यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ९ असोज । देश विकासको निम्ति कर्मचारीहरुले आफ्नो कर्तव्यबोधको भावनाले काम गर्नुको साथै असल नागरिकको जिम्मेवारी पनि निभाउनुपर्छ । कर्मचारीहरु राजनैतिक रुपले सचेत नभए देश उपनिवेश हुनसक्छ र सारा जनताले दुःख पाउनेछन् । कर्मचारीहरु आफ्नो विषयमा विशेषज्ञता हासिल गर्न निरन्तर अध्ययन र मेहनत गर्नुपर्छ । नगरपालिका स्थानीय सरकार भएकोले आफ्नो अधिकारमा कुनै क्षेत्रबाट हस्तक्षेप गराउन नहुनेबारे सचेत हुनुपर्छ ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिकाको आयोजनामा भएको शुभकामना कार्यक्रममा सोमबार व्यक्त गर्नुभएको हो । उहाँले सफाइ कर्मचारीहरुको स्वास्थ्य परीक्षण समय–समयमा गराउनुपर्ने र स्वस्थ कर्मचारीहरुले नगर र नगरवासीहरुको राम्रो सेवा गर्नसक्ने बताउनुभयो । कर्मचारीहरुले नगरवासीको मन जितेर कार्य गर्नु नै संस्था सफल हुनु हो, अध्यक्ष रोहितले भन्नुभयो ।
भनपा प्रमुख सुनिल प्रजापतिले दशैंमा झन् कर्मचारीहरु चनाखो भई सरसफाइलगायतको काममा खट्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरु विकृति र विसंगतिमा नफसी रचनात्मक कार्यमा लाग्न निर्देशन गर्नुभयो । भनपा उपप्रमुख रजनी जोशीले कला–संस्कृतिको संरक्षणमा कर्मचारीहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गौतमप्रसाद लासिवाको सभापतित्वमा भएको कार्यक्रममा वडा अध्यक्ष रवीन्द्र ज्याख्व, श्यानिटेशन उपशाखा प्रमुख दिलिपकुमार सुवाल, कर अधिकृत प्रभाष चालिसे, कानुन अधिकृत गणेशलाल फोजू र रोशना न्याइच्याईले पनि बोल्नुभएको थियो ।
Leave a Reply