अन्तर्राष्ट्रिय युवा दिवस र भदौ ९ (कालो दिन) को सम्झना
- भाद्र ८, २०८३
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले देशघाती शासकहरू, भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादलाई सचेत र खबरदारी गर्न सडक र सदनमा, सभा, सम्मेलन र सञ्चारमाध्यममा बरोबर आगो, पानी र राजनीतिसँग खेलबाड नगर्न सुझाउ दिँदै आएका हुन् । सामान्यतया बुद्धि र विवेक भएका नेता या शासकले आगो, पानी र राजनीतिसँग खेलबाड गर्दैनन् बरु देश र जनताको हितमा उपयोग गर्न मेहनत गर्छन्, बुद्धि र विवेक लगाउँछन् । तर, कसैले त्यससँग खेल्न खोज्यो, खेल्यो भने विनाशकालमा विपरीत बुद्धि हुन्छ । यो विश्वको इतिहासले देखाइरहेकै कुरा हो । बेलायती साम्राज्यवाद त्यसै एसिया, अफ्रिका, ल्याटिन अमेरिकाबाट पछि हट्नु वा भाग्नुपरेको होइन । त्यस्तै अब पछि हट्ने वा भाग्ने पालो अमेरिकी साम्राज्यवादको हो । साम्राज्यवादी शासक भियतनामबाट ज्यान जागाउन हेलिकप्टरमा झुन्डिएर भाग्नुप¥यो । त्यस्तै अफगानिस्तानबाट भाग्नुप¥यो । आगोसँग खेल्ने देशघाती शासकहरू एक दिन आगोमा जलेर भष्म भएमा कुनै नौलो हुनेछैन । तर, विश्वको शान्ति, न्याय, स्वतन्त्रता चाहने देश र जनताले त्यस्तो भएको हेर्न चाहँदैनन् । साम्राज्यवादी शासक त्यस्तो विवेकहीन कामको विश्वका जनताले सधैँ विरोध गरिरहने छन् ।
बाघलाई जतिसुकै रङ्गरोगन गरे पनि, अरू सोझा सीधा जन्तुको छाला ओढे पनि त्यो बाघ नै हुन्छ । ऊ अरू जीवजन्तुलाई सिकार गर्न र मार्न पछि पर्दैन । त्यो उसको स्वभावै हो । अमेरिकी साम्राज्यवाद पनि बाघजस्तो हिंस्रक जन्तु हो भन्ने कुरा विश्वका जनतालाई थाहा छ । उसले एसिया, अफ्रिका, मध्य पूर्वी युरोप र ल्याटिन अमेरिकी देशहरूलाई झम्टिँदै, चिथोर्दै वा रगत चुस्दै आएको विश्वलाई थाहा छ । उसले सोभियत सङ्घ, चीन, कोरिया, जापान, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, मलेसिया, इराकलगायतका एसियाली देशहरू, युगोस्लाभिया, चेकोस्लाभाकिया, सिरिया, प्यालेस्टाइन, हङ्गेरीलगायतका मध्यपूर्वी युरोपेली देशहरू, लिविया, कङ्गो, घाना, ग्रेनाडा, युगान्डालगायतका अफ्रिकी देशहरू, चिल्ली, पेरु, कोलम्बिया, इक्वेडर, ब्राजिल, भेनेजुयला, बोलिभिया, पनामा, निकारागुवा, ग्वाटेमालालगायतका ल्याटिन अमेरिकी देशहरूलाई आक्रमण गरेर त्यहाँका न्याय, स्वतन्त्रता चाहने जनतालाई झम्टेको, चिथोरेको, आलो रगत चुसेको र हत्या गरेको संसारका साम्राज्यवाद, उपनिवेशवाद, विस्तारवादविरुद्ध लडिरहेका जनतालाई थाहा छ ।
