सिंहदरबारमा बलात्कारपछि हत्याको ‘मुद्दा मिलाउन’ गृहमन्त्री आफै !
- भाद्र १५, २०८३
शान्ति र न्यायका लागि सङ्घर्ष
सन् १९१३ को अन्त्यतिर, गोर्कीको आत्मकहानीमा आधारित तीनओटा कृतिहरूमध्येको पहिलो भाग बालककाल प्रकाशित भयो । निश्नीमा बस्दा उनले हासिल गरेको साहित्यिक सफलतादेखि नै उनले यो आत्मकहानी लेख्न चाहेका थिए । पहिलो कृति ‘बालककाल’ मा उनले आफ्नो बालककालका विचार, दृश्य र अनुभवहरूको साथसाथै जारशाही रसियाको राजनीतिक र सांस्कृतिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू प्रस्तुत गरेका छन् । यसको साथै उनले त्यतिबेलाका रूसी जनताको शक्ति, विवेक र दुःख दर्दहरू पनि देखाएका छन् । त्यही समयमा प्रकाशित उनको अर्को कृति ‘रूसभरबाट’ मा गोर्कीले उनको यात्रामा भेटेका मानिसहरूका परम्परागत चलनचल्तीहरू र अल्पसङ्ख्यक जातिका गीतहरूका विषयमा सुन्दर किसिमले कुशलतापूर्वक वर्णन गरिएका लेख र कथाहरू समावेश गरेका छन् ।
काप्रीको बसार्इँमा गोर्कीले दोस्तोएभस्कीका सम्पूर्ण कृतिहरू दोहो¥याएर पढे । त्यसपछि उनी अस्तित्ववादी अभियानको मुख्य सूत्रपात दोस्तोएभस्कीबाटै भएको । रहेछ भन्ने कुरामा पूर्ण विश्वस्त भए । सन् १९१३ मा अब मस्को नाट्यशालाले दोस्तोएभस्कीको मसानघाटको रूपान्तरित नाटक देखाउने इच्छा व्यक्त गर्यो ।
यो विरोधको बावजूद पनि मसानघाट प्रदर्शन भयो । प्रतिक्रियावादी पत्रिकाहरूले फेरि एकपटक गोर्कीलाई निर्ममतापूर्वक प्रहार गर्ने अवसर पाए । सन् १९१५ मा लेखिएको गोर्कीको बूढो मान्छे भन्ने नाटक स्पष्टरूपमा दोस्तोएभस्कीको विरुद्धमा लक्ष्य गरिएको छ ।
ज्नानिए समूहसित सम्बन्धित अधिकांश लेखकहरू बिस्तारै प्रतिक्रियावादी भए । सन् १९१२ मा भएको यो घटनाबाट अत्यन्त दुःखित भएका गोर्की प्रकाशनगृहबाट अलग भए र यस अगाडिभन्दा बढी रूपमा सर्वहारा लेखकहरूसित सम्बन्ध कायम गर्ने निधो गरे । उनले आफ्नो जीवनको बाटो कति कठिन भएको थियो र आफूले कस्तो कष्टमय बाटो हिँडेर यहाँसम्म आएका थिए भन्ने कुरो कहिल्यै पनि बिर्सेनन् । उनले आफ्ना अनुभवहरू उनलाई विशिष्ट महात्मा सम्झेर सहयोगको निम्ति उनीसित आएका नयाँ नौजवान लेखकहरूलाई सुनाए । उनले ती नौजवानहरूलाई सामान्य र यथार्थ बन्नका लागि दोहो¥याई तेहे¥याई सम्झाए । “ढर्रावादी लेखकहरूको अथवा बनावटी शब्दहरूको जालमा नफस, यथार्थ र सरल दुई दिदीबहिनीहरू हुन् र सुन्दरता तिनीहरूपछिको तेस्रो हो ।” उत्साही लेखकहरूमध्ये धेरैजसो सामान्य जनताबाट आएका थिए । गोर्कीले उनका यी नौजवान साथीहरूलाई बडो यत्नपूर्वक सरसल्लाह दिए, तिनीहरूका ससाना कुराहरू पनि ध्यानपूर्वक सुने, तिनीहरूका लेखहरू सुधार्ने प्रयत्न गरे र तिनीहरूका ससाना गल्तीहरू पनि औँल्याए । आफ्नो जीवन असल काममा समर्पित गर्न चाहने लेखकहरूले आफूलाई जनताबाट कहिल्यै पनि अलग्याउनु हुन्न भन्ने कुरा सम्झाउन उनी कहिल्यै पछि परेनन् ।
२६ जनवरी, १९१४ मा प्राभ्दामा प्रकाशित एउटा निबन्धमा गोर्कीले नौलो यथार्थवादी अभियानको पुनर्जन्मको भविष्यवाणी गरेका थिए । त्यो अभियानलाई अगाडि बढाउनका लागि उनले सर्वहारावादी लेखकहरूले साहित्यिक सङ्कलनको सम्पादन गरे र भूमिकामा लेखे– “एकदिन, यो सङ्ग्रहलाई आफ्नै किसिमको साहित्य सिर्जनाको दिशामा रूसी सर्वहाराहरूको पहिलो पाइलोमध्येको एक पाइलाको रूपमा लिइनेछ ।
प्रथम विश्वयुद्धको सूत्रपातले गोर्कीलाई गम्भीर किसिमले चोट पु¥यायो । यसको प्रारम्भदेखि युद्धको घोरविरोधी मानिसहरूमध्ये गोर्की एक थिए । उनी यसै सन्दर्भमा उनका धर्मपुत्र सिनोभीसित पनि जङ्गिए । सिनोभी स्वयम्सेवकको रूपमा खास गरेर रूसीहरूको लागि जगेडा सेनाको रूपमा राखिएको फ्रान्सेली विदेश विभागको एउटा पल्टनमा सैनिक सेनामा लागेका थिए । (सिनोभी अहिले फ्रान्सेली जेनेरल र पेरिसका लागि अवकाश प्राप्त सैनिक सहचरी छन् । उनलाई ‘दि ग्रेट क्रस अफ द लेजिअन डी अनर’, ‘दि क्रस अफ वार’ र ‘दि मिलिटरी मेडाइले’ भन्ने फ्रान्सेली उच्च सम्मानले विभूषित गरिएको छ ।)
सभा–समारोहहरू र निबन्धहरूको माध्यमबाट गोर्कीले शान्तिको पक्षमा अत्यन्त दृढताका साथ आवाज उठाए र दमनको विरुद्धमा उत्रे । सन् १९१५ को डिसेम्बर ८ दिन लिपोटिजको पहिलो अङ्ग निस्कियो । त्यसको प्रमुख सम्पादक गोर्की थिए । लिपोटिज राष्ट्रवाद र उपनिवेशवादसित लड्दै राष्ट्र–राष्ट्रबिचका कृत्रिम सिमानाहरूको घेरामा नबाँधिएर पूरै युरोपभरि शान्तिको लागि आह्वान गर्ने पहिलो पत्रिका थियो । यो पत्रिकाको पहिलो अङ्गका दस हजार प्रतिहरू तत्कालै बिक्री भए ।
यो पत्रिकाको माध्यमबाट गोर्की अन्तर्राष्ट्रिय ख्यातिप्राप्त समाजवादी र शान्तिवादी जर्ज बर्नाड शा’, रोमाँरोला र एच.जी. वेल्सजस्ता मानिसहरू जो “अस्तव्यस्त स्थितिबाट पर रहेका, हाम्रो ग्रहका अत्यन्त उत्साहित र सिर्जनात्मक प्रतिभा भएका लाखौँ मानिसहरूलाई नष्ट गरिरहेको पागल युद्धदेखि अत्यन्त चिन्तित भएका मानिसहरू थिए, तिनीहरूसम्म पुग्ने प्रयत्न गरे । यसबाहेक सामान्य जनसमूहका बिचमा नयाँ प्रतिभाहरूलाई परिचित गराउने पनि त्यो पत्रिकाको उद्देश्य थियो । यसले मायाकोभ्स्कीको ‘युद्ध र शान्ति’ भन्ने कविता पहिलो पटक छाप्यो । त्यो कवितामा कविले उनका आफ्नै शब्दमा भनेजस्तै ‘कविताको माध्यमबाट युद्धको मुखमा थुक्ने’ प्रयत्न गरेका थिए ।
लिपोटिज र पारूस प्रकाशनगृहले प्रतिक्रियावादी र युद्धपिपासु समूहका नीच–क्रियाकलापहरूलाई कठोरतापूर्वक आक्रमण गर्दै सबै मुख्य सहरहरू र गाउँहरूमा समेत पर्चा र पुस्तिकाहरू वितरण गरे । ती समूहहरूले पछि गएर “आज म्याक्सिम बदमासहरूको सर्दार मात्र नभएर एउटा डरलाग्दो प्रकाशक पनि भएको छ” भन्दै विष बमन गरे । तिनीहरूले सरकारी अधिकारीसमक्ष गएर उनलाई कडा कारबाही गर्नका लागि उजुरबाजुर गरे । सरकारी अधिकारी उनलाई कारबाही गर्न तुरुन्तै वचनबद्ध भएर एउटा रिपोर्टमा “समाजवादी प्रजातन्त्रवादी झुकाव र पराजयलाई स्वीकार गर्ने भावना भएको पत्रिका भन्ने कुरो उल्लेख गरे । तर न्यास्पुटीनको मृत्युपछि भने त्यो कम्पनी बन्द गराउन तिनीहरूलाई समय नै मिलेन । लिपोटिज अर्को एकवर्षसम्म जीवित रह्यो र छपाइसम्बन्धी कठिनाइहरू उत्पन्न भएकोले त्यसपछि प्रकाशन स्थगित गर्नुपर्यो ।
जब जारशाही सरकारले पश्चिमी किल्लामा हार हुनुको मुख्य दोष यहुदीहरूमाथि थुपार्दै तिनीहरूलाई सास्ती दियो– गोर्कीले तीव्र शब्दमा त्यसको विरोध गरे । उनले ‘ढाल’ भन्ने पत्रिकाको सम्पादन गरे । यो पत्रिकामा उसका सम्पूर्ण वरिष्ठ लेखकहरूले योगदान गरे । पत्रिकाबाट भएको नाफा रकम यहुदी शरणार्थीहरूको लागि जान्थ्यो ।
सन् १९१६ मा गोर्कीले उनको आत्मकहानीको दोस्रो भाग संसारमा प्रकाशित गरे । यो किताबमा जीविकोपार्जनको लागि रल्लिंदै हिँड्नुपर्दाका कठिन वर्षहरूका उनका अनुभवहरू, जसले उनलाई “हामीले बिताइरहेको जीवनको कुनै मूल्य छैन, हामीहरूले यसभन्दा राम्रो जीवन जिउनुपर्छ” भन्ने बुझ्न सघाए, तिनै कुराहरूको वर्णन गरिएको छ ।
सन् १९१७ को सुरुदेखि नै रूसमा खाद्यान्न सङ्कट प¥यो । सेन्टपिटसबर्गमा हडताल र प्रदर्शनहरू सुरु भए । फेब्रुअरी महिनामा श्रमिकहरू र सेना एक भएर मिले । मार्च २ मा जारले गद्दी छोड्यो र एउटा कामचलाउ सरकारको गठन भयो । यसको लगत्तैपछि देशभरि बुर्जुवा प्रजातन्त्रवादी क्रान्तिको लहर फैलियो ।
जारतन्त्रबाट मुक्ति पाएकोमा अत्यन्त हर्षित भएर भर्खरै प्रकाशित भएको नयाँ पत्रिका ‘सोभाया शिज्न’को माध्यमबाट गोकीले हर्ष पोखे । यसका साथसाथै, शान्तिको लागि उठेको जनआवाजप्रति रत्तिभर वास्ता नराखिकन बसेको मिल्युकोभ र करेन्स्कीको सरकारको साम्राज्यवादी योजनाप्रति गोर्कीले कडा आवाजमा विरोध जनाए । युद्ध जारी रह्यो । आन्तरिक घटनाहरूलाई हेरेर विवेचनात्मक हिसाबले अध्ययन गरेपछि गोर्कीले बोल्सेभिकहरूको पक्ष लिए । केरेन्स्कीले बोल्सेभिकहरूलाई सखाप पार्ने प्रयत्न गरेका थिए । गोर्कीका लेखहरू ‘असामयिक विचारहरू’ शीर्षकमा धेरैजसो पत्रिकाको पहिलो पानामा छापिन्थे । उनले कामदारहरू र शिक्षित समुदायका बिचमा पनि सम्झौताको आशा गरेका थिए ।
