भर्खरै :

उत्कृष्ट छोटो भिडियो निर्माता पुरस्कृत

उत्कृष्ट छोटो भिडियो निर्माता पुरस्कृत

भक्तपुर, ३ चैत । भक्तपुरमा भएको सर्ट भिडियो मेकिङ कम्प्युटिसन (छोटो भिडियो बनाउने प्रतियोगिता) मा उत्कृष्ट पाँच जना भिडियो बनाउने निर्माताहरू पुरस्कृत भएका छन् । उनीहरूलाई ख्वप मावि भक्तपुरका भाइस प्रिन्सिपल विष्णुप्रसाद किसीले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगितामा गंगा शाक्य, सारु लामा, सरोज शिल्पकार, मिलान भुजेल र सुष्मिता तामाङको भिडियो उत्कृष्ट हुन सफल भयो । प्रतियोगितामा मानविकी सङ्कायअन्तर्गत राजनीतिशास्त्रका विभिन्न विषयहरूमा अध्ययनरत २४ जना विद्यार्थीहरू सहभागी भएका थिए । उनीहरू लैङ्गिक समानता, सामाजिक न्याय, संविधान, महिला सशक्तीकरणलगायतका विषयमा आ–आफ्नो प्रस्तुतिसहित प्रतियोगितामा सहभागी भएका थिए ।
कार्यक्रममा भाइस प्रिन्सिपल किसीले मानवलाई मानवता जोड्ने मानविकी सङ्कायअन्तर्गतका विषयहरूले देश र समाज बुझ्न सिकाउने बताउनुभयो । मानविकी विभागका प्रमुख राजु लासिवा, पत्रकारिताका शिक्षक कृष्ण किसीलगायतले विद्यार्थीहरूको सीप र शिक्षालाई प्रविधिसँग जोडेर शिक्षालाई सहज बनाउन प्रतियोगिताको मुख्य लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा कलेजमा स्नातक तहमा अध्ययनरत उज्ज्वल ह्योँगोजु, रीतिका दुवाल, रुवि केसी, योगिना श्रेष्ठ, विश्वास ग्वाछालगायतका विद्यार्थीहरूले शिक्षालाई प्रविधिसँग जोडेर लान सक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्नातक तह प्रथम वर्षका सुजन मगरले गीत गाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *