भियतनाम युद्धले फेरिएका शान्ति अभियन्ता
- जेष्ठ ७, २०८२
सरकारी होस् या निजी संस्था हरेकको काम जनताकेन्द्रित हुनुपर्छ । जुन संस्था या निकायमा पुगे पनि काम खुरूखुरू भएमा जनता खुसी हुन्छन् र कुनै दुखेसो पोख्ने ठाउँ हुँदैन । जब जनताले न्याय, समानता पाउँदैनन्, समयमा जनताको काम हुँदैन, काम गर्न र गराउन घुस खुवाउनुपर्छ, चाकडी गर्नुपर्छ तब जनतामा निरासा छाउँछ र जनतामा सन्तोषको अनुभूति हुँदैन । एक–दुई निकाय र संस्थाले, दुई–चार नगरपालिका र गाउँपालिका, एक–दुई वटा अस्पतालले जनताको सेवा गरे पनि, जनताकेन्द्रित काम भए पनि सन्तोषको सास फेर्न पाउने स्थिति हुँदैन । दुई–चार वटा आधारभूत विद्यालय, दुई–चार वटा माध्यमिक विद्यालय र कलेजको पढाइमा गुणस्तरीय भए पनि देशको शिक्षा स्तरीय हुने होइन, विद्यार्थीहरू दक्ष र योग्य हुने होइनन् । यसकारण, देशभरिका गाउँपालिका, नगरपालिका, विद्यालय, कलेज, अस्पताल, सरकारी र गैरसरकारी कार्यालयहरूको काम सबै जनताकेन्द्रित हुनुपर्छ ।
अस्पतालमा पुग्दा सर्वसाधारणको वास्ता हुँदैन, समयमा उपचार हुँदैन, भएको औषधि पाउँदैन, आज गर्नुपर्ने उपचार या शल्यक्रिया भोलि भोलि भन्दै पन्छाइन्छ भने जनताको स्वास्थ्य सेवा कसरी हुन्छ ? जनताको स्वास्थ्य सेवाको मापदण्ड भनेको बिरामी सङ्ख्याको दर्ता होइन । बिरामी सङ्ख्या धेरै दर्ता हुने तर सेवा थोरै हुन्छ भने त्यसलाई भरपर्दो सेवा मानिँदैन । सरकारी कार्यालयमा घुसबिना काम हुँदैन भने त्यो कसरी वास्तविक सेवा हुन्छ ? काम चाँडो गर्ने नाउँमा गलत कार्य पनि गर्नुहुँदैन । तर, भोलि भन्दै पन्छाउने काम कुनै पनि गाउँपालिका, नगरपालिकामा र सरकारी या गैरसरकारी कार्यालयमा हुनुहुँदैन । कुनै पनि सङ्घ संस्थामा काम गर्ने जनप्रतिनिधि, प्रबन्धक, व्यवस्थापक, हाकिम, अधिकारी या कर्मचारीहरूले जनताकेन्द्रित भएर काम गर्नुपर्छ ।
जनप्रतिनिधि, हाकिम र कर्मचारीहरूमा सेवाको भावना हुनुपर्छ । आ–आफ्नो पदीय दायित्व निर्वाह गर्नुपर्छ । आफ्नो पद भुल्ने, पदको दुरूपयोग गरेर अकुत सम्पत्ति कमाउने या अनियमितता गर्ने काम कसैले गर्छ भने त्यो गलत हो । इमानदारीपूर्वक काम नगर्दा र जिम्मेवारी नसम्हाल्दा जनतामा असन्तुष्ट हुन्छ । जनताको सेवा गर्नुपर्छ भन्ने ध्येयले काम हुँदैन, सेवा भाव हुँदैन भने जनतामा कसरी खुसी छाउँछ ? आज कतिपय निकाय या संस्थामा जनप्रतिनिधि, संंस्थाका पदाधिकारी तथा कर्मचारीहरूको लापरबाही र गैरजिम्मेवारीले गर्दा जनता असन्तुष्ट छन् । यसले संस्थाकै बदनाम भएको पाइन्छ । कर्मचारीबिच समन्वय नहुँदा, निर्देशन पालना नगर्दा र जिम्मेवारी भुलेकोले पनि जनताको काम नभएको जनतामाझ चर्चा हुन्छ । जनताको विश्वास जित्न सके, जनताको काम सहज ढङ्गले गरे कुनै पनि संस्था या निकायले गर्ने काममा पनि जनताको साथ र सहयोग हुन्छ र काममा सफलता पाउँछ । काममा जनताको सहभागिता बढ्छ र त्यो काम भरपर्दो र विश्वासिलो हुन्छ । अनुचित लाभ लिएर, पदीय दुरूपयोग गरेर जनताको काममा बेवास्ता भएमा जनताको विरोध हुनु स्वाभाविक हो ।
Leave a Reply