भर्खरै :

सूर्यविनायकमा श्रमिक महिला भेला

सूर्यविनायकमा श्रमिक महिला भेला

भक्तपुर, २८ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार महिला भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभाका सांसद सृजना सैँजूले समाजवादी व्यवस्थामा मात्र कामदार महिलाहरूको मुक्ति हुन्छ भन्नुभयो । पुँजीवादी व्यवस्थामा पुँजीपतिवर्गका महिलाहरूको हित हुने चर्चा गर्दै उहाँले रुढीवादी परम्परा र अन्धविश्वासलाई चिर्दै समाजवादी व्यवस्थाको लागि कामदार महिलाहरू एकजुट हुनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ सूर्यविनायकका अध्यक्ष मीना मास्केको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेमकिपा सूर्यविनायकका अध्यक्ष सूर्यभक्त त्वाती, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य श्याम विसुंके, नेपाल क्रान्तिकारी महिला सङ्घ नगर समितिका उपाध्यक्ष चनमती बखुन्छे, सचिव मनशोभा सुवालले आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
भेलाले चनमती बखुन्छेको अध्यक्षतामा ११ सदस्यीय नेपाल क्रान्तिकारी महिला सङ्घ सूर्यविनायक नगर समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *