरू, जस्तै बैङ्क अफ द साउथ,”महत्वपूर्ण छन् ।
यसै बीच ओर्टेगाले थुप्रै ल्याटिन अमेरिकी देशहरूविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएको एकतर्फी प्रतिबन्ध र नाकाबन्दीको निन्दा पनि गर्नुभएको छ ।
सन् २०१३ मार्च ५ मा निधन भएका चाभेजको सम्झनामा हजारौं भेनेजुएलावासीहरूले आइतबार घर बाहिर निस्किएर हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *