अन्तर्राष्ट्रिय युवा दिवस र भदौ ९ (कालो दिन) को सम्झना
- भाद्र ८, २०८३
काठमाडौँ, २८ फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले साँखुका समाजसेवी, बुद्धिजीवी एवं वरिष्ठ पत्रकार ‘लावण्य सन्देश’ साप्ताहिकका सम्पादक एवं प्रकाशक पवनलाल श्रेष्ठको असामयिक निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो र परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।
फागुन २४ गते बेलुका ६ः५० बजे इन्द्रायणीस्थाननेर टिपरले ठक्कर दिएर पत्रकार श्रेष्ठको मृत्यु भएको थियो । काठमाडौँ उपत्यकामा बसाइँसराइ बढेसँगै जग्गा प्लटिङ, सडक निर्माण र घर बनाउने बढेको हुँदा निर्माण सामग्री ओसार्न दिनको हजारौँ हजार टिपर सञ्चालन भइरहेको कारण सडक दुर्घटना बढेको पीडितहरूले बताए ।
अन्य जिल्लाका जनतालाई काठमाडौँ उपत्यकामा बसाइँसराइ गर्न नपाउने र डोजर चलाई जताततै पहाड खोस्रेर सडक निर्माण तथा प्लटिङ नरोकिएसम्म टिपर सञ्चालन र दुर्घटना पनि कम नहुने सहरी विकास विज्ञहरूको मत रहेको छ ।
देशको सन्तुलित विकास गर्न देशैभरि स–साना सहर विकास गरिएमात्र काठमाडौँ उपत्यकामा टिपर गाडी आतङ्क रोकिने र दुर्घटना पनि कम हुने भएको हुँदा सरकारले प्रम, मन्त्री, सांसद र उच्च अधिकारीहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमै बसोबास गर्नुपर्ने कानुन बनाउनुपर्ने विज्ञहरूको मत रहेको छ ।
सांसद सुवालको साथमा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोल, नेमकिपा भक्तपुर जिल्ला उपाध्यक्ष न्हुछेभक्त फोजू, इन्जिनियर राजदास श्रेष्ठले उहाँको आमा, धर्मपत्नी, छोरा र अन्य दुई भाइलाई भेटेर समवेदना प्रकट गर्नुभएको थियो ।
Leave a Reply