सन् १९१७ को गृष्ममा रूसमा गृहयुद्धको सम्भावना बढ्यो । बोल्सेभिकहरूको स्थिति श्रमिकहरू र सिपाहीहरूको बिचमा बढी बलियो भयो लेनिनको ‘शान्तिपूर्ण भन्ने लेख र सशस्त्र सङ्घर्षको घोषणाबाट गोर्की अत्यन्त आतङ्कित भएका थिए । यसबाट केवल ‘अराजकता फैलिने छ र सर्वहारा वर्ग र क्रान्तिको पतन हुनेछ’ भन्ने सोचेर गोर्कीले सबै किसिमका ‘रक्तपातपूर्ण युद्ध’ को विरुद्धमा साहसका साथ आवाज उठाए ।
सन् १९१७ को अक्टोबर २४ को दिन लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सुरु भयो । मुख्य लडाई २५ अक्टोबरको दिन भयो । नयाँ पात्रोअनुसार १७ नोभेम्बर) । कामचलाउ सरकार सत्ताच्युत भयो र रूसी समाजवादी सङ्घीय सोभियत गणतन्त्रको घोषणा भयो । भोलिपल्ट दोस्रो अखिल रूसी सोभियतहरूको बैठकले ‘शान्तिका लागि’ र ‘मातृभूमिका लागि’ भन्ने ऐतिहासिक घोषणा ग¥यो । गोर्की, अत्यन्त उदास र चिन्तित भएर रक्तपातपूर्ण लडाइँ, ध्वंस र “ल्पेहभे र स्टोलिपिनले जस्तै अत्यन्त आतङ्ककारी कारबाही’ गरेर पुराना क्रान्तिकारीहरूलाई पक्रेको दृश्य ध्यानपूर्वक हेरे । उनी लेनिन र ट्राट्स्कीमाथि सार्वजनिक रूपमा आक्रमण गर्न डराएनन् । ‘प्राभ्दावाले उनलाई ‘श्रमिक जनताका शत्रुहरूको भाषा बोल्ने’ भनेर दोषारोपण नगरेसम्म गोर्कीले ‘समाजवादको पतन’ बारे लेखहरू लेखे । बोल्सेभिकहरूले कुनै हिचकिचाहटबिना नै गोर्कीको पत्रिकाको जाँचबुझ गरे र अप्रिय लेख र खबरहरू छापेबापत जरिवाना गरे । त्यसपछि नोभाया शिज्न बेग्लै नामबाट साबिकअनुसार निस्कन थाल्यो ।
यसरी नै, सोभियत सङ्घ र अरू राष्ट्रहरूबिचको मैत्रीपूर्ण सम्बन्धबार लेनिनको राजनीतिक कदमको गोर्कीले समर्थन गरे । समाजवादी र यथार्थवादी म्याक्सिम गोर्कीले आफूलाई एउटा पार्टीको सीमित घेराभित्र जकड्याएर राख्न सकेनन् । गोर्कीले आफलाई ‘राजनीतिप्रति वास्ता’ नभएको कुरो घोषणा गरे । यसो हुँदाहुँदै पनि उनले आफ्नै किसिमले, उनका प्यारा रूसी जनताको दुःख कष्टलाई कम गराउन प्रयत्नशील रहे । क्रान्तिको समयमा सांस्कृतिक कृतिहरूको संरक्षण गर्ने उनको प्रयत्नमा उनी अत्यन्त कर्मठ थिए । उनले कलासम्बन्धी कृतिहरूको संरक्षण गर्न एउटा समितिको निर्माण गरे र जनताहरूलाई शिक्षित बनाउनको लागि एउटा समूहको सङ्गठन गरे । त्यसलाई उनले ‘स्वतन्त्रता संस्कृति’ को संज्ञा दिए । उनको किशोरावस्थामा उनलाई सताएको बौद्धिक खुराकको कमीलाई सम्म उनले समाजका सबै तहका मानिसहरूले विज्ञान र कलाको अध्ययन गर्न सकून् भन्ने उद्देश्यले विभिन्न प्रयत्न गरे । यसको उदाहरणमा सन् १९१९ मा स्थापित ‘विश्वसाहित्य’ प्रकाशनगृहलाई लिन सकिन्छ । त्यसको मुख्य उद्देश्य विश्वभरका उत्कृष्ट लेखकहरूका विशिष्ट कृतिहरू उपलब्ध गराउनु थियो । सन् १९१८ मा पेट्रोग्राडमा स्थापना भएका श्रमिकहरू र किसानहरूको पहिलो विश्वविद्यालयलाई सघाए, गोरोरा वोरियलिस भन्ने बालपत्रिकाको सम्पादन गरे र सन् १९२० मा अल्पवयस्कहरूको अपराध रोकथामका लागि एउटा आयोगको स्थापना गरे । सन् १९१८ मा केटाकेटीहरूका लागि लेखिएका कथाहरूको एउटा सङ्ग्रह येरालेस र सर्वहारावादी लेखहरूका कृतिहरूको दोनो सङ्ग्रह प्रकाशित भएका थिए । समकालीन लेखक र समालोचकहरूका लागि ‘एकटुक्रा रोटी र अलिकति न्यानो’ प्रदान गर्नका लागि गोर्कीले तिनीहरूको ‘कलागृह’ को सुविधा प्रदान गराएका थिए ।
गोर्कीले जेजति सङ्गठनहरूमा भाग लिए ती सबैको यहाँ उल्लेख गर्न सम्भव छैन । उनले यी सप्पै क्रियाकलापहरूलाई गम्भीरतासाथ लिए । उनी भन्थे, “नयाँ मानिसहरू अस्तित्वका नयाँ अवस्थाद्वारा सिर्जना गरिन्छन् र नयाँ अवस्थाहरूले नयाँ मानिसहरूको सिर्जना गर्छन् ।” उनी वादविवादमा भाग लिन्थे, टेलिफोनबाट कुराकानी गर्थे, सरकारी अधिकृतहरूलाई चिठीपत्र लेख्थे, सरकारलाई लेख्थे र कतैबाट पनि केही सीप लगागेपछि लेनिन स्वयम्लाई पनि लेख्थे । उनी पूर्णरूपमा थकित नभएसम्म यसो गरिरहन्थे । “मैले तपाईलाई फेरि पनि कचकच गर्नुपरेकोमा क्षमाप्रार्थी छु ।” उनी प्रायः प्रत्येक दिन लेख्ने गर्थे, “मसँग अरू उपाय छैन ।“ जब चिठीबाट भनेको काम सम्पन्न हुँदैनथ्यो, उनी व्यक्तिगत रूपमा लेनिनसित भेट गरेर कुराकानी गर्न चौबीस घण्टाको रेलयात्रा गरेर मस्को पुग्थे । उनका आग्रहपूर्ण निवेदनहरूद्वारा उनले धेरै मानिसहरूको जीवन बचाए । तत्कालीन क्रान्तिकारी व्यवहारका कारबाहीहरूबारे लगभग सधैजसो उनी लेनिनसित गुनासो पोख्थे ।
जब गोर्की लालसेनाका सिपाहीँहरू, कामदारहरू, विद्यार्थीहरू र स्वास्नीमान्छेहरूका लागि केही पढेर सुनाउँथे, असङ्ख्य मानिसहरू भेला हुन्थे, किनभने ती क्रान्तिकारीहरू साहित्यप्रति उत्सुक थिए । सन् १९१९ मा गोर्कीले टाल्सटाय र एन्ड्रेयेभसम्बन्धी संस्मरणहरू र कम्युनिस्ट इन्टरनेसनल पत्रिका प्रकाशित गरे । उनले राष्ट्रहरूबिचको मध्यस्थता र प्रतिक्रान्तिकारी श्वेत रक्षक विरोधी लेखहरू लेखे । सन् १९१९ – १९२० को भयानक अनिकालको अवधिमा गोर्कीलाई वैज्ञानिकहरूको जीवनस्तर सुधार्नको लागि गठित केन्द्रीय समितिको अध्यक्ष बनाइयो र लेनिनको सुझाउमा उनले पश्चिमका राष्ट्रहरूसित रूसका भोका मानिसहरूलाई सहयोग गर्न अपिल गरे ।
उनको कष्टमय जीवन र अरूहरूको लागि उनले गरेको निरन्तर परिश्रमलाई हेर्दा उनलाई क्षयरोगले करेप्नुमा कुनै आश्चर्य महसुस हुँदैन । उनको स्वास्थ्यबारे लेनिन अत्यन्तै चिन्तित थिए । उनको स्वास्थ्य राम्रो भइहाल्छ कि भन्ने आशा भएको हुनाले लेनिनले उनलाई उपचार गर्नका लागि विदेशतिर जान सम्झाए । “तिमीले खोक्ता रगत आउँछ, तर तिमी यहीं बसिरहन्छौ । म तिमीलाई जिद्दीवाल नबन्न आग्रह गर्दछु । मेरो अनुरोध स्वीकार गर, बाहिरतिर जाउ र आफ्नो उपचार गर ।” अन्त्यमा, सन् १९२१ को अक्टोबरमा गोर्कीले लेनिनको सल्लाह अनुशरण गर्दै ब्याकफरेष्ट र स्वीट्जरल्याण्ड गए । आउँदो गृष्मऋतु बाल्टिक समुद्रका हेरिङस्डोर्फमा बिताएर, सन् १९२२ को अन्त्यतिर उनले बर्लिन नजिकैको चार्मुब्जेल तलाउको किनारमा व्याड्सारोको पहिलेको आरामगृह भाडामा लिए । उनी त्यहाँ उनका छोरा म्याक्सिम, उनका ज्वाईँ तिमोशा र अरू केही साथीहरूसित बसे । उनले त्यहाँ उनको आत्मकहानीमा आधारित उपन्यासको तेस्रो भाग मेरा विश्वविद्यालयहरू र कोरोर्लेकोका संस्मरणहरू लेखे । यसबाहेक नयाँ लेखकहरूको एउटा सानो समूहको सहयोग लिएर उनले बेसेडा भन्ने साहित्यिक वैज्ञानिक पत्रिका निकाले । त्यो पत्रिकाको माध्यमबाट रूसी पाठकहरूलाई स्टेफन जिविङ, एच.जी.वेल्स, रोमाँरोला, हेनरी बाबुस, जर्ज बर्नाड शाँ र जोन् ग्याल्स्वोर्थीजस्ता पश्चिमी लेखकहरूको परिचय दिनु उनको उद्देश्य थियो ।
सन् १९२४ को जनवरीमा जब उनले लेनिनको मृत्युको खबर सुने, गोर्की अत्यन्त गहिरो किसिमले शोकाकुल भए, “टाल्सटायको मृत्युमा पनि म यति धेरै शोकाकुल भएको थिइनँ । मेरो हृ दय भारी भएर आयो । चालकले जहाज छाडेका छन्…” एउटा सामान्य श्रद्धाञ्जलीसहित उनले एउटा फूलको माला पठाए ‘बिदा, मेरा मित्र’ । यसपछि उनले तत्कालै भी.आई. लेनिनका सम्झनाहरू लेख्न सुरु गरे । यो किताब अमेरिका, फ्रान्स र रूसबाट तुरुन्तै प्रकाशित हुनेवाला थियो । उनले यी संस्मरणहरू धेरैपटक लेखे र अन्तिम पटक सन् १९३१ मा लेखे । ती संस्मरणहरूको यो चित्राङ्कन सोभियत सङ्घका संस्थापकका अत्यन्त सुन्दर चित्रणहरूमध्येमा पर्छ ।
त्यसपछि उनले ‘ल्किम सामगीनको जीवनी’ भन्ने धेरै भाग भएको उपन्यास लेख्न सुरु गरे । “यो थुप्रै भागहरू भएको किताब, एउटा उपन्यासभन्दा बरू सन् १८८० देखि १९१८ सम्मका घटनाहरूको क्रमिक लेखोट हुनेछ भन्ने कुरो मैले ठानेको छु । यसमा मैले निकै धेरै समयसम्म काम गर्नुपर्ने हुन्छ होला, एकवर्ष अथवा यसभन्दा बढी समय पनि लाग्न सक्छ ।” यो किताबमा उनले ‘काल्पनिक पात्रहरू’ को माध्यमबाट रूसी शिक्षित समुदायले क्रान्ति र जनताको हितको विरुद्धमा खेलेको गलत भूमिकाको भण्डाफोर गरेका छन् । यो कृतिबारे रूसी विश्वकोश लेख्छ – “अत्यन्त बृहत् र खारिएको, यथार्थताको अत्यधिक नजिक पुगेर चित्रित गरिएको, यथार्थताका आधारभूत अन्तरविरोधको विशाल प्रदर्शन, महाकाव्यको रूपमा अत्यन्त मोटो (ठूलो) प्रतिनिधित्व र धेरै दार्शनिक विचारहरू भएको ।’ यो कृति, गोर्कीले चालीस वर्षको समयका अवधिमा भोगेका र हेरेको रूसी जीवनको पूर्ण झलक हो । यो कृति कहिल्यै पनि पूरा हुन सकेन । यो उपन्यासका केवल तीन खण्डहरू प्रकाशित भएका छन् । यो कामलाई अधुरै छाडेर गोर्की बिते ।
यो उपन्यासमा कार्यरत भएकै समयमा गोर्कीले समकालीनहरूका संस्मरण गरे । यसमा खास गरेर उनले क्रास्सीन र येसेनिनका साथसाथै थुप्रै कथाहरू, लेख्न सुरु विशेष गरेर ‘उपाख्यानहरू’ लेखे । यसले येगोर बुलिचेम् भन्ने नाटकको लागि विषयवस्तु प्रदान ग¥यो ।
उनले रूसका घटनाहरूलाई अत्यन्त उत्सुकतापूर्वक हेरे र जाँचबुझ गरे । यद्यपि उनले सरकारी पक्षको आलोचना गर्थे, तथापि अरू विदेशी देशहरूबाट आक्रमण भएको खण्डमा तिनीहरूसँग घोच्ने तीखा शब्दहरूमा मुकाबिला गर्दै प्रतिरोध उनका सबभन्दा बढ्ता नामी विद्वतापूर्ण छलफलहरूमध्ये श्वेत रुसी प्रवासीहरू अमेरिकामा तथाकथित अराजकतावादीको संज्ञा दिएर मृत्युदण्ड दिने युद्ध चलाइएका स्याको र भेन्जेटीकोको मुद्दाको विरुद्धका बहसहरू उल्लेखनीय छन् । शान्ति, प्रजातन र समाजवादको पक्षमा उनले कैयौंपटक आवाज उठाए ।
गोर्कीले संसारका विभिन्न ठाउँबाट उनलाई पठाइएका चिठीपत्रहरू बढी चाख मानेर उत्साह र धैर्यतासाथ पढ्थे । उनी निवेदनहरू पढ्थे, साथीहरूले शुभकामनारू पढ्थे, समीक्षाको लागि उनलाई प्रायः आइरहने नयाँ प्रकाशनहरू पढ्थे । काप्री र मास्कोमा जस्तै सोरेन्टीमा पनि उनी वकिल र शिक्षक भएर काम गरे र नयाँ पिँढीका लेखकहरूका लागि एउटा मित्र बने । सन् १९२८ मा लेखिएको ‘मै लेख्न कसरी सिकेँ’ भन्ने आफ्नो निबन्धमा उनले आफ्ना अनुभवहरू बताएका छन् । त्यो समयका प्रत्येक प्रतिभाशाली लेखकले गोर्कीबाट प्रेरणा र साहस पाए, तिनीहरूमध्ये मायाकोभ्स्की, पाभलेन्को, फेदिन अलेक्सेयी टाल्सटार्य र अरू धेरै–धेरै हुन् ।
Leave a Reply