विश्वका शान्ति, न्याय र स्वतन्त्रता चाहने जनताले विरोध र खबरदारी गर्दा गर्दै पनि ऊ आगोसँग खेल्न खोज्दै छ । ऊ आज शान्ति, न्याय, स्वतन्त्रता र विकास चाहने विश्वलाई नेतृत्व दिनेतर्फ अगाडि बढिरहेको देश चीनलाई अप्ठ्यारोमा पार्ने, घेरामा हालेर आक्रमण गर्ने, उपद्रव मच्चाउने रणनीतिमा लागिरहेको छ । आफ्नो विश्वको एकछत्र साम्राज्यलाई जोगाउन, चीनलाई पछार्न, बहुकेन्द्र आक्रमणको नीतिमा ऊ अगाडि बढिरहेको देखिन्छ । ऊ एसियामा तेस्रो विश्वयुद्ध थोपर्न चाहन्छ । किनकि, केही वर्षपछि कुनै बाधा व्यवधान नआएमा अमेरिका र युरोपलाई उछिन्न सक्ने उदीयमान भारत, इन्डोनेसिया, मलेसिया, जापान, दक्षिण कोरिया, साउदी अरबजस्ता देशहरू यही एसियामा छन् । उसले चीनलगायतका उदीयमान देशलाई आक्रमण गर्न अमेरिका, भारत, अष्ट्रेलिया र जापान सम्मिलित सैनिक गठबन्धन क्वाड, अमेरिका, बेलायत र अष्ट्रेलिया सम्मिलित अउकस, अमेरिका, क्यानाडा, बेलायत, अष्ट्रेलिया, न्युजिल्यान्ड सम्मिलित सैनिक गठबन्धन फात् आइज नामक सामरिक रणनीतिक संस्थाहरू खोली अगाडि बढिरहेको छ । ऊ एसियामा युद्ध थोपर्ने, हतियार बेच्ने र एसियाली जनताको नरसंहार गर्नतिर लाग्दै छ ।
उसले जापान, कोरिया, फिलिपिन्स, अष्ट्रेलिया, इन्डोनेसिया, मलेसिया, भियतनाम, बर्मा, बङ्गलादेश, श्रीलङ्का, भारतलगायतका छिमेकी र एसियाली देशलाई चीनसँग भिडाउन उक्साउँदै छ । उसको त्यो कदम र रणनीतिप्रति चीनका छिमेकी र एसियाली मित्र देशहरू सचेत छन् र हुनुपर्छ । त्यस्तै चीनको छिमेकी मित्र नेपालका शासक दलहरूलाई प्रभाव र दबाबमा पारेर एमसीसी र एसपीपीमार्फत युक्रेनलाई जस्तै चीनविरुद्ध प्रयोग गर्न खोज्दै छ । त्यसैले चीनले अमेरिकालाई आगोसँग नखेल्न बेलाबेलामा खबरदारी र चेतावनी दिँदै आएको हो । अमेरिकी पत्रकार एवं लेखिका अन्ना लुई स्ट्रङको एक प्रश्नको उत्तरमा नेता माओले उहीँ बेला अमेरिकी साम्राज्यवाद कागजी बाघ हो भनेका थिए । किनकि, लडाइँ हतियारले मात्रै जित्दैन भन्ने कुरा भियतनाम र अफगानिस्तानबाट अमेरिका भागेको तथ्यबाट थाहा हुन्छ । चीन सन् १९४९ अगाडिको देश होइन, त्यसलाई अमेरिकाले हेक्का राख्नुपर्छ । हामी अमेरिकालगायत विश्वसँग जीत–जीतको सिद्धान्तमा आधारित शान्ति, न्याय, स्वतन्त्रता र विकासको लागि हातेमालो गर्दै अगाडि बढ्न तयार छौँ । यसैमा विश्वका जनताको कल्याण हुने सन्देश राष्ट्रपति सि चिन फिङले दिँदै आएका छन् । चीनले अरूको आन्तरिक मामलामा हस्तक्षेप गरेको छैन ।
अमेरिकी साम्राज्यवादले एसियाली दुई देशलाई मिल्न दिएको छैन । उत्तर र दक्षिण कोरिया हाम्रो अगाडि छ । त्यहाँ एउटै दाजुभाइ र परिवार थिए । अमेरिकाले विगत ७०–८० वर्षदेखि ती दुवै देश अनि कोरियाली दाजुभाइ, परिवारलाई मिल्न दिएको छैन । उसले अमानवीय र अन्यायपूर्ण नाकाबन्दी थोपरेकै छ । दुवै कोरिया, दाजुभाइ, परिवार एकै देशमा बस्ने, विनाबाह्य हस्तक्षेप शान्तिपूर्ण एकीकरण गर्ने कोरियाली जनताको सपना हिजो थियो, आज पनि छ र भोलि पनि रहनेछ । उत्तर कोरिया हिजोको सन् १९५० अगाडिको कोरिया होइन । अमेरिकाले उत्तर कोरियालाई विश्वका जनताको आँखामा छारो हाल्न जनतालाई खान दिएन, भोकै राख्यो र त्यो पैसाले आणविक हतियार बनायो भनेर आरोप लगाउँदै आएको छ । यो आरोप झूट हो, असत्य हो । यदि यो सत्य हो भने यसको जिम्मेवार