भर्खरै :

उपराष्ट्रपतिमा यादव निर्वाचित

उपराष्ट्रपतिमा यादव निर्वाचित

काठमाडौँ, ३ चैत (रासस) । देशको तेस्रो उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित हुनुभएको छ । यादव जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार हुनुहुन्थ्यो । उहाँले सङ्घीय संसद्तर्फ एक सय ८४ र प्रदेशतर्फ तीन सय २९ मत (कूल ३० हजार तीन सय २८ मतभार) प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) ले सङ्घतर्फ एक सय चार र प्रदेशतर्फ एक सय ६९ (कूल १६ हजार ३२८ मतभार) प्राप्त गर्नुभयो ।
नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालले निर्वाचित भएको प्रमाणपत्र दिनुभयो ।
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मुलुक समृद्धरूपमा अगाडि बढोस्, शान्तिप्रक्रिया निष्कर्षमा पुग्न बाँकी छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि पनि मेरोतर्फबाट हुने प्रयास मैले इमान्दारिपूर्वक गर्नेछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *