अमेरिकी आक्रमणको जवाफमा इरानद्वारा जोर्डनस्थित सैन्य अखडा लक्षित प्रहार
- भाद्र १५, २०८३
भक्तपुर, ९ चैत । सर्वसुलभ उपभोक्ता सहकारी संस्था लि.ले लिबालीमा सहकारीे पसलको शाखा विस्तार गरेको छ । उक्त सहकारीको पसल भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा उहाँले सहकारी संस्थाहरूले आफ्नो व्यापार व्यवसायबाट धेरै नाफा कमाउने भन्दा पनि आफ्ना सदस्यहरूलाई सुविधा दिने र नेपाली उत्पादनलाई प्राथमिकतामा दिएर पसल सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
बिचौलियाहरूको अन्त्य गर्न सहकारी पसलले भूमिका खेल्ने विश्वास व्यक्त गर्दैै उहाँले पसलमा सर्वसुलभ तथा गुणस्तरीय सामान बिक्री वितरण गर्नतर्फ जोड दिन प्रेरित गर्नुभयो । जनसमुदायको विश्वास कायम गर्नु पनि अर्को सफलता भएको बताउँदै उहाँले उपभोक्ताहरूलाई आफ्नो अधिकारप्रति सचेत बनाएर कानुनले दिएको उपभोक्ता अधिकार प्रयोग गर्न सक्षम बनाउनु आजको आवश्यकता भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले सर्वसुलभ सहकारीले उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर सेवा अगाडि बढाउनु आफैँमा सफलता पर्ने बताउँदै लिबाली क्षेत्रको विकासमा वडाले गरिरहेको गतिविधिबारे प्रस्ट पार्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद लाखा, उपाध्यक्ष बद्री लाखा, कोषाध्यक्ष नारायणमान वनमाला, सल्लाहकार कृष्णभक्त लवजू र संस्थापक अध्यक्ष कृष्णगोविन्द लाखाजूले संस्था स्थापनाको उद्देश्यबारे प्रस्ट पार्दै पसलले स्थानीय उत्पादनहरू ताइचिन, चिउरा, भुटेको तोरीको तेल, परम्परागत नेवारी कपडा र पोशाकहरूको बिक्री गरिने अवगत गराउनुभयो ।
Leave a Reply