या दोषी अमेरिकी साम्राज्यवाद नै हो । उत्तर कोरियामाथि झूटो लाञ्छना लगाउनु र विरोध गर्नु उसको धर्म हो । अमेरिकाले विरोध गरेन भने विश्वमा उत्तर कोरिया र समाजवादी व्यवस्थाको लहर र प्रभाव आँधीसरि फैलिने छ । जुन उनीहरूको लागि चिन्ताको विषय छ । उत्तर कोरियाली जनता भोका, नाङ्गा भएका, खान नपाएका, काम नपाएका, पढ्न नपाएका, स्वास्थ्य उपचार निःशुल्क नपाएका कोही पनि छैनन् । यो समाजवादी राज्य व्यवस्थाको दायित्व हो । तर, नेपालमा पटकपटक सरकारमा गएका शासकहरूले कुराले होइन व्यवहारमा, जनताले अनुभव गर्ने गरी काम गर्नुपर्ने थियो । तर, भएन किनकि उनीहरू कम्युनिस्ट नै होइनन् भन्ने कुरा व्यवहारले देखाइरहेको छ ।
अमेरिकी साम्राज्यवादको बारम्बारको धम्की, लामो र अन्यायपूर्ण अमानवीय नाकाबन्दीको कारण उत्तर कोरिया आजको अवस्थामा आउन बाध्य पारिएको हो । उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनले अमेरिकी साम्राज्यवादलाई ‘शान्ति भए शान्ति, युद्ध भए युद्ध’ भनिसकेका छन् । तर, हामी युद्ध चाहँदैनौँ, हामी शान्ति, न्याय, स्वतन्त्रता र विकास चाहन्छौँ, हामी कसैको हस्तक्षेप चाहँदैनौँ भनेर नेता उनले भन्दै आएका छन् । उत्तर कोरियाले जुन आणविक हतियारको विकास गर्याे, जुन अन्तरिक्ष सञ्चार प्रणालीको विकास ग¥यो त्यो पनि अमेरिकी धम्की, अन्यायपूर्ण, अमानवीय कठोर नाकाबन्दीको परिणाम हो भन्ने कुरा नकार्न सकिँदैन ।
यदि अमेरिकाले वास्तविक शान्ति र विकास चाहेको भए दक्षिण कोरियालगायत विश्वका उसका कठपुतली देशहरूमा आफ्नो सेना र हतियार पठाएर सैनिक क्याम्प खडा गरेर युद्ध भड्काउने, उक्साउने, धम्की दिने, हस्तक्षेप गर्ने खालको विभिन्नखाले युद्ध अभ्यास, सैनिक अभ्यास गर्ने वा गराउने थिएन, हतियार बेच्ने थिएन । उसले विश्वका ७० भन्दा बढी देशमा ८०० भन्दा बढी ठाउँमा सैनिक क्याम्प खडा गरेर अड्डा जमाएर बस्ने थिएन । उसले ती सबै ठाउँबाट सैनिक, हतियार, ब्यारेक फर्काएर सम्बन्धित देशलाई स्वतन्त्रता दिनुपर्ने थियो । तर, उसले त्यसो गरिरहेको अवस्था छैन ।
उसले उत्तर कोरिया र चीनलाई उक्साउन, उत्तेजनामा ल्याउन, युद्ध भड्काउन आफ्नो कठपुतली देश दक्षिण कोरियासँग सन् २०२३ मार्च १३ देखि २३ सम्म अर्थात् २०७९ फागुन २९ गतेदेखि चैत ९ गतेसम्म १० दिने संयुक्त सैनिक युद्ध अभ्यास गर्दै छ । उत्तर कोरियालगायत विश्वका शान्ति चाहने जनताले त्यस्तो अभ्यास नगर्न विरोध र खबरदारी गर्दै छन् । सैनिक युद्ध अभ्यास गर्ने अमेरिकाको घोषणापछि सर्वाेच्च नेता मार्शल किम जोङ उनले जनसेनालाई युद्ध अभ्यासको तयारी गर्न निर्देशन दिइसकेको सञ्चारमाध्यममा आएको छ । जुन अमेरिकाको लागि दुर्भाग्य हुनेछ । त्यसैले अमेरिकी साम्राज्यवादले हिजोको होइन आजको विश्वलाई चिनेर, विश्वको एक धु्रव होइन, बहु धु्रव वा परिवर्तनलाई बुझेर अगाडि बढ्नुपर्छ । उसले आगोसँग नखेले सबैको हित हुनेछ ।
Leave a